Tuesday, 17 December 2013

एसियामा गुगलको पहिलो डाटा सेन्टर


एसियामा गुगलको पहिलो डाटा सेन्टर


ताइवान- पछिल्लो क्रममा एसियामा इन्टरनेटको बजार बढिरहेको छ। बढ्दो इन्टरनेट बजारलाई ध्यानमा राख्दै गुगलले एसियामा पहिलो डाटा सेन्टर स्थापना गरेको छ।



एसिया विश्वमा बढि जनघनत्व भएको महादेश हो। संसारको आधा जनसंख्या एसियामा छ र यहाँ इन्टरनेट प्रयोग गर्नेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।

एसियामा डाटा सेन्टर स्थापना गरेपछि यो क्षेत्रका प्रयोगकर्ताको लागि सेवा सुविधा अझै राम्रो र विश्वसनिय हुने गुगलले बताएको छ। यि दुई नयाँ डाटा सेन्टर ताइवान र सिंगापुरमा खुलेका हुन्।

गुगल डाटा सेन्टरका उपाध्यक्ष जो कावाले एसियामा इन्टरनेटको प्रयोगमा आश्चार्यजनकरुपमा वृद्धि भएको बताएका छन्। यो बर्षको जुलाइ र सेप्टेम्बरको बीच लगभग छ करोड मानिसले मोवाइलमा इन्टरनेट प्रयोग गर्न सुरु गरेको उनले बताएका छन्।

एसियामा तिब्र गतिमा इन्टरनेट यूजर्सको संख्या बढ्नुलाई इन्टरनेट कम्पनिको लागि सुखद खबर भएको पनि उनले बताएका छन्। गुगलले ताइबानको डाटा सेन्टरमा ६० करोड डलर लगानि गर्ने बताएको छ।

No comments:

Post a Comment