Sunday, 4 October 2015
Wednesday, 12 August 2015
Tuesday, 4 August 2015
बैज्ञानिकहरुले पृथ्बी भन्दा ठुलो मानिसहरु बस्न सक्ने अर्को ग्रह पत्ता लगाएर
बैज्ञानिकहरुले पृथ्बी भन्दा ठुलो मानिसहरु बस्न सक्ने अर्को ग्रह पत्ता लगाएर ४३ मिनेट लामो डकुमेन्ट्री भिडियो बनाएका छन् हेरौ कस्तो छ मानिसहरु बस्न सक्ने अर्को ग्रह पुरा भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्
Saturday, 4 July 2015
२०७२ साल- बार्षिक राशिफल
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यस राशिलाई २०७२ मा शनिको अढैयाले अनिष्ठताको प्रवलता भए पनि वृहस्पतिको अनुकुलताले सुखद फल प्रदायक
नबन्ला भन्ने छैन । वाणीको प्रभाबकारीताले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आमाबाबुको सद्भाव प्रशस्तै रहला । सनातनतर्फ सुख पाइएला । दाम्पत्य जीवन मधुर बन्दै जाला । दाजुभाई/दिदिबहिनीबाट सदासयता प्राप्त होला । इष्टमित्र पनि सहयोगी होलान् । खेतीपाती पशुपंक्षीपालन व्यवसाय, जग्गाजमिनले फाइदा नै गराउला । बौद्धिकताको सुधारलेपरीक्षा प्रतियोगिता हरु सफल बन्ला । राजनीतिबाट पाइने उच्च सम्मानको हवसरले मन गद्गद बलाउला । व्यापार व्यवसायबाट उन्नतीमार्ग बिस्तार होला । भाग्यशक्ति मजबुत होला ।रोगव्याध प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको क्षेत्रमा हुने प्रगतिले सकारात्मक असर पुर्याउन नसक्ला । इमान्दारीताको अभावले गर्दा शत्रु बृद्धि रोक्न मुश्किलै पर्ला ।
नबन्ला भन्ने छैन । वाणीको प्रभाबकारीताले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आमाबाबुको सद्भाव प्रशस्तै रहला । सनातनतर्फ सुख पाइएला । दाम्पत्य जीवन मधुर बन्दै जाला । दाजुभाई/दिदिबहिनीबाट सदासयता प्राप्त होला । इष्टमित्र पनि सहयोगी होलान् । खेतीपाती पशुपंक्षीपालन व्यवसाय, जग्गाजमिनले फाइदा नै गराउला । बौद्धिकताको सुधारलेपरीक्षा प्रतियोगिता हरु सफल बन्ला । राजनीतिबाट पाइने उच्च सम्मानको हवसरले मन गद्गद बलाउला । व्यापार व्यवसायबाट उन्नतीमार्ग बिस्तार होला । भाग्यशक्ति मजबुत होला ।रोगव्याध प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको क्षेत्रमा हुने प्रगतिले सकारात्मक असर पुर्याउन नसक्ला । इमान्दारीताको अभावले गर्दा शत्रु बृद्धि रोक्न मुश्किलै पर्ला ।
अनेकखाले दुर्घटना लगायतका दैवी विपत्तीमा पनि सामान्य बढोत्तरीकै योग छ । खर्च असिमनतालाई धान्न मुश्किल पर्ला । वैदेशिक रोजगारले जीवन संचालनमा धेरै ठूलो मद्दत गर्न नसक्ला । पूर्वार्द बढी सफल रहला ।
⊕ स्वामी: मंगल, रत्न: मुगा, शुभरंग: रातो
वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यस राशिलाई २०७२ साल ग्रहस्थिति अनुसार सुख दु:ख बराबर भोग्नुपर्ने सामान्य अबस्था रहन सक्छ । बौद्धिक स्थिति
