शरीरलाई अति आवश्यक क्यालोरी प्राप्त गर्न तपाईं कस्ता-कस्ता खाद्य पदार्थ उपयोग गर्नुहुन्छ ? जिब्रो नै रसाउने मीठा र महंगा खानेकुराले मात्र हाम्रो शरीरलाई बढी क्यालोरी दिने भ्रम तपाईं हामीमा छ । हामी सबैको ध्यान मीठा मीठा र स्वादिला खानेकुरामा मात्र गइरहेको हुन्छ ।
तपाईं हाम्रो भान्सामा सलाद र तरकारीका लागि गाँजरको प्रयोग हुन्छ । तर गाँजरको पात भने हाम्रो प्राथमिकतामा पर्दैन । यदि गाँजर नियमित खाने गर्नुभएको छ भने ध्यान दिनुहोस्, गाँजरमा भन्दा बढी त्यसको पातमा क्यालोरी बढी हुन्छ । सय ग्राम गाँजरको पातमा ७७ क्यालोरी रहेको हुन्छ ।
भान्सामा घरेलु मसलाको रुपमा नभई नहुने लसुनमा धेरै क्यालोरी पाइने गरेको छ । सय ग्राम लसुनमा एक सय ४५ क्यालोरी रहेको हुन्छ । अर्को मसलको परिकार सय ग्राम प्याजमा ५० क्यालोरी रहेको हुन्छ । त्यसैगरी सय ग्राम सखरखण्डमा एक सय २० क्यालोरी, तरकारीको लोकप्रिय परिकार आलुले पनि धेरै शक्ति दिने गर्छ । सय ग्राम आलुमा ९७ क्यालोरी रहेको हुन्छ ।
दूधका परिकारका पारखीहरुले भैंसीको दूध पिउनुभएकै होला । क्यालोरीका लागि भैंसीको दूधलाई सबैभन्दा उपयुक्त मानिएको छ । भैंसीको सय ग्राम दूधमा एक सय १७ क्यालोरी रहेको हुन्छ । त्यसैगरी गाईको दूधमा ६७ क्यालोरी पाइन्छ । सय ग्राम दहीमा भने ६० क्यालोरी पाइन्छ । बाख्राको दूध खानुभएको छ भने बाख्राका सय ग्राम दूधमा ७२ क्यालोरी पाइन्छ ।
कृषि प्रधान देश नेपालमा धानसँगै धेरै उत्पादन हुने मकैका परिकार देशका ग्रामीण बस्तीका चुल्होमा अहिले पनि पाक्छ । धानको भात र गहुँको रोटी भन्दा पनि धेरै क्यालोरी पाइने मकैका परिकार खानुपर्दा भने शिक्षित र जान्ने बुझ्नेहरु पनि नाक खुम्च्याउँछन् ।
अहिले सहर बजारका नाम चलेका होटलहरुमा मकैका परिकार पाक्न थालेका छन् । दैनिक जीवन विलासी भएर मधुमेह जस्ता रोगले सताउन थालेपछि मकैको ढिंडोले सहर बजारका बासिन्दाको ध्यान तानिरहेको छ ।
मासुका पारखीहरु दोब्बर बढी मूल्य तिरेर भएपनि अन्यको भन्दा खसीको मासु खान मरिहत्ते गर्छन् । साकाहारीहरु तरकारी र सलादका रुपमा प्रयोग गर्न बन्दाकोपीलाई बढी रुचाउँछन् ।
मीठा र स्वादिला खानेकुराले भन्दा हाम्रा गाउँघरमा फल्ने थोरै मूल्यका खाद्यान्नबाट बढी शक्ति पाइने कुरा चिकित्सकहरुले पनि प्रमाणित गरिसकेका छन् ।
तापको एक इकाई मानिने क्यालोरीले तौल बढाउने काम गर्छ । मानिसको तौल जति धेरै हुन्छ, क्यालोरीको पनि धेरै आवश्यकता पर्दछ । सामान्यतयाः एक किलो तैलका लागि ३७ क्यालोरी चाहिन्छ । युवाहरूका लागि क्यालोरी आवश्यकता धेरै हुन्छ भने वृद्धरवृद्धाहरूलाई थोरै क्यालोरी भए पुग्छ ।
बन्दाको तरकारी खानुभन्दा लट्टेको बेस
तपाईं हाम्रो भान्सामा सलाद र तरकारीका लागि गाँजरको प्रयोग हुन्छ । तर गाँजरको पात भने हाम्रो प्राथमिकतामा पर्दैन । यदि गाँजर नियमित खाने गर्नुभएको छ भने ध्यान दिनुहोस्, गाँजरमा भन्दा बढी त्यसको पातमा क्यालोरी बढी हुन्छ । सय ग्राम गाँजरको पातमा ७७ क्यालोरी रहेको हुन्छ ।
