Sunday, 1 December 2013

पावल वाकरको ज्यान लिने भयानक दुर्घटना (फोटो फिचर)

फिल्म ‘फास्ट एण्ड दि फ्युरियस’बाट लोकप्रिय बनेका हलिउड अभिनेता पावल वाकरको कार दुर्घटनामा निधन भएको छ । ४० वर्षीय वाकर शनिबार दक्षिण क्यालिफोर्नियाको सान्टा क्लारिटामा दुर्घटना परेका हुन् ।
Paul Walkerआफ्नो साथीको कारमा बसेर च्यारिटी कार्यक्रममा जाने क्रममा कार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।
उनका साथी तथा कार रेस चालकले चलाएको सुपर कार पोल र रुखमा ठोक्किएपछि आगो लागेको थियो । आगलागीबाट उनीहरु दुवैको शरिर चिन्नै नसकिनेगरी डढेको पाइएको थियो ।
दुर्घटनापछि कारको तस्वीर डरलाग्दो थियो । उनको मृत्युपछि हलिउड सिने उद्योगले स्तब्ध हुँदै श्रद्धाञ्जली दिएको छ । वाकरले अभिनय गरेको फास्ट एण्ड दि फ्युरियसको छैटौं श्रृङ्खला गत मे मा रिलिज भएको थियो ।




Paul Walker accident Paul Walker accident 2 Paul Walker accident 3 Paul Walker accident 4 Paul Walker accident 5 Paul Walker accident  1













































































एजेन्सीको सहयोगमा

No comments:

Post a Comment