सामान्य रहला । पठनपाठन लगायतका कार्यहरुमा अवरोध आईपर्ला । मनमा निराशाले डेरा जमाउला । दाम्पत्य सम्बन्धमा खटपट आउला । सन्तानबाट सुख पाउन कठिन नै होला । वैदेशिक कामबाट खासै सन्तुष्टि नपाइएला । व्यापार व्यवसाय पनि सफल हुन नसक्ला । वाणीको नम्रताले समाजमा प्रतिष्ठित र सभ्य व्यक्तित्व बनाउला । धर्मकर्मको भावना जागृत भईरहने हुनाले अनेकौं तिर्थाटनको समय आउला । भाग्यशक्ति सन्तुलित किसिमको रहनाले आमाबाबु एवम् दाजुभाई दिदीबहिनीको सामिप्यता घटिहाल्ने दखिदैन । राजनीतिबाट समाजमा प्रभुत्व अनुभुति होला । नोकरीमा ख्याति योग्य कार्यको प्रशंसाले कर्तव्यनिष्ट व्यक्तित्वमा परिचित बनाउला ।
सामान्य रहला । पठनपाठन लगायतका कार्यहरुमा अवरोध आईपर्ला । मनमा निराशाले डेरा जमाउला । दाम्पत्य सम्बन्धमा खटपट आउला । सन्तानबाट सुख पाउन कठिन नै होला । वैदेशिक कामबाट खासै सन्तुष्टि नपाइएला । व्यापार व्यवसाय पनि सफल हुन नसक्ला । वाणीको नम्रताले समाजमा प्रतिष्ठित र सभ्य व्यक्तित्व बनाउला । धर्मकर्मको भावना जागृत भईरहने हुनाले अनेकौं तिर्थाटनको समय आउला । भाग्यशक्ति सन्तुलित किसिमको रहनाले आमाबाबु एवम् दाजुभाई दिदीबहिनीको सामिप्यता घटिहाल्ने दखिदैन । राजनीतिबाट समाजमा प्रभुत्व अनुभुति होला । नोकरीमा ख्याति योग्य कार्यको प्रशंसाले कर्तव्यनिष्ट व्यक्तित्वमा परिचित बनाउला ।
रोगव्याधको प्रकोप नियन्त्रणमा आउनाले मन स्वच्छ बनाउला । दैवीय दुर्घटना लगायतका विपत्तिहरुमा कमी आएको महसुस होला । खेती किसानीको कामले र पशुपंक्षीको व्यवसायले जीवन संचालन मद्दत पुर्याउला ।
⊕ स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
Friday, 19 June 2015
टप १० एन्टिभाइरस सफ्टवेयर
सँधै राम्रोसँग चलिराखेको कम्प्युटर अचानक ढिलो हुनु, धेरै ह्याङ्ग हुनु, अनि अनावश्यक रूपमा कम्प्युटर तातिनु, यस्तो समस्याले तपाईँलाई अन्योलमा पारिराखेको छ? यो समस्या कतिपय अवस्थामा कम्प्युटर भाइरसले पनि गर्छ। कम्प्युटर भाइरस तथा वर्म (worm) लाई कम्प्युटर भाषामा ‘मालवेयर’ (Malware) पनि भनिन्छ। अनि कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्दा पनि त्यो समाधान भएन भने बुझ्नुहोस् कि त्यो एन्टिभाइरसले भाइरसलाई हटाउन सकेन। यदि तपाईँ आफ्नो कम्प्युटरमा भएको व्यक्तिगत अथवा अफिसियल फाइलहरूलाई यस्ता भाइरसबाट बचाउन चाहनुहुन्छ भने उत्कृष्ट एन्टिभाइरस जस्ले जस्तोसुकै भाइरसलाई पनि हटाउन सक्छ, त्यस्तो एन्टिभाइरस राख्नु जरुरी हुन्छ।
अझसम्म विश्वभरि हजारौँ एन्टिभाइरसहरू बनिसकेका छन्, तर सन् २०१५ सबैभन्दा उत्कृष्ट दशवटा सफ्टवेयर यस्ता छन्।
१०. जि-डाटा एन्टिभाइरस
१० औँ स्थानमा जि-डाटा एन्टिभाइरस (G Data Antivirus) परेको छ। रेटिङ्ग हेर्नुपर्दा यो सफ्टवेयरले १० मा ८.४० रेटिङ्ग पाएको छ। यो सफ्टवेयरमा केहि अत्यावश्यक सेवाहरूको कमी छ, जस्तै ‘गेमर मोड’ (Gamer Mode), ‘ब्याट्री सेभिङ्ग मोड’ (Battery Saving Mode), ‘लिङ्क स्क्यानर’ (Link Scanner)।
यसको मूल्य २९.९५ डलर रहेको छ।
अव हजुरको हराएको वा चोरि भएको फोन कम्पुटरबाट खोज्ने , गर्न तरिका सिक्नुस
गुगलले अव फोन हराउने समस्याको पनि समाधान निकालेको छ । गुगलले विकाश गरेको प्रविधीबाट कुनै पनि स्मार्टफोन कहाँ छ भन्ने सहजै थाहा पाउन सकिन्छ ।
गुगलको यो प्रविधी प्रयोगका लागि पनि जटिल छैन । कुनै पनि एण्ड्रोएड भर्सनको फोन चलाउने ब्यक्तिले डेस्कटपबाट गुगलमा गएर आफ्नो फोन भेटाउन सक्छ ।
