Thursday, 23 April 2015

परदेशि जिबन को अनुभव

मित्रहरु म कोहि दिन सोच्ने गर्थे परदेश भन्नि कस्तो होला,के त्यहाँ जान पाए साच्चिकै लाइफ बन्छर ? के त्यहाँ पैसा फल्नि बोट हुन्छर ? यस्तै सोचाइले मन सधै भारि हुन्थियो । म पनि राम्रो मान्छे बन्थे होला त्यहाँ गयता। गाउँ परिबार को हाइ हाइ बनिन्थ्यो होला,गाउँले दाजु भाइ परदेशबाट आउदाँको छाँटकाँट,, फु गरेपनि ठल्नि जस्ता मान्छे,हेर्दा नचिनिनि भएर आउदाँ,अनि सोच्थे एक पटक मात्रै जान पाए भन्नि सोचाइ लिएर एक सुनौलो सपना बोकि यो जिबनको अनौठो यात्रा गर्न पनि बेर लागेनछ।


यो जिबनले पनि कहिले कोल्टो फेरेछ खै थाहै भएन,गरिबि जिबनलाइ उकास्ने सुरमा अचानक परदेशि जिबन जिउँदा पो थाहा पाए। संसार को लिला के हो भन्नि,बास्तबिकताको दुनिया कस्तो रैछ भन्नि । हो सपनाको परदेश र बिपनाको परदेश एकदम भिन्न लाग्यो मलाइ जो मैले सोच्ने गर्थे, अनि राम्रा राम्रा सपना बुन्ने गर्थे उ बेला । बुढा हजुरबुबाआमा हरु भन्नु हुन्थो" कित परेकाले जान्दछन कित पढेकाले"" साच्चैनै यो शब्दले मेरो मनको एक छेउ लिएको छ अनि यस्तै यस्तै कुरा मनभरि खेलाउदै जिबन जिउन बाध्य भैरहेको छु यो टन्टालापुरे घाम को अनि यो मरुभुमिको तातो हावामा । बिपनाको परदेशको कुरा गर्नु पर्दा मत यो दुनियालाइ बेग्लै ठान्दछु,यहाँ त बाउ खाँदो रैछ पेट भरि छोरो हेर्छ भोकले बाउले खाँको टुलुटुलु, अनि छोरो खादाँ बाउले हेर्नुपर्ने टुलुटुलु ,कति अजिव जस्तो छ यहाको दुनिया । कोहि कसैको कुरो सुन्ने फुर्सदनै हुदैन।सबै आफ्नो आफ्नो धुनमा,,छोरो मरेको पनि थाहा छैन बाउ बिमार भको पनि थाह छैन ,एकसुरे जस्तो जिवन रैछ, मलाइ त कता कता लाग्छ,जस्तो सुकै दु:ख कष्ट भएपनि आफ्नै गाँऊ ठाँउनै ठिक। जे भएपनि आफ्नै गाँउमा माया र ममता प्रशस्त छ जस्तो लाग्छ ।।

Sunday, 5 April 2015

एउटा प्रेमपत्र

हिजो आज मलाई असाध्यै मन परेकी मान्छे,
शब्दहरुले ओगट्ने भन्दा कैयोँ गुणा बढी माया तिमीलाई......म शुरुवातमै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होइनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होइनौ तिमी । फेरी पनि म तिमीला...ई माया गर्छु ।
हिजोआज मलाई असाध्यै मन परेकी मान्छे चाहीँ अवश्य हौ तिमी । यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ, कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ, कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै अनि केही मान्छेहरु आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जस जसलाई मैले चाहेँ उनीहरुले मलाई मन पराएनन् । अनि जस जसले मलाई मन पराए, उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटिपूर्ण छ । जानीजानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमश: सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए । कतिपटक त जानेहरुको याद नै भुलिदिउँ भन्थ्यो मन । तर अक्षरस त्यस्तो पनि भएनछ जीन्दगी । यदि त्यसो हुन्थ्यो भने आज तिमीलाई यसो भनिरहन उद्दत हुन्थिनँ हुँला म । आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई रचाइरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखिएको फूललाई पनि सकिन्छ, तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जस्लाई दिइन्छ, त्यो चाहीँ प्रेम हो क्यारे बरु ।