Thursday, 18 July 2013

जीवन काँडा कि फूल झमक घिमिरे


म आफ्नै तरिकाले बाँच्ने मान्छे !
मसँग आफ्नै आस्था थियो, दृष्टिकोण, हेराइ पनि आफ्नै, बुझाइ र सोचाइ पनि आफ्नै, म बाँच्न पनि आपनै तरिकाले बाँच्न चाहने मान्छे, कसैको तरिका मलाई सापटी लिएर बाँच्नु थिएन, म मेरै शैलीमा बाँच्न खोजेँ र नै जिन्दगीमा धेरै रोएँ झमक घिमिरे


यो संयोग हो मेरो जन्म आकाश रुने समयमा भएको रहेछ मान्छेले पसिना बगाउनुपर्ने समयमा भएको रहेछ अनि मानो खाएर मुरी उब्जाउने समयमा भएको रहेछ मैले आमालाई यही समयमा दुःख दिएँछु घरमा काम गर्ने बुहारी यो मौसममा सुत्केरी बनेर बस्दा पुराना सासूहरूले के राम्रो मान्थे ? त्यसमाथि मेरी हजुरआमा ठकुर्नी परिन् उनले त्यो दिन पनि दिनभरि अफिसमा काम गरेर साँझ घर फर्किएको छोरालाई दैलाबाट भित्र छिर्न नपाउँदै भनेको थिइन् रे, ‘कति राम्रो कुरो पाई भनेर फुर्केलास्, मुर्कुट्टी पाएर बसेकी छे मेरी हजुरआमा त्यो समयको प्रतिनिधि पात्र मात्र हुन् समग्र नेपाली समाजका महिलाको स्थिति कस्तो रहेछ भनेर अनुमान गर्ने जिम्मा मैले तपाईंमै छोडेँ अँ, त्यो वर्षा ऋतुको रमझमका कुरा गर्दै छु हो, मैले धर्तीमा खसेर पहिलोपटक आँखा खोलेकी रहिछु यो ऋतु मलाई साँच्चै मनपर्छ, जताततै हरियाली, त्यसमाथि आकाश रोएर भर्खर घाम देखिएको त्यो रमाइलो क्षण आफैंमा कति रमाइलो हुन्छ
 

