लामो समयसम्म ठूला प्रबिधि बादशाह र सोसल मिडियाहरुले खासै महत्व नदिएको डाइरेक्ट म्यासेजिङ एपमा पछिल्लो समयमा तिब्र प्रतिस्पर्धा देखिएको छ ।
यसको श्रेय जान्छ स्न्यापच्याटलाई जसले दुई बर्षको अबधिमा डाइरेक्ट म्यासेजिङ एपको सफलतालाई शिखरमा पुर्याइदियो । एन्ड्रोइड र एप स्टोरमा डाउनलोड गर्न पाइने यो एप्लिकेसनमा अहिले दैनिक ३५ करोड स्न्याप आदानप्रदान हुन्छन् । अहिलेसम्म बिज्ञापनमा खासै रुची नदेखाएको स्न्यापच्याटले बिज्ञापन सेवा सुरु गरेको खण्डमा ट्वीटरलेभन्दा बढि कमाउने अनुमान गर्न थालिएको छ ।
यही लोकप्रियतालाई देखेर हालै फेसबुकले स्न्यापच्याट खरिदका लागि ३ अर्ब डलरको प्रस्ताव गर्यो । तर, स्न्यापच्याटले सो प्रस्तावलाई अस्वीकार गरेको छ । यति ठूलो रकम अस्वीकार गर्नुका पछाडी यो प्रबिधिले पाउन लागेको सफलता नै मूख्य कारण भएको प्रबिधि बिश्लेषकहरुको भनाई छ ।
परम्परागत मोबाइल एसएमएको सट्टा नयाँ पुस्ताले डाइरेक्ट म्यासेज एपलाई रुचाएपछि इन्स्टाग्राम र ट्वीटर जस्ता ठूला सोसल नेटवर्कहरु यो युद्धमा उत्रिएका छन् ।
बिहीवार मात्रै इन्स्टाग्रामले ‘इन्स्टाग्राम डाइरेक्ट’ नामक नयाँ म्यासेज एप ल्याएको जसमार्फत् प्रयोगकर्ताले आफ्नो सन्देश सिधै १५ जनासम्म साथीहरुलाई पठाउन सक्छन् । यसैगरी ट्वीटरले पनि यसै साता डाइरेक्ट म्यासेजिङ फिचरलाई प्रोमोट गरेको जसमार्फत् प्रयोगकर्ताले प्राइभेट फोटो मोबाइल एपमार्फत् पठाउन सक्छन् ।
सन् २०१२ मा परम्परागत मोबाइल म्यासेज गर्ने क्रम पहिलोपटक घटेको तथ्याङ्क सार्वजनिक भयो । डाइरेक्ट म्यासेजिङकै कारण ठूला सोसल मिडियाभन्दा बाहिर नयाँ पुस्ताले अर्कै संसार सिर्जना गरिरहेका छन जसलाई सोसल मिडिया र मोबाइल अपरेटर दुवैले खतराको घण्टीका रुपमा लिएका छन् ।
डाइरेक्ट म्यासेजमा स्न्यापच्याटमात्र हैन, ह्वाट्सएप, किक लगायतका एप्लिकेसन पनि दौडमा छन जसले मासिक करोडौ प्रयोगकर्तालाई सेवा दिइरहेका छन् ।
अहिलेसम्म डाइरेक्ट म्यासेजिङ एप्सले बिज्ञापनमार्फत् ठूलो मात्रामा पैसा कमाइसकेका छैनन् । तर, जापानमा हालै प्रचलनमा आएको लाइन एपले पहिलो क्वाटरमै दशलाख डलर कमाएको देखिएको छ । जसले अबको बजार डाइरेक्ट म्यासेजिङ एपमा रहेको संकेत दिएको छ ।
बिज्ञहरुले आगामी दिनमा डाइरेक्ट म्यासेज एपले सोसल मिडियालाई चुनौती दिँदै नयाँ संसार सिर्जना गर्ने त्यहीँबाट ठूलो पैसा कमाउने भविष्यवाणी गरेका छन् । सायद त्यही भएर होला स्टानफोर्ड युनिभर्सिटीमा अध्ययन गर्दै गरेका चार जना युवाले सुरु गरेको स्न्यापच्याट आज ३ अर्ब डलर दिँदा पनि बिक्रि गरेनन् ।