गुगलले एक ब्लग पोष्टमा भनेको छ कि अव गुगलको सर्च बारमा ‘Find my phone’ टाइप गरेपछि स्मार्ट फोन गुगल म्यापमा ट्रयाक हुन सक्छ । यसले तपाइँको फोन कहाँ छ भनेर भनिदिन सक्छ ।
डेस्कटपमा गुगल सर्च गर्ने समयमा Find my phone टाइप गर्नु अघि सँधै विचार गर्नुस् कि तपाइँले जुन जिमेल आइडीबाट फोन रजिस्टर गर्नु भएको छ त्यही आइडी प्रयोग गर्नु पर्छ ।
तपाइँको डिभाइस र डेस्कटपमा तपाइँको जिमेल अकाउण्ट खुल्ला भएको भने यसले प्रभावकारी काम गर्न सक्छ ।
त्यसैगरी ‘Find my phone’ टाइप गर्ना साथ तपाइँको फोनको लोकेसन मात्र पत्ता लाग्दैन फोनमा घण्टी समेत बज्न सक्छ । गुगगले फोनमा कम्तिमा ५ मिनेट सम्म घण्टी बजिरहने सिष्टम बनाएको छ । यसले गर्दा फोन फेला पार्न सजिलो हुन्छ ।
गुगलको सेवा लिनका लागि तपाइँको फोनमा जिपिएस GPS भने एक्टिभ हुनु पर्छ । यो सेवा लोकेसनका लागि बनाइएका कारण फोनमा सँधै अन राख्नुस् ।
गुगलले आफ्नो फोन हराएको अवस्थामा त्यसमा भएका डाटा हटाउने सुविधा समेत दिएको छ ।
Tuesday, 19 May 2015
नामको पहिलो अक्षरबाट थाहा पाउनुस् जीवनको गोप्य कुरा
एजेन्सी)– शेक्सपियरले एकपटक भनेका थिए, ‘नाममा के राखेको छ’ ? तर हाम्रो जिन्दगीमा नामले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । तपाईंको नामले तपाईंको व्यक्तित्वलाई परिभाषित गर्ने गर्दछ
। कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ । नामले निकै प्रभावशाली ढङ्गले तपाईंको व्यक्तित्वलाई प्रभावित गर्ने गर्दछ । तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के – कस्ता कुराको सामना गर्नसक्नुहुन्छ । नाममा त्यो शक्ति हुन्छ जसले तपाईंको जीवनलाई आकार लिनमा मद्दत गर्दछ । आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरको के अर्थ हुन्छ थाहा पाऔँ ।
A यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।
B B अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।
C यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनिहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।
। कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ । नामले निकै प्रभावशाली ढङ्गले तपाईंको व्यक्तित्वलाई प्रभावित गर्ने गर्दछ । तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के – कस्ता कुराको सामना गर्नसक्नुहुन्छ । नाममा त्यो शक्ति हुन्छ जसले तपाईंको जीवनलाई आकार लिनमा मद्दत गर्दछ । आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरको के अर्थ हुन्छ थाहा पाऔँ ।
A यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।
B B अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।
C यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनिहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।
Thursday, 23 April 2015
परदेशि जिबन को अनुभव