झमक घिमिरेको आत्मकथात्मक कृतिजीवन काँडा कि फूल
जीवनको प्रारम्भ नै वर्षात्को समयमा भएकाले पनि होला त्यो आकाशले जस्तै मैले पनि जीवनका धेरै मोडहरूमा रोइरहनुपर्यो तर, त्यो आकाश रुँदा त्यसका थोपा-थोपा आँसुले धर्ती हिलाम्य बनेर छपक्कै भिज्थ्यो, बोटबिरुवाका जरासम्म पुगेर चिसोपन दिन्थ्यो मौलाएर आउँथे बोटबिरुवा, धरती हराभरा बनेर आउँथ्यो ठीक त्यसको विपरीत मेरो मन साह्रो दुखेपछि रुन्थेँ आँखाबाट आँसुको रूपमा दर्द, पीडा बाहिर निस्केर जान्थ्यो त्यसपछि मन हलुका हुन्थ्यो साँच्चै पीडा भोग्नकै लागि त्यससँग संघर्ष गर्नकै लागि जन्मेकी रहेछु क्यारे मेरो जिन्दगीले पीडाबाहेक केही भोग्न पाएन, आँसुको दलदलको अनुभूति गर्नबाहेक केही पाएन त्यसैले मलाई पीडा पनि अति मनपर्छ सायद मैले जिन्दगीमा धेरैपटक रुनु परेकाले होला मलाई आँसु पनि मनपर्छ कसैले नदेखुन्, आँसुको आहालमा डुब्दाको क्षण रमाइलो लाग्छ विज्ञानले पनि भन्छ, ‘मान्छेलाई रुन पनि आवश्यक हुन्छ
मैले हत्तपत्त रुन कहिल्यै जानिनँ, बालकमा मलाई सन्तोकी छे भन्थे मान्छेहरू कति मज्जाले खेलिरहिछ भन्थे जब मलाई असह्य पीडा हुन्थ्यो तब चिच्याएर रुन्थेँ हो, रोएपछि मनलाई आनन्द हुन्थ्यो, शीतलताको आभास हुन्थ्यो नरुनु रोएपछि बेस्सरी रुनुपर्छ, आँसुसँगै सारा पीडा बगोस् त्यसपछि मन फूलजस्तै उन्मुक्त बनेर हाँसोस् ओठमा बिलाएको हाँसो पुनः फर्किएर आओस्, नओभाएका आँखाहरू आँसुको दहमा चुर्लुम्म डुबेपछि ओभाओस् जिन्दगीमा धेरै रोए पनि हाँसेपछि मज्जाले दिल खोलेर हाँसेँ, रोमान्स पनि त्यससँग भोगेँ आँसुसँगै मनका कुविचार, कुभावनाहरू जम्मै बगेर गए अप्ठ्यारो समय चारैतिर पर्खालैपर्खाल उभिएको वेला त्यसको विरुद्धमा उभिएकी मलाई आफन्तले, कोहीले साथ नदिए पनि आफ्नो आत्माले दियो, विचार विवेकले दियो विश्वासले दियो, त्यही बन्द समय, स्वतन्त्रता-समानताको हक खोसिएको समय मान्छेको बोल्न-लेख्न पाउने हकधरी खोसिएको समयमा त्यो समयका आततायी ऐँजेरुले मलाई चालै नपाई जेलेर सिध्याउन खोजेका रहेछन् योजना के बनाइएको रहेछ भने मैले ०५७ सालमै राजा वीरेन्द्र जीवितै हुँदा पाएकोप्रबल गोरखा दक्षिण बाहु चौथोनामक पदक मलाई अझै दिइएको थिएन, मैले त्यसको खोजी खबर केही गरेकी थिइनँ, मलाई वास्ता पनि थिएन किनभने मैले कहिल्यै पुरस्कार, सम्मान, पदकको आशा पनि गरिनँ, आफ्ना लागि दिनभरि खट्थेँ त्यसबाट थोरै पैसा कमाउँथेँ बचाउँथेँ, त्यसैमा खुसी थिएँ, सन्तुष्ट थिएँ, कसैले मलाई योग्य ठानेर पुरस्कार, मान, सम्मान, पदक दिँदा मैले भो ! मलाई योचाहिँ चाहिँदैन कहिल्यै भनिनँ, त्यति असभ्य मान्छे कहिल्यै बनिनँ सबै खालका मान्छेसँग मजाक गर्थें, हाँस्थेँ, गफ गर्थें, भरपूर रमाइलो गर्थें, तर आफ्नो विचारमा अडिग, निष्ठामा अडिग मलाई जति जनाले भेटे कसैले नराम्रो लाग्यो भन्ने प्रतिक्रिया दिएनन्
राजा वीरेन्द्र जीवित हुँदै मलाईगोरखा दक्षिण बाहु चौथानामक पदक दिइँदा एक शब्द सोधिएन त्यसवेला सायद कसैलाई पनि सोध्ने चलन थिएन त्यो वेला दरबारवरिपरिका मान्छेले मात्र पहिलो, दोस्रो, तेस्रो श्रेणीको पदक पाउँथे हामी नागरिकलाई चौथो, पाँचाँ श्रेणीको दिइएर चित्त बुझाइन्थ्यो मेरो उमेर भर्खर उन्नाइस वर्ष लागेको थियो किशोर मन आफूले गरेको काम राम्रो भएबापत पदक दिइँदा खुसी लाग्नु स्वाभाविकै थियो सबै साथीले त्यो पाउने घोषणा हुँदा बधाई शुभकामना पनि दिए किनभने यो पाउनुमा मेरो कुनै आग्रह थिएन, दरबारका मान्छेलाई खुसी पार्ने कामै गरेकी थिएँ मैले कसरी दिइयो आफैंलाई अचम्म लाग्यो पदक दिइने वेलामा बोलाइयो आफ्नो व्यक्तिगत कारणले त्यो समारोहमा उपस्थित भएर सो लिन सकिनँ, त्यो त्यहीँ रह्यो तत्कालीन सरकारका मान्छेले खोजेर दिने काम गरे, मैले खोज्ने काम गरेँ मेरो कसैले खोजेर दिन्छ ठीक , लिइदिन्छु दिँदैन भने वास्ता, खोजी, निन्दा गर्ने बानी छैन जब वीरेन्द्रको वंशविनाश भयो मान्छेहरूले मलाई त्यो पदकको सन्दर्भमा नानाथरी प्रश्न गर्न थाले केही पत्रकारलाई समाचार पनि बने जे-जस्तो भए पनि समय बित्दै गयो हप्ता, महिना, वर्ष ती पटक्कै खोजिएन जब निरंकुशताले देशलाई दरोसँग अठ्यायो, तब मैले यसको विरुद्ध विचार दिन थालेँ अनि खोजी गरियो
सायद निरंकुशताका मान्छेहरूलाई लागेको थियो होला यसलाई सम्मानको भोक हामीले सम्मान गरेर दिने भनेपछि यो पक्कै आउली, तर स्वतन्त्र प्रजातन्त्रका पक्षधर मान्छेलाई त्यो अप्ठ्यारो समयमा सम्मान हुने कुरा मन्जुर थिएन मलाई पनि मन्जुर भएन

