मंगलबार जोहनेसबर्गको एफएनबी फुटबल स्टेडियममा आयोजित नेल्सन मेण्डलाको स्मृतिसभामा विश्वभरका राजनेताहरु सहभागी भए । अमेरिकाका राष्ट्रपति बाराक ओबामा पनि दक्षिण अफि्रका पुग्नु भएको थियो । उहाँसँग पत्नी मिशेल मात्र हैन, पूर्व राष्ट्रपति जर्ज डब्लु बुस र पत्नी लाउरा बुस पनि हुनुहुन्थ्यो ।
वासिङटनबाट जोहानेसवर्गसम्म उनीहरुले अमेरिकी राष्ट्रपति चढ्ने बिशेष बिमान एयर फोर्स वानमा यात्रा गरेका थिए । लामो दुईतर्फी यात्रामा वर्तमान राष्ट्रपति ओबामा र पूर्व राष्ट्रपति बुसको परिवारले कसरी पारिवारिक माहौलमा रमाइलो गरे भन्ने एक्सक्लुसिभ तस्वीर ह्वाइटहाउसले सार्वजनिक गरेको छ ।ह्वाइट हाउसका प्रवक्ताले राष्ट्रपति र पूर्व उच्च अधिकारीहरुले निकै आनन्दपूर्वक यात्रा गरेको बताएका छन् ।
कलाकार बुसः राष्ट्रपतिबाट रिटायर्ड भएको ६ बर्षसम्म गुमनाम बसिरहेका पूर्व राष्ट्रपति बुसले यसवीचमा पेन्टिङ सिकेका रहेछन् । लामो यात्राका क्रममा उनले आफुले कारेर घोडा, कुकुर र जीवका रंगीन तस्वीर आइप्याडमार्फत् हाइप्रोफाइल साथीहरुलाई देखाउने अबसर गुमाएनन् ।
गफगाफः ओबामाको पहिलो कार्यकालमा बिदेशमन्त्री रहेकी बिल क्लिन्टन पत्नी हिलारी ओबामा दम्पत्तिसँग गफिदै ।





No comments:
Post a Comment