यसको श्रेय जान्छ स्न्यापच्याटलाई जसले दुई बर्षको अबधिमा डाइरेक्ट म्यासेजिङ एपको सफलतालाई शिखरमा पुर्याइदियो । एन्ड्रोइड र एप स्टोरमा डाउनलोड गर्न पाइने यो एप्लिकेसनमा अहिले दैनिक ३५ करोड स्न्याप आदानप्रदान हुन्छन् । अहिलेसम्म बिज्ञापनमा खासै रुची नदेखाएको स्न्यापच्याटले बिज्ञापन सेवा सुरु गरेको खण्डमा ट्वीटरलेभन्दा बढि कमाउने अनुमान गर्न थालिएको छ ।
यही लोकप्रियतालाई देखेर हालै फेसबुकले स्न्यापच्याट खरिदका लागि ३ अर्ब डलरको प्रस्ताव गर्यो । तर, स्न्यापच्याटले सो प्रस्तावलाई अस्वीकार गरेको छ । यति ठूलो रकम अस्वीकार गर्नुका पछाडी यो प्रबिधिले पाउन लागेको सफलता नै मूख्य कारण भएको प्रबिधि बिश्लेषकहरुको भनाई छ ।परम्परागत मोबाइल एसएमएको सट्टा नयाँ पुस्ताले डाइरेक्ट म्यासेज एपलाई रुचाएपछि इन्स्टाग्राम र ट्वीटर जस्ता ठूला सोसल नेटवर्कहरु यो युद्धमा उत्रिएका छन् ।
बिहीवार मात्रै इन्स्टाग्रामले ‘इन्स्टाग्राम डाइरेक्ट’ नामक नयाँ म्यासेज एप ल्याएको जसमार्फत् प्रयोगकर्ताले आफ्नो सन्देश सिधै १५ जनासम्म साथीहरुलाई पठाउन सक्छन् । यसैगरी ट्वीटरले पनि यसै साता डाइरेक्ट म्यासेजिङ फिचरलाई प्रोमोट गरेको जसमार्फत् प्रयोगकर्ताले प्राइभेट फोटो मोबाइल एपमार्फत् पठाउन सक्छन् ।
सन् २०१२ मा परम्परागत मोबाइल म्यासेज गर्ने क्रम पहिलोपटक घटेको तथ्याङ्क सार्वजनिक भयो । डाइरेक्ट म्यासेजिङकै कारण ठूला सोसल मिडियाभन्दा बाहिर नयाँ पुस्ताले अर्कै संसार सिर्जना गरिरहेका छन जसलाई सोसल मिडिया र मोबाइल अपरेटर दुवैले खतराको घण्टीका रुपमा लिएका छन् ।
डाइरेक्ट म्यासेजमा स्न्यापच्याटमात्र हैन, ह्वाट्सएप, किक लगायतका एप्लिकेसन पनि दौडमा छन जसले मासिक करोडौ प्रयोगकर्तालाई सेवा दिइरहेका छन् ।
अहिलेसम्म डाइरेक्ट म्यासेजिङ एप्सले बिज्ञापनमार्फत् ठूलो मात्रामा पैसा कमाइसकेका छैनन् । तर, जापानमा हालै प्रचलनमा आएको लाइन एपले पहिलो क्वाटरमै दशलाख डलर कमाएको देखिएको छ । जसले अबको बजार डाइरेक्ट म्यासेजिङ एपमा रहेको संकेत दिएको छ ।
बिज्ञहरुले आगामी दिनमा डाइरेक्ट म्यासेज एपले सोसल मिडियालाई चुनौती दिँदै नयाँ संसार सिर्जना गर्ने त्यहीँबाट ठूलो पैसा कमाउने भविष्यवाणी गरेका छन् । सायद त्यही भएर होला स्टानफोर्ड युनिभर्सिटीमा अध्ययन गर्दै गरेका चार जना युवाले सुरु गरेको स्न्यापच्याट आज ३ अर्ब डलर दिँदा पनि बिक्रि गरेनन् ।
No comments:
Post a Comment