त्यस्तो अप्ठ्यारो समयमा मैले अझै पाउन नसकेको पदक खोजेर ल्याएर संविधान दिवसको दिन त्यो समयका विरुद्ध उभिएकाहरूको दलबलसाथ मलाई भिराएर कलंकित पार्ने योजना रहेछ कालो दिवस कालो समय त्यो पनि कालो सभामा गएर त्योप्रबल गोरखा दक्षिण बाहुनामको पदक भिरेर औंसाहरूलाई खुसी बनाएर आफ्नै टाउकोमा कलंकको छिर्का छर्ने काम गर्ने कुरै थिएन यसो गर्न आत्माले मानेन विचार, विवेक, विश्वासले केहीले पनि पटक्कै मानेन, स्वतन्त्रताको पक्षमा उभिएकी व्यक्ति त्यो दिन तिनीहरूलाई समर्थन गर्दै आफ्नो आत्मविश्वास स्वाभिमान कुल्चिँदै गला थाप्न जान अँ हँ सकिनँ गइनँ यता बाबाआमाको दिमागमा भुइँचालो गएको थियो, डरले सात्तोपुत्लो उडेको थियो यो असतीले हाम्रो उठिबास लाउने भई भनेर पुर्पुरोमा हात राखेका थिए त्यस दिन भक्कु गाली खाएकी थिएँ मैले, बूढाबूढीले सबै तीतो ओकले त्यस दिन भात खानु नपर्ने गरी टन्न अघाएँ मेरो मन-मुटु चसक्क घोच्दाघोच्दै त्यो छियाछिया भएर भक्कानिएर आँखाबाट अविरल बगिरह्यो आँसुको भल अविरल, अविरल
त्यस दिन मलाई बाबाआमादेखि साह्रै रिस उठ्यो, उनीहरूसँग चरचरी बाझ्न मन लाग्यो, चिच्याउन मन लाग्यो किनभने मैले धेरै सहिसकेकी थिएँ अब सीमा नाघेको थियो, ममा अब सहने शक्ति थिएन के गर्नु आवाज थिएन उफ्, कति अभिशप्त जिन्दगी ? जिन्दगी त्यतिवेलाचाहिँ साह्रो दुख्यो अतिचारै गरे गर्न पनि बूढाबूढीले गाली त्यो दिन रुँदै कान थुनेर बसेकी थिएँ आस्था विचार बचाउनका लागि पनि मैले आँसु नै बगाउनुपरेको थियो उमेर पुगेका छोराछोरीलाई कस्तो संवेदनहीन भएर वचन गरे भने त्यसको चोट यहाँ शब्दले उतार्न सक्दिनँ यो असतीलाई जन्माएको यही दिन देख्न रहेछ के गर्नु यो यहाँ बस्छे भने एक डल्लो भात दिने, यसलाई वास्तै नगर्ने, यसलाई जहाँ जाओस् जे गरोस् केही वास्तै नगर्ने भने आफ्नै जन्मदिने साख्यै आमाबाबाले उनीहरूलाई बसेको पनि धेरै भएको रहेछ नाथे एक डल्लो भात दिन कत्रो कष्ट भएको रहेछ जस्तो लाग्यो, झनै परेलाका डिलबाट आँसुको भल बग्न रोकिएन, किन यिनीहरूको एक डल्लो भात दिँदा यस्तो चित्त दुख्यो ? त्यस दिन मलाई जिन्दगी साह्रै बोझ लाग्यो