गाँजरको पातपछि धेरै क्यालोरी पाइने अर्को सब्जी हो हरियो काउली । सय ग्राम हरियो काउलीमा ६६ क्यालोरी पाइन्छ । फर्सी र फर्सीको मुन्टाको तरकारीका पारखीहरु धेरै छन् । फर्सीको सय ग्राम मुन्टामा ५५ क्यालोरी पाइन्छ । त्यसैगरी मेथीकोे सय गा्रम पातमा ४९ क्यालोरी, रायोको सागमा ४८ क्यालोरी, धनियाँको सय ग्राम पातमा ४४ क्यालोरी र लट्टेको सय ग्राम सागमा ४३ क्यालोरी पाइन्छ । धेरैले सलाद र तरकारीका रुपमा मन पराउने बन्दाकोपीमा भने थोरै क्यालोरी पाइन्छ । सय ग्राम बन्दामा २७ क्यालोरीमात्रै क्यालोरी पाइने गरेको छ ।
लसुन बढी शक्तिवर्द्धक
भान्सामा घरेलु मसलाको रुपमा नभई नहुने लसुनमा धेरै क्यालोरी पाइने गरेको छ । सय ग्राम लसुनमा एक सय ४५ क्यालोरी रहेको हुन्छ । अर्को मसलको परिकार सय ग्राम प्याजमा ५० क्यालोरी रहेको हुन्छ । त्यसैगरी सय ग्राम सखरखण्डमा एक सय २० क्यालोरी, तरकारीको लोकप्रिय परिकार आलुले पनि धेरै शक्ति दिने गर्छ । सय ग्राम आलुमा ९७ क्यालोरी रहेको हुन्छ ।
सलादका रुपमा झुपडीदेखि महल र पाँचतारे होटलमा समेत प्रयोग हुने मुला क्यालोरीका लागि अनुपयुक्त देखिएको छ । रातो मुलामा ३२ क्यालोरी र सेतो मुलामा १७ क्यालोरीमात्रै पाइने गरेको छ ।
खसीको मासु : पैसा बढी, क्यालोरी कम
हाम्रो देशमा मासुका पारखीहरुको संख्या धेरै रहेको छ । खसी, राँगा, बंगुर, कुखुरादेखि गाईको मासु खानेहरुको संख्या नेपालमा छ । मासुका लागि मरिहत्ते गर्नेहरुले मासुमा भन्दा धेरै कुखुराको अण्डामा धेरै क्यालोरी पाइने कुरा बुझ्नु जरुरी छ ।
मासु नखानेहरुले त्यसको विकल्पमा कुखुरको अण्डाका परिकार खाने गरेका छन् । कुखुराको सय ग्राम अण्डामा एक सय ७३ क्यालोरी पाइन्छ । जव कि धेरैले रुचाउने खसीको सय ग्राम मासुमा एक सय १८ क्यालोरी हुन्छ । त्यसैगरी हाँसको सय ग्राम मासुमा एक सय ३० क्यालोरी रहेको हुन्छ ।
सय ग्राम माछामा ९७ क्यालोरी हुन्छ भने बंगुरको मासुमा एक सय १४ क्यालोरी रहेको हुन्छ । काठमाडौं उपत्यकामा राँगाको मःमः अत्याधिक लोकपि्रय छ । मासुका परिकारहरुमध्ये राँगाको सय ग्राम मासुमा ८६ क्यालोरीमात्र रहेको हुन्छ ।
गाई भन्दा भैंसीको दूधमा धेरै क्यालोरी
दूधका परिकारका पारखीहरुले भैंसीको दूध पिउनुभएकै होला । क्यालोरीका लागि भैंसीको दूधलाई सबैभन्दा उपयुक्त मानिएको छ । भैंसीको सय ग्राम दूधमा एक सय १७ क्यालोरी रहेको हुन्छ । त्यसैगरी गाईको दूधमा ६७ क्यालोरी पाइन्छ । सय ग्राम दहीमा भने ६० क्यालोरी पाइन्छ । बाख्राको दूध खानुभएको छ भने बाख्राका सय ग्राम दूधमा ७२ क्यालोरी पाइन्छ ।
मकैको ढिँडो र भातमा धेरै क्यालोरी
नेपालीहरुलाई अन्य मीठा मीठा परिकार अघाउञ्जी खाए पनि भात नखाई चित्त बुझ्दैन । भात खानैपर्ने बानीका कारण नेपालीहरुको चुल्होमा प्रायजसो चामलको भात पाक्ने गरेको छ ।
आर्थिक अवस्था कम्जोर रहेका घरमा भने मकैको भात, कोदाको र मकैको ढिडो पनि पाक्छ । क्यालोरीका लागि चामलको भात र मकैको ढिडोलाई पनि उपयुक्त मानिएको छ ।
५ सय ग्राम बराबरको एक डल्लो ढिंडोमा ५ सय ५४ क्यालोरी पाइन्छ भने तीन सय २० ग्राम बराबरको एक थाल भातमा ४ सय १५ क्यालोरी पाइन्छ । २ सय ५० मिलि बराबरको एक बटुका रहर-मुङको दालमा १ सय २२ क्यालोरी पाइन्छ । एक सय ३५ ग्राम बराबरको एक प्लेट चनाको तरकारीमा १ सय ७१ क्यालोरी पाइने गरेको छ । २ सय ५० मिलिको मासको दालमा १ सय ४१ क्यालोरी पाइने गरेको छ ।

No comments:
Post a Comment