Friday, 27 March 2015

मोबाईल फोनबाट कुरा मात्र गर्ने न-भएर कती समस्याबाट हामिलाई बचाउदो रैछ हेरौं त !

1- मोबाईल फोनको बिश्वब्यापी ईमेर्जेन्सि नम्बर ११२ 

के तपाईंलाई थाहा छ ? मोबाईल फोनको बिश्वब्यापी ईमेर्जेन्सि नम्बर ११२ हो र यो नम्बरलाई जुन सुकै बेला (जस्तो कि प्याड लक भएको बेला पनि) पनि डायल गर्न सक्नु हुन्छ। यदी मोबाईलको आफ्नो सिग्नल कमजोर भए वा आउट अफ कवरेजर एरीया भए पनि यदी ईमेर्जेन्सि भएको खन्डमा ११२ डायल गर्न सक्नु हुन्छ जस बाट तपाईंको मोबाईल सिग्नल नजिकको कुनै पनि नेट्वोर्क सँग जोडीन पुगी आवशकिय मद्त लिन सकिन्छ।
 2-तपाईंलाई आफ्नो मोबाईल सेटको सिरियल नम्बर थाहा छ? 

के तपाईंलाई आफ्नो मोबाईल सेटको सिरियल नम्बर थाहा छ? छैन भने आज नै पत्ता लगाइ हाल्नुहोस! जस्को लागि मोबाईल सेट मा *#०६# डायल गर्नुहोस त्यसपछी स्क्रीनमा देखा परेको पन्द्र अंकको नम्बर नै तपाईंको मोबाईल सेटको सिरियल नम्बर हो जुन संसारको कुनै पनि मोबाईल सेट सँग नमिल्ने किसिमको यूनिक हुन्छ त्यसपछी त्यो नम्बरलाई नोट गरी शुरक्षित राख्नुहोस। यदी आफ्नो मोबाईल सेट कुनै कारण वस हराएको खण्डमा मोबाईल सर्विस प्रदान गर्ने कोम्पनीलाई सो सिरियल नम्बर दिई ब्लक गर्न लगाउनुहोस त्यसो गरेपछी सो मोबाईल सेट अन्य कसैले पनि प्रयोग गर्न सक्ने छैन। यदी चोरले सिम कार्ड नै चेन्ज गरे पनि त्यो सेट प्रयोग गर्न सक्दैन। त्यसो गरे तपाईंको आफ्नो मोबाईल फिर्ता गर्न नसके पनि मोबाईलमा रहेको आफ्नो महत्वपूर्णकुराहरु अन्यको हातमा पर्न बाट बच्न सकिन्छ।

Thursday, 19 March 2015

साएद मेटिदैनन् याद हरु....