मित्रहरु म कोहि दिन सोच्ने गर्थे परदेश भन्नि कस्तो होला,के त्यहाँ जान पाए साच्चिकै लाइफ बन्छर ? के त्यहाँ पैसा फल्नि बोट हुन्छर ? यस्तै सोचाइले मन सधै भारि हुन्थियो । म पनि राम्रो मान्छे बन्थे होला त्यहाँ गयता। गाउँ परिबार को हाइ हाइ बनिन्थ्यो होला,गाउँले दाजु भाइ परदेशबाट आउदाँको छाँटकाँट,, फु गरेपनि ठल्नि जस्ता मान्छे,हेर्दा नचिनिनि भएर आउदाँ,अनि सोच्थे एक पटक मात्रै जान पाए भन्नि सोचाइ लिएर एक सुनौलो सपना बोकि यो जिबनको अनौठो यात्रा गर्न पनि बेर लागेनछ।
यो जिबनले पनि कहिले कोल्टो फेरेछ खै थाहै भएन,गरिबि जिबनलाइ उकास्ने सुरमा अचानक परदेशि जिबन जिउँदा पो थाहा पाए। संसार को लिला के हो भन्नि,बास्तबिकताको दुनिया कस्तो रैछ भन्नि । हो सपनाको परदेश र बिपनाको परदेश एकदम भिन्न लाग्यो मलाइ जो मैले सोच्ने गर्थे, अनि राम्रा राम्रा सपना बुन्ने गर्थे उ बेला । बुढा हजुरबुबाआमा हरु भन्नु हुन्थो" कित परेकाले जान्दछन कित पढेकाले"" साच्चैनै यो शब्दले मेरो मनको एक छेउ लिएको छ अनि यस्तै यस्तै कुरा मनभरि खेलाउदै जिबन जिउन बाध्य भैरहेको छु यो टन्टालापुरे घाम को अनि यो मरुभुमिको तातो हावामा । बिपनाको परदेशको कुरा गर्नु पर्दा मत यो दुनियालाइ बेग्लै ठान्दछु,यहाँ त बाउ खाँदो रैछ पेट भरि छोरो हेर्छ भोकले बाउले खाँको टुलुटुलु, अनि छोरो खादाँ बाउले हेर्नुपर्ने टुलुटुलु ,कति अजिव जस्तो छ यहाको दुनिया । कोहि कसैको कुरो सुन्ने फुर्सदनै हुदैन।सबै आफ्नो आफ्नो धुनमा,,छोरो मरेको पनि थाहा छैन बाउ बिमार भको पनि थाह छैन ,एकसुरे जस्तो जिवन रैछ, मलाइ त कता कता लाग्छ,जस्तो सुकै दु:ख कष्ट भएपनि आफ्नै गाँऊ ठाँउनै ठिक। जे भएपनि आफ्नै गाँउमा माया र ममता प्रशस्त छ जस्तो लाग्छ ।।
Sunday, 5 April 2015
एउटा प्रेमपत्र
शब्दहरुले ओगट्ने भन्दा कैयोँ गुणा बढी माया तिमीलाई......म शुरुवातमै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होइनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होइनौ तिमी । फेरी पनि म तिमीला...ई माया गर्छु ।
हिजोआज मलाई असाध्यै मन परेकी मान्छे चाहीँ अवश्य हौ तिमी । यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ, कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ, कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै अनि केही मान्छेहरु आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जस जसलाई मैले चाहेँ उनीहरुले मलाई मन पराएनन् । अनि जस जसले मलाई मन पराए, उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटिपूर्ण छ । जानीजानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमश: सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए । कतिपटक त जानेहरुको याद नै भुलिदिउँ भन्थ्यो मन । तर अक्षरस त्यस्तो पनि भएनछ जीन्दगी । यदि त्यसो हुन्थ्यो भने आज तिमीलाई यसो भनिरहन उद्दत हुन्थिनँ हुँला म । आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई रचाइरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखिएको फूललाई पनि सकिन्छ, तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जस्लाई दिइन्छ, त्यो चाहीँ प्रेम हो क्यारे बरु ।
Friday, 27 March 2015
मोबाईल फोनबाट कुरा मात्र गर्ने न-भएर कती समस्याबाट हामिलाई बचाउदो रैछ हेरौं त !
