Wednesday, 25 December 2013

यस्तो ग्रह, जहाँ साढे ८ घण्टाको एक वर्ष हुन्छ

 
कल्पना गर्नुहोस् त हरेक दिन ब्युझिँदा नयाँ वर्ष भए कस्तो होला ? पृथ्वीमा ३६५ दिनको एक वर्ष हुन्छ । तर पृथ्वीकै आकारको एक ग्रहमा भने केबल साढे ८ घण्टामै एक वर्ष हुन्छ ।
star
पृथ्वीभन्दा ७ सय प्रकाशवर्ष टाढा रहेको केप्लर ७८ बी नामको उक्त ग्रहले आफ्नो सूर्यलाई केवल साढे ८ घण्टामै परिक्रमा गरेर भ्याउँछ । यो ग्रहले आफ्नो सूर्यलाई परिक्रमा गर्ने समय ब्रम्हाण्डमा ग्रहले तारालाई परिक्रमा गर्न लाग्ने सबैभन्दा छोटो समयमध्ये एक रहेको वैज्ञानिकहरुको भनाइ छ । यो ग्रह आफ्नो ताराभन्दा निकै नजिक रहेको र यसको कक्षको अर्धव्यास उसको सूर्यको अर्धव्यासभन्दा केवल ३ गुणामात्र ठूलो रहेको बताइएको छ ।
आफ्नो सूर्यको निकै नजिक रहेकाले यो ग्रहको माथिल्लो सतह पूर्ण रुपमा पग्लिएको अवस्थामा छ । झण्डै २७६० डिग्री सेल्सियस तापक्रम रहेको उक्त ग्रहको सतहमा पग्लेको लाभाको समुद्र छ । यो ग्रहले परिक्रमा गर्ने सूर्य समेत तुलनात्मक रुपमा कम उमेरको रहेको र यसको परिभ्रमण गति हाम्रो सूर्यको भन्दा दोब्बर बढि रहेको खगोलविद्हरुले बताएका छन् ।

No comments:

Post a Comment