बाबाआमाका रगत, पसिनाले बनेको घरमा पनि बस्न पटक्कै मन लागेन सायद मेरो आफ्नै रगत, पसिनाले बनेको घर हुँदो हो यस्तो अपशब्द, अपमान गर्ने हिम्मत गर्दैनथे होला आफ्ना लागि आफैं बाँच्न खोज्ने व्यक्ति मलाई कसैले स्वाभिमानमाथि यस्तो निकृष्टसँग प्रहार गरेको कहिल्यै मन पर्दैैनथ्यो यिनीहरूको रगत, पसिनामा मात्र बाँचेकी थिइनँ मैले पनि श्रम गरेर अलिकति पैसा कमाएकी थिएँ मैले जति आफ्नो कमाइ घरमा दिए पनि व्यवहारमा जति भरथेग गरे पनि कहिल्यै छोरीले दिई भरथेग भो भनिँदैन आखिर मैले दिनु पनि सन्तानले दिनु हो, भाइले दिनु पनि सन्तानले दिनु हो भन्ने कहिल्यै सोचिएन किनभने भाइले कमाउन सकेर दिए बाबाआमा छाती फुलाएर भन्छन् होला, ‘छोराको कमाइ खान पाइयो मैले कमाएर दिँदा कहिल्यै छोरीको कमाइ खान पाइयो भन्दैनन् त्यो कुरालाई जति सक्दो छोपछाप पार्न खोजिन्छ किनभने बाबाआमालाई छोरीको कमाइ खाएँ, लाएँ भन्न सरम लाग्छ त्यसको लाज क्षोभले शिर निहुरिन्छ किनभने श्रम कमाइमा पनि लिंग हेरिन्छ कुनै घरमा पनि छोराले कमाएर केही ल्याउनु पनि स्वाभाविक ठानिन्छ, छोरीले त्यही कमाएर ल्याउनु सामान्य ठानिँदैन, उसको लिंग हेरेर यसरी भनिन्छ, ‘के ल्याएकी छोरी मान्छेले नानी ?’
मेरी बहिनी मीनाको आइएको भर्खर रिजल्ट भएको थियो परीक्षामा सफल भएकी थिई उसको त्यो सफलतामा खुसीको सीमै थिएन हुन पनि हो, मान्छे वर्षौंसम्म गरेको मिहिनेत खेर नजाँदा साह्रै खुसी हुन्छ मीना पनि आफूले परीक्षामा पाएको सफलताबाट यति खुसी थिई हर्षले उसका चम्किला आँखाहरू चमक्क चम्किएका थिए, उसको गालामा एक खालको चमक नाचिरहेको थियो उसका पातला ओठमा मन्द मुस्कान छाइरहेको थियो मानौँ उसको अंगअंगमा खुसी ओखाइपोखाइ भएर छरपस्ट भएको थियो साँच्चै मज्जाले रमाएकी थिई खुसी हुँदै आफू पास भएको खबर बाबाआमालाई सुनाई बाबाले अलिकति खुसी हुँदै भने, ‘गरिछस् जिन्दगी सुधार आमा भने रिसाएर तीन दिनसम्म उससँग बोलिनन् त्यही ठाउँमा भाइले सफलता पाएको भए खुसीले भुइँमा खुट्टा हुने थिएनन् आफ्नो सफलतामा आमा रिसाएपछि अँध्यारो मुख लाएर मनजिकै छेउमा आएर भनी, ‘किन मेरो खुसीमा ती मनहरू रमाएनन् ?’ मैले उसको आँखाका भाव अनुहारको भाव पढेँ, जसमा अधिक खुसीका लहरहरू जम्मै ओइलाएर झरिसकेका थिए
आफैंमा निराश थिई, हतास थिई, तर पनि भन्दै थिई, ‘कोही खुसी भए पनि नभए पनि मैले आफ्नै लागि पढेकी हुँ मैले उसलाई भन्न केही भनिनँ मनमनै भनेँ स्याबास् तैंले आफूलाई चिनिछस्, ती मनहरू खुसी नभए पनि खुसी छु हो, हाम्रा लागि आकाश समान छैन, धर्ती समान छैन, हामी जसको कोखबाट बाहिर निस्किन्छौँ, त्यो कोखले हामीलाई तँ स्त्री जाति भनेर घृणा गर्छ हामी जहाँ जन्मिन्छौँ, हुर्किन्छौँ, बढ्छौँ, त्यही आँगन, त्यही धर्तीको एक अंश हाम्रो हुँदैन हामी जुन कुल-वंशका हौँ, त्यो कुलवंशका हुँदैनौँ मान्छे भए पनि मान्छे होइनौँ, त्यही समानान्तर आकाश समानान्तर धर्ती चाहने व्यक्ति, समानान्तर दृष्टिकोण खोज्ने व्यक्ति त्यो मैले कहिल्यै पाइनँ