1- मोबाईल फोनको बिश्वब्यापी ईमेर्जेन्सि नम्बर ११२
के तपाईंलाई थाहा छ ? मोबाईल फोनको बिश्वब्यापी ईमेर्जेन्सि नम्बर ११२ हो र यो
नम्बरलाई जुन सुकै बेला (जस्तो कि प्याड लक
भएको बेला पनि) पनि डायल गर्न सक्नु हुन्छ। यदी मोबाईलको आफ्नो सिग्नल कमजोर भए
वा आउट अफ कवरेजर एरीया भए पनि यदी ईमेर्जेन्सि भएको खन्डमा ११२ डायल गर्न
सक्नु हुन्छ जस बाट तपाईंको मोबाईल सिग्नल नजिकको कुनै पनि नेट्वोर्क सँग जोडीन पुगी
आवशकिय मद्त लिन सकिन्छ।
2-तपाईंलाई आफ्नो मोबाईल सेटको सिरियल नम्बर थाहा छ?
के तपाईंलाई आफ्नो मोबाईल सेटको सिरियल नम्बर थाहा छ? छैन भने आज नै पत्ता लगाइ हाल्नुहोस! जस्को लागि मोबाईल सेट मा *#०६# डायल गर्नुहोस त्यसपछी स्क्रीनमा देखा परेको पन्द्र अंकको नम्बर नै तपाईंको मोबाईल सेटको सिरियल नम्बर हो जुन संसारको कुनै पनि मोबाईल सेट सँग नमिल्ने किसिमको यूनिक हुन्छ त्यसपछी त्यो नम्बरलाई नोट गरी शुरक्षित राख्नुहोस। यदी आफ्नो मोबाईल सेट कुनै कारण वस हराएको खण्डमा मोबाईल सर्विस प्रदान गर्ने कोम्पनीलाई सो सिरियल नम्बर दिई ब्लक गर्न लगाउनुहोस त्यसो गरेपछी सो मोबाईल सेट अन्य कसैले पनि प्रयोग गर्न सक्ने छैन। यदी चोरले सिम कार्ड नै चेन्ज गरे पनि त्यो सेट प्रयोग गर्न सक्दैन। त्यसो गरे तपाईंको आफ्नो मोबाईल फिर्ता गर्न नसके पनि मोबाईलमा रहेको आफ्नो महत्वपूर्णकुराहरु अन्यको हातमा पर्न बाट बच्न सकिन्छ।
2-तपाईंलाई आफ्नो मोबाईल सेटको सिरियल नम्बर थाहा छ?
