Part - 1
Part - 2
Part - 3
Part - 4
Part - 2
Part - 3
Part - 4

काठमाडौं, असोज २७ – भारतमा सन् १९९९ पछिकै सबैभन्दा ठूलो समुद्री आँधीले महाविनास गरेको छ । शनिबार राती स्थानिय समय अनुसार करिब ९ बजेर १५ मिनेट जाँदा ओरिसा राज्यको गोपालपुरको समुद्र तटमा सबैभन्दा पहिले आएको सो आँधीले ५ लाखभन्दा बढी मानिसलाई अहिले घरबारबिहीन बनाएको छ । करिब २०० किलोमिटर प्रति घण्टाको रफ्तारमा आएको फाइलिन आँधीको अहिले गति केही कम भएको छ तर त्यसले आफ्नो पछाडि ठूलो विनास गरेको छ । यो समाचार तयार पार्दासम्म ७ जनाको मृत्यु भएको खबर आएको छ । भारतमा आएको आँधीको असर नेपालमा पनि देखिएको छ । शनिबारपछि एक्कासी मौसम धुम्मिएको छ भने देशको पूर्वी भागहरुमा पानी पनि परिरहेको बताइएको छ । हेर्नुहोस् तस्विरमा भारतमा आँधीको महाविनासः

(एजेन्सी)–ब्राजिलको जुनडियाईका ढुङगा काट्ने जागिरबाट अवकाश पाएका अपारेसिडो क्यास्ट्याल्डोले आफ्नो प्रिय बाख्रा क्यारमेलासँग सोच बनाएका छन् । उनीहरुको विवाह क्रिस्चियन मन्त्रीले नगर्ने भएका कारण अपरेसिडो र क्यारमेलाको विवाह शैतानहरुको चर्चमा शैतानी नेताहरुले गर्नेछन् ।
(एजेन्सी)– द्वन्द्वले वातावरणलाई पार्ने असर जहिले अप्रिय हुन्छ । यसले वातावरणमा भएको भवन र मूर्तिको सुन्दरतालाई निकै निर्ममतापूर्वक हत्या गर्ने गर्दछ । तर, द्वन्द्वपछि फालिएका यस्ता सुन्दरताहरु वकहिलेकाँही यसको प्राकृतिक सुन्दरताका कारण मानिसहरुको मन मस्तिष्कमा बस्ने गर्दछन् । यस्तैमा हवाईको ३,९२२ वडा सिँडीको भ¥याङ, जसलाई स्वर्गको भ¥याङ पनि भन्ने गरिन्छ, पृथ्वीको एक अनुपम सौन्दर्यको रुपमा रहेको छ ।