मैले स्कुल पढ्दैदेखी साथीहरुको प्रेम पत्र लेखिदिन थालेँ । मेरा साथीका साथीहरुपनि मलाई प्रेमपत्र लेखिदिनुपर्यो भन्दै आउँथे । अनि म पनि फुरुक्क फुर्किएर कत्ति नै जान्ने झैँ ‘हुन्छ’ भनिहाल्थेँ । ती दिनहरुमा प्रेम प्रस्तावका पत्रहरु धेरै लेखिदिएँ मैले । टाढिन खोजेको केटाको मन पगाल्नुपर्ने केटीको पत्र पनि लेखिदिएँ । मेरो प्रेमिका छ भन्दा पनि मरिहत्ते गर्ने केटीलाई सम्झाउनुपर्ने केटाको पत्र पनि लेखिदिएँ । कत्तिको त पत्रमित्रताको पत्र समेत लेखिदिएँ मैले । क—कसको लागि मैले पत्र लेखिदिएँ हुँला भनेर सम्झिन खोजे पनि सकिन्न ऐले त । तर पत्र लेखनकै क्रमको एउटा कुरा भने कहिलेकाहीँ सम्झिएर रमाइलै लाग्छ मलाई । ८ कक्षामा पढ्दा एउटा केटा साथीको तर्फबाट जुन केटीलाई प्रेम प्रस्ताव सहितको पत्र लेखेको थिएँ, १० कक्षामा गएर त्यही केटीलाई अर्कै साथीको तर्फबाट पत्र लेखिदिनुपर्यो । अस्ति दशैँमा घर जाँदा दुबैजना नानीबाबु लिएर टीका थाप्न हिँडेको देखेँ, अनि दोश्रो पत्र चाहीँ स्वीकार्य भएछ भन्ने लाग्यो ।  मेरो यस्तै ढङ्गले गर्दा साथीहरुमाझ विशेष बन्दै गएँ म । पछि त कत्तिलाई प्रेम सम्बन्धी राय सल्लाह पनि दिन थालेँ । अहिले सम्झिन्छु, त्यतिबेलाका सल्लाहहरु सबै आदर्शकेन्द्रित हुन्थे, उ बेलाको हिन्दी फिल्मी शैलीको प्रेम जस्तो । मैले कहाँ पढेँ या सुनेँ त्यो त याद भएन तर त्यसताका मैले सबैलाई त्याग पनि त प्रेम हो भनेर सुनाउन थालेँ । एक हिसाबले मैले आत्मसाथ गरेको सिद्धान्त जस्तै थियो त्यो । अहिले सोँच्छु, त्यस्तो सल्लाह कसरी पचाउन सके होलान् ती केटाहरुले । अर्कैसँग प्रेम गरिरहेको थाहा पाउँदा पाउँदै पनि पछि लाग्ने केटाहरुलाई म चाहीँ प्रेम त पाउनुमा भन्दा बढी गुमाउनुमा पो प्रकट हुन्छ त भनेर प्रवचन सुनाउँथँे ।

Tuesday, 17 March 2015

यी हुन विश्वका सबैभन्दा बढी सुन भण्डारण गर्ने टप टेन मुलक

goldstorecontrygoldstoreएजेन्सी,  :संसारमा सबैभन्दा बढी सुन भन्डारण गर्ने मुलुकमा अमेरिका पहिलो स्थानमा रहेको छ । त्यस्तै नेपालका छिमेकी मुलुक चीन भारत क्रमस छैठौँ र दशौँ स्थानमा परेका छन् । सुन भण्डारण गर्ने मुलकमा तीनवटा एशियाली मुुलुक परेका छन् । त्यसमध्ये जापान आठौँ स्थानमा परेको छ । वल्ड गोल्ड काउन्सील (डब्ल्युजीसी) ले सार्वजनिक गरेको सूचि अनुसार अमेरिका आठ अजार एक सय ३३ दशमलव पाँच टन सुन सहित पहिलो स्थानमा रहेको छ । विदेशी पुँजी भन्डारमा यसको योगदान ७२ दशमलव एक प्रतिशत रहेको छ ।त्यस्तै जर्मनी तीन हजार तीन सय ८४ दशमलव २ टन सहित सुन भण्डारको सूचिमा दोस्रो स्थानमा परेको छ । जर्मनिको विदेशी पुँजी भण्डारमा ६७ दशमलव आठ प्रतिशत योगदान रहेको छ । तेस्रो स्थानमा रहेको इटालीसँग दुई हजार चार सय ५१ द्यशमलव आठ टन सुन रहेको छ । इटलीको विदेशी पूँजी भण्डारमा ६६ दशमलव सात प्रतिशत योगदान रहेको छ । उक्त सूचिमा फ्रान्स चौथो स्थानमा रहेको छ । फ्रान्ससँग दुई हजार चार सय ३५ दशमलव चार टन सुन रहेको छ । यस अनुसार फ्रान्सको विदेशी पूँजी भण्डारमा ६५ दशमलव दुई प्रतिशत योगदान रहेको छ । रुस एक हजार एक सय १२ दशमलव पाँच टन सुन सहित पाचौँ स्थानमा परेको छ । विदेशी पूँजी बजारमा रुसको योगदान नौ दशमलव नौ प्रतिशत रहेको छ ।एशियाली मुलुक चीनसँग एक हजार ५४ दशमलव एक टन सुन भण्डारण रहेको छ । छैठौँ स्थानमा परको चीनले विदेशी पूँजी भण्डारमा एक दशमलव एक प्रतिशत योगदान पुर्याएको छ । सातौँ स्थानमा रहेको स्वीजरल्याण्ड सँग एक हजार ४० टन सुन भण्डारण रहेको छ । स्वीजरल्याण्डको विदेशी पूँजी भण्डारमा सात दशमलव आठ प्रतिशत योगदान रहेको छ । एशियाली मुलुक जापानसँग सात सय ६५ दशमलव दुई टन सुन भण्डारण रहेको छ । आठौँ स्थानमा परेको जापानले विदेशी पूँजी भंडारमा दुई दशमलव पाँच प्रतिशत योगदान पुर्याएको छ । नवौँ स्थानमा रहेको नेदरल्याण्डसँग ६ सय १२ दशमलव पाँच टन सुन रहेको छ । नेदरल्याण्डको विदेशी पूँजी भण्डारमा ५४ दशमलव पाँच प्रतिशत योगदान रहेको छ । त्यस्तै छिमेकी मुलुक भारतसँग पाँच सय ५७ दशमलव सात टन सुन भण्डारण रहेको छ । भारतले विदेशी पूँजी भंडारमा सात दशमलव एक प्रतिशत योगदान पुर्याएको छ ।