के तपाईंलाई आफ्नो मोबाईल सेटको सिरियल नम्बर थाहा छ? छैन भने आज नै पत्ता लगाइ हाल्नुहोस! जस्को लागि मोबाईल सेट मा *#०६# डायल गर्नुहोस त्यसपछी स्क्रीनमा देखा परेको पन्द्र अंकको नम्बर नै तपाईंको मोबाईल सेटको सिरियल नम्बर हो जुन संसारको कुनै पनि मोबाईल सेट सँग नमिल्ने किसिमको यूनिक हुन्छ त्यसपछी त्यो नम्बरलाई नोट गरी शुरक्षित राख्नुहोस। यदी आफ्नो मोबाईल सेट कुनै कारण वस हराएको खण्डमा मोबाईल सर्विस प्रदान गर्ने कोम्पनीलाई सो सिरियल नम्बर दिई ब्लक गर्न लगाउनुहोस त्यसो गरेपछी सो मोबाईल सेट अन्य कसैले पनि प्रयोग गर्न सक्ने छैन। यदी चोरले सिम कार्ड नै चेन्ज गरे पनि त्यो सेट प्रयोग गर्न सक्दैन। त्यसो गरे तपाईंको आफ्नो मोबाईल फिर्ता गर्न नसके पनि मोबाईलमा रहेको आफ्नो महत्वपूर्णकुराहरु अन्यको हातमा पर्न बाट बच्न सकिन्छ।
Thursday, 19 March 2015
साएद मेटिदैनन् याद हरु....
मैले स्कुल पढ्दैदेखी साथीहरुको प्रेम पत्र लेखिदिन थालेँ । मेरा साथीका साथीहरुपनि मलाई प्रेमपत्र लेखिदिनुपर्यो भन्दै आउँथे । अनि म पनि फुरुक्क फुर्किएर कत्ति नै जान्ने झैँ ‘हुन्छ’ भनिहाल्थेँ । ती दिनहरुमा प्रेम प्रस्तावका पत्रहरु धेरै लेखिदिएँ मैले । टाढिन खोजेको केटाको मन पगाल्नुपर्ने केटीको पत्र पनि लेखिदिएँ । मेरो प्रेमिका छ भन्दा पनि मरिहत्ते गर्ने केटीलाई सम्झाउनुपर्ने केटाको पत्र पनि लेखिदिएँ । कत्तिको त पत्रमित्रताको पत्र समेत लेखिदिएँ मैले । क—कसको लागि मैले पत्र लेखिदिएँ हुँला भनेर सम्झिन खोजे पनि सकिन्न ऐले त । तर पत्र लेखनकै क्रमको एउटा कुरा भने कहिलेकाहीँ सम्झिएर रमाइलै लाग्छ मलाई । ८ कक्षामा पढ्दा एउटा केटा साथीको तर्फबाट जुन केटीलाई प्रेम प्रस्ताव सहितको पत्र लेखेको थिएँ, १० कक्षामा गएर त्यही केटीलाई अर्कै साथीको तर्फबाट पत्र लेखिदिनुपर्यो । अस्ति दशैँमा घर जाँदा दुबैजना नानीबाबु लिएर टीका थाप्न हिँडेको देखेँ, अनि दोश्रो पत्र चाहीँ स्वीकार्य भएछ भन्ने लाग्यो । मेरो यस्तै ढङ्गले गर्दा साथीहरुमाझ विशेष बन्दै गएँ म । पछि त कत्तिलाई प्रेम सम्बन्धी राय सल्लाह पनि दिन थालेँ । अहिले सम्झिन्छु, त्यतिबेलाका सल्लाहहरु सबै आदर्शकेन्द्रित हुन्थे, उ बेलाको हिन्दी फिल्मी शैलीको प्रेम जस्तो । मैले कहाँ पढेँ या सुनेँ त्यो त याद भएन तर त्यसताका मैले सबैलाई त्याग पनि त प्रेम हो भनेर सुनाउन थालेँ । एक हिसाबले मैले आत्मसाथ गरेको सिद्धान्त जस्तै थियो त्यो । अहिले सोँच्छु, त्यस्तो सल्लाह कसरी पचाउन सके होलान् ती केटाहरुले । अर्कैसँग प्रेम गरिरहेको थाहा पाउँदा पाउँदै पनि पछि लाग्ने केटाहरुलाई म चाहीँ प्रेम त पाउनुमा भन्दा बढी गुमाउनुमा पो प्रकट हुन्छ त भनेर प्रवचन सुनाउँथँे ।
Tuesday, 17 March 2015
यी हुन विश्वका सबैभन्दा बढी सुन भण्डारण गर्ने टप टेन मुलक