मसँग आफ्नै आस्था थियो, दृष्टिकोण, हेराइ पनि आफ्नै, बुझाइ सोचाइ पनि आफ्नै, बाँच्न पनि आपनै तरिकाले बाँच्न चाहने मान्छे, कसैको तरिका मलाई सापटी लिएर बाँच्नु थिएन, मेरै शैलीमा बाँच्न खोजेँ नै जिन्दगीमा धेरै रोएँ तर, सम्झौता कसैसँग गरिनँ मैले जिन्दगीमा धेरै चिज गुमाएँ ती गुमाएका चिजहरू सायद मेरा लागि बनेकै थिएनन् त्यसमा कोमलपन नरमपन पनि गुमाएँ आफैंमा चट्टान बनेँ मान्छेले पलपल पीडा भोगेपछि त्यो पीडा पनि मीठो लाग्दोरहेछ मलाई पनि दुख्नु मीठो लाग्छ, किनभने एकैचोटि शीतलताको अनुभूति गर्न सक्दिनँ कुनै वेला केही कुराले जिन्दगीलाई घोच्नुपर्छ, त्यसले दुखेर मान्छेलाई आराम भएपछि मात्र उसले शीतलताको अनुभूति गर्न सक्छ कष्टपछि मात्र मान्छेले आनन्दको अनुभूति गर्न सक्छ
मान्छे स्वयंमा पीडा हो किनभने मान्छेले आफ्नो कारणले पीडा भोग्छ, पीडा ओढ्छ, पीडा ओछ्याउँछ, पीडा सुत्छ, पीडा उठ्छ, निदाउँछ मर्छ पनि, नपत्याए हेर्नुहोस् गोबरेकीरो ! जो बाँच्न गोबरमा पल्टिन्छ, लडिबडी गर्छ, कहिले गोबर माथि मुनि, कहिले गोबर मुनि माथि हुन्छ उसको जिन्दगी त्यही गोबरसँग खेल्दाखेल्दै चिलिम भए तापनि त्यहाँ अनन्तकालदेखि सृष्टिले भोगेको पीडा उसले पनि भोगेको त्यो बाँच्नुको, जिउनुको पीडा हो किनभने मर्नभन्दा बाँच्न जिउन साह्रै कष्ट मर्नु पनि एउटा सुन्दर कला रे अनि मृत्यु महाआनन्द रे, संसारका केही मान्छे यसो भन्छन् तर ठीक उल्टो भन्छु- ‘जिउनु एउटा सुन्दर कला हो, अनि मृत्यु ? जिन्दगीको एउटा शाश्वत सत्य जुन मृत्यु भागेर होइन, लड्दालड्दै वरण गरियोस् त्यो हो महाआनन्द या परमानन्द चाहे जे भनेर बुझौँ मैले जति धेरै आँसु बगाए, पीडा भोगे पनि मलाई बाँच्नु सुन्दर लाग्यो त्यही आस्था बचाउनका लागि मैले आँसु धेरै चुहाउनुपर्यो तर पनि विभेदका पर्खालहरू उभिरहे आँसुले के गल्थे ? विचारको घनले दरोसँग हानेपछि मात्र बल्ल भत्किन थाल्थे, मैले त्यही गरेँ आँखाबाट पीडाका नदीहरू बगिरहे बाँच्ने आस्थामाथि जल मज्जाले पुग्यो यसो भनौँ जिउने आस्था आँँसुसँगै बर्सियो बर्सिएर आफैंलाई निथु्रक्क भिजाएर पनि मेरो बाँच्ने आस्था कहिल्यै ढलेन गलेन

(घिमिरेको आत्मकथात्मक कृतिजीवन काँडा कि फूलकोआस्था आँसुसँग बर्सियोशीर्षकको निबन्ध )

No comments:

Post a Comment