Monday, 16 March 2015

पहिलो डेरा-ग्याँस र नाइटो ><><>


गाँउबाट शहर छिरेको तेस्रो दिन वा,पूर्वको बिकट एउटा गाँउबाट शहर छिरेको, मध्यपुर ठिमी नगरपालिका, भक्तपुरको पहिलो डेरा बसाई  17-18 वर्षको थिँए । नमज्जा सँग मट्टितेलको स्टोभ बिग्रीयो । बेलुका सम्म त झ्यार्रर्रर्र्र गरेर बल्थ्यो । बिहान बालेर हेर्दा राँको मात्रै बल्न थाल्यो । बर्नरको सानो प्वालमा जति पिनले घोचे पनि काम लागेन । खाली कालो पिरो धुँवा मात्र आइरह्यो । घरमा त त्यै चिसो दाउरा परेको बेलामा मात्रै पिरो धुँवा हुन्थ्यो । मट्टितेलको भाउ पनि भर्खरै बढेको थियो । डर लाग्यो । त्यही अनुपातमा स्टोभ बनाएको ज्याला पनि बढ्ने होला । तै पनि दम दिएर हेरिरहेँ । झ्यार्रर्र्र बल्दे कस्तो मज्जा हुन्थ्यो । राँको बल्दा भाँडा पुरै कालो कालो हुन्छ । अझै यो भन्दा पनि अर्को डर । भाँडा भन्दा पनि धुवाले घरबेटीको कोठा बढी कालो हुन्छ । यस्तै लागे डरहरु कोठा खाली होला हजुर भनेर सोध्दै गएको पहिलो दिन घरबुढीले सोधेकी थिइन– “ग्याँस छ कि छैन भाई ? नत्र त कोठा दिने गरेको छैन हामीले ।” त्यतिबेला ग्याँसको प्रचलन अलि कम थियो कि । मैले उनको प्रश्नको उत्तर मुख खोलेर दिन सकिन । मनमनै मात्र भनेँ–“ग्याँस छैन कसरी भनुँ , ग्याष्टिकको रोगी हुँ, पेट हुँडुँलिएर बेला–बेला नजिक बस्नेको नाकमा भूकम्प ल्याँउने ग्याँस निस्कन्छ नयाँ ठाँउ, स्टोभ कहाँ बनाइन्छ, केही थाहा थिएन । हातमा थोत्रो स्टोभ लिएर बजार बजार डुलियो । बल्ल तल्ल गड्ढाघरको साइकल मर्मत गर्ने एउटा पसलमा स्टोभको जिर्णोदार भयो प्रसङ्ग भुकम्पकै घरबेटीकी छोरीको नाइटो । आठ रेक्टरस्केलको भुकम्प ल्याउने किसिमको थियो । त्यसै भन्थे पल्लो कोठामा बस्ने साथीहरु । घरबेटीकी छोरी स्वर्गकै परी हो । घरबेटी चाँही राक्षसनी हो । दैत्यकी स्वास्नी हो । चौथो कोठामा बस्नेले भन्यो–स्वस्थानी कथामा आउने मय दानवकी छोरी हो हाम्री घरबेटी आमै । दोश्रो कोठामा बस्नेले विवाद निकाल्यो–हैन हैन रावणकी कान्छी बहिनी हो हाम्री घरबेटी आमै । जुन दानवकी छोरी भएपनि घरबेटी बुढी राक्षसनी हो भन्ने कुरामा सबैको एकमत हुन्थ्यो । तर कसरी जन्मी त्यो स्वर्गकी परी ? सबै अच्चम प्रकट गर्थे । सायद उनको ………………….विशेष प्रकारको थियो हाँसोले त्यो घरको अन्तिम फ्ल्याट टन्नै भरिन्थ्यो । उनको एउटा विशेष शैली नै रहेछ–जे कपडा लगाएपनि नाइटो देखाएर हिड्ने । सायद उनको परिवारमा पनि उनको त्यो शैली पचिसकेको थियो । तर मलाई भने बढो अप्ठ्यारो लाग्थ्यो ।

Thursday, 12 March 2015

गितकार दिनेश सुवेदी प्रहरी खोरमा, खुल्यो अर्को पनि पोल

आफ्नै स्कुले ९ बर्षकी छात्रालाई वलत्कार गरि प्रहरी खोरमा पुगेका गितकार दिनेश सुवेदीको अर्को पोल खुलेको छ । चैत्र २७ देखि रिलिज हुने तयारीमा रहेको फिल्म हवल्दार सुन्तलीको चर्चित गीत घण्टी बज्योका गीतकार भनेर प्रचार गरे पनि अन्तत उनको रचना उक्त गित नभएको उक्त गितका संगितकार टंक बुढाथोकिले बताएका छन् । दुई दिन अघि दिनेश ले दामन पालुङ स्थित सेती गणेश माध्यमिक विद्यालयमा पढ्ने आफ्नै विद्यार्थीलाई बलात्कार गरेको पोल खुलेपछि उनलाई गाउँलेले कालो मोसो दल्दै ज्यान मार्ने प्रयास समेत गरेका थिए ।दिनेशलाई बचाउँन खोज्दा प्रहरी माथी गाउँलेहरुनै जाई लाग्दा प्रहरीका पोषाक समेत च्यातिन पुगेका थिए ।कक्षा चार मा पढ्ने बलात्कृत बालिका जम्मा ९ बर्षकी छिन् । अधवैशे दिनेश चाँहि ती बालिकालाई पढाउँने स्कूलका टिचर समेत हुन । प्राप्त जानकारी अनुसार बलात्कार पश्चात दिनेशले ती बालिकालाई दुई दिन देखि कसैलाई केही नभन्नू भन्दै फकाई रहेका थिए तर बालिकाको परिवारले घटना थाहाँ पाएपछि सवै कुरा बाहिर आएको हो । टंकले उक्त गितमा उनको शब्द नभएको भन्दै यस्तो प्रतिक्रिया दिएका छन् ।
                        
  टंक Budathoki बुदाथोकी  को भनाई 
हो घन्टी बज्यो भन्ने गीत को रचनाकार मा मैले दिनेश सुवेदी को नाम दिएको छु ।खास्मा मैले नै यो गीत लेखेको हो ।हिम्मतवाली ताका संगै काम गर्दा मैले "तिमी 19 year कि beauti म hansome 21 को" भन्ने concept मा शब्द पूरा गर्न लाएको थिए जस अनुरुप मलाइ दिनेस सुनेदी ले दिनुभको शब्द उहाकै hand writing मा तल पढ्नुहोला जुन पछि मैले रिशि लामिछाने "हवल्दार सुन्तली Director" दाइ अनि छवि ओझा दाइ लाई सुनाउदा मन पराउनु भएन र पछि मैले नै लेखे तर मेहनती मान्छे होला भनेर मैले रचनाकरको नाम दिनेश कै दिए ।आज यो दिन आउदा मैले यो कुरा खोल्नु पर्यो।record भएको शब्द 
तिमी 19 year कि beauti म handsom 21 को
तिम्ले छोए पछि बढ्यो बढ्यो beat धद्कनको
घन्टी बज्यो मन्को
https://www.youtube.com/watch?v=F5fEJCuKuEw

Tuesday, 3 March 2015

मानिसको मस्तिष्कलाई टक्कर दिने मेसिन तयार

robort 2
वैज्ञानिकहरुले एउटा यस्तो उपकरण निर्माण गरेका छन् जसले कुनैपनि खेल आफै सिक्न सक्छ । यो उपकरणले अहिलेसम्म ४९ प्रकारशा भिडियो गेम सिकिसकेको छ । यसमध्ये आधाजसोमा उक्त मेसिनको प्रदर्शन कुनै पेशेवर खेलाडीको भन्दा पनि राम्रो रहेकेा छ ।
गुगलको डिप माइन्ड परियोजना सँग सम्बद्ध वैज्ञानिकहरुका अनुसार कुनै कम्प्युटर प्रणालीबाट तयार गरिएको उपकरणले यस्तो जटील काम सिकेर त्यसमा पारंगत बनेको यो पहिलोपक हो ।
डिप माइन्डका उपाध्यक्ष डाक्टर ह्यासाभिसका अनुसार अहिलेसम्म आफै सिक्न सक्ने प्रणालीलाई सजिलो खाले समस्यामा प्रयोग गरिँदै आएको थियो । तर पहिलोपटक उनीहरुल्े यसको प्रयोग यस्तो जटिल कामका लागि गरेका छन् जुन काम मानिसकै लागि समेत चुनौतिपूर्ण हुन्छ ।
आफै सिक्न सक्ने इन्टेलिजेन्स भएका उपकरण निर्माण गर्न विश्वका विभिन्न प्रविधि कम्पनीहरुले ठूलो लगानी गरिरहेका छन् । गुगलले डिप माइन्डका लागि झण्डै ४० करोड डलर खर्च गरेको छ ।
यसअघि सन् १९९७ मा आइबीएमले निर्माण गरेको एक कम्प्युटरले विश्व च्याम्पियन चेस खेलाडि ग्यारी कास्पारोभलाई समेत चेस खेलमा हराएको थियो ।
यद्यपि उक्त कम्प्युटरमा पहिले नै दिशा निर्देश गर्ने प्रोग्राम इन्स्टल गरिएको थियो ।
robort 1डिप माइन्ड कम्प्युटर प्रोग्राममा भने कुनै भिडियो गेम खेल्नुभन्दा पहिले केवल आधारभुत सूचना मात्र प्रदान गरिन्छ । सिस्टमलाई केवल पिक्सेल सम्बनिध सूचना प्रदान गरिएको र मेसिन आफैले खेलमा आफै सिकेर उच्च स्कोर हासिल गरेको वैज्ञानिकहरु बताउँछन् । डिप माइण्ड कम्प्युटर मेसिनले सिकेका ४९ भिडियो गेमहरुमा स्पेस इनभेडर देखि लिएर पोंग, बक्सिङ, टेनिस तथा थ्री डी रेसिङ लगायतका छन् ।
पिनबल, बक्सिङ तथा ब्रेकआउट जस्ता खेलमा यो मेसिनले कुनै व्यवसायिक खेलाडीले भने उच्चस्तरको प्रदर्शन गरेको छ ।
यो उपकरणले खेलका दौरान कुन कदम चाल्ने भन्ने कुरा यो मेसिनले आफै सिक्दछ । कुनै नयाँ गेम तथा नयाँ स्क्रिन प्रदान गरेसँगै केही घण्टा गेम खेलेपछि यो सिस्टमले त्यसपछि के गर्ने र कसरी गेम खेल्ने भन्ने कुरा आफै सिक्ने शोधकर्ता ह्यासाबीच बताउँछन् ।
वैज्ञानिकहरुका अनुसार यो सफलता स्मार्ट मेसिन निर्माणमा नयाँ उपलब्धी हो । वैज्ञानिकहरु मानव मस्तिष्क जस्तै कम्प्युटर प्रोग्राम विकशित गर्ने काममा जुटिरहेका छन् जसले तस्वीर तथा ध्वनीको विशाल भण्डारबाट जरुरी सूचनाहरु छान्न सकोस् । चालक रहित कारमा यस्तो प्रविधिको बढि उपयोग हुन्छ ।

‘हिम्मतवाली”बाट चर्चामा आएको टंकको गीत सगीत “हवल्दार सुन्तली”मा आउदा चुलिदै

tanka budathokiवा संगीतकार टंक बुढाथोकीको सगीतको चर्चा चुलिदै गएको छ । चलचित्र “जंजीर”को ‘किन गारो गारो हुन्छ “गीत चर्चामा रहे पनि खासै न चिनिएका टंकले पछिलो पल्ट अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘हिम्मतवाली ” को गीत “काली तिम्रो नजरले गोली मार्‍यो ढिँच्याउ ढिँच्याउ”बाट नै उनको गीत संगीतको चर्चा हुन थालेको हो ।
चलचित्र ‘हिम्मतवाली ” चलचित्र मात्रै हिट भएन कि तेसका गायक तथा संगीतकार टंक बुढाथोकी राता राता चलचित्र नगरीमा हिट हुन पुगे ।यस गीतको सफलता पछि टंकका नेपाली चलचित्र नगरिक धेरै निर्माता , निर्देशकले उनले आफ्नो चलचित्रको गीतमा स्वर तथा संगीत दिनको लागि उनका पुग्न थालेका छन् ।यस बिचमा टंकले धेरै चलचित्रमा स्वर तथा संगीत दिए तर ब्यबसाहिक रुपमा ति चलचित्र चल्न नसके पछि केहि ओजेलमा परेका टंकको चर्चा फेरी बिस्तारै चुलिन थालेको छ ।
उनको स्वर तथा संगीत रहेको पछिल्लो चलचित्र ‘हवल्दार सुन्तली’को गीतको कारण टंकको चर्चा फेरी बजारमा चुलिदै छ ।चलचित्रको ‘घन्टी बज्यो’ बोलको गीत सार्वजनिक भए पछि टंकको सो गीतको संगीत र स्वरले दर्शक तथा स्रोतले खुब मन पराएका छन् । चाडै श्रोता तथा दर्शकको मुखमा झुण्डने खालको गीत बनाउन सिपालु टंकको संगीत रहेको चलचित्र ‘हवल्दार सुन्तली’को यस गीतले ९ दिन भित्रै साठी हजार भन्दा बढी दर्शकले युटुब बाट समेत हेरी सकेका छन् ।टंकले स्वर तथा संगीत दिएका धेरै चलचित्र बजारमा आउने तयारी भैरहेको हुनाले अबका दिनमा टंकको गीत संगीतले अझै बढी चर्चा तथा सफलता हात पर्नेमा टंक दुक्का देखिन्छ ।गीत संगीतमा नै आफ्नो जिन्दगि बिताउने योजनाको साथ टंकले अहिले आफ्नै गीत रेकड़िंग स्टुडियो समेत निर्माण गर्दैछन् ।