Sunday, 15 December 2013

१९ बर्षिय युवती, जसको शरिरबाट पसिना र आँसु हैन, रगत बग्छ

१९ वर्षीया डेल्फिना सेडेना पछिल्लो चार वर्षदेखि अनौठो विमारीबाट पीडित छन् । उनको शरीरको धेरै ठाउँबाट पसिनाको सट्टा रगत बग्छ । आँखाबाट आँसु हैन, रगत आउँछ । नाइटो र नाकबाट पनि रगत आएपछि उनी मात्र हैन, चिकित्सकहरु पनि चकित छन् । चिकित्सकहरुले उनको सयौं परिक्षण गरिसकेका छन्, तर कारण पत्ता लागेको छैन ।
Delfina Cedeno 1
यद्यपि अहिले डाक्टरहरुले समस्याको पहिचान गरेर उपचार सुरु गरेका छन् । सुरुमा आम मानिसले मात्र हैन, चिकित्सकहरुले आफ्नो समस्याबारे बताउँदा नपत्याउने गरेको उनले बताएकी छिन् ।
उनी भन्छिन्–एक दिन जब डाक्टरकै अगाडि मेरो शरीरबाट ब्लीडिङ सुरु भयो, त्यसपछि उहाँले मेरो समस्यालाई गम्भीर रुपमा लिनुभयो ।’ डेल्फिनाका अनुसार एकपटक यस्तो अवस्था आएको थियो कि लगातार १५ दिनसम्म ब्लीडिङ भएपछि उनलाई रगत दिनु परेको थियो । त्यसबेला उनलाई अब मरिन्छ कि क्या हो भन्ने जस्तो लागेको थियो । यही समस्याका कारण उनलाई घरबाट बाहिर निस्कन समेत गाह्रो हुन्थ्यो । मानिसहरु पनि उनलाई घृणाको व्यवहार गर्थे । उनलाई छोएमा रगतको धब्बा लाग्छ भन्दै मानिसहरु उनलाई छुन डराउँथे । बच्चाहरु भने उनलाई देखेर खिल्ली उडाउँथे । साथीहरुको व्यवहारका कारण उनले स्कुल जान छाडिन् ।
Delfina Cedeno 2
अवस्था यस्तो समेत आयो, उनी निकै तनावमा पुगिन्, र औषधीको अधिक डोज खाएर मर्ने प्रयास समेत गरिन् । तर, परिवारका सदस्यले समयमै थाहा पाएपछि उनलाई बेहोस अवस्थामा अस्पताल पु¥याए ।
अचानक आएको सुधारसँगै उनको जीवनले नयाँ मोड समेत लिएको छ । हेमाटिड्रोसिस नामको दुर्लभ रोग लगेको पत्ता लागेपछि उनको उपचार सफल हुँदै गइरहेको मात्र हैन, सच्चा प्रेमी पनि भेटाइन् । अब उनीहरु विवाह गर्ने तयारीमा छन् ।
Delfina Cedeno

No comments:

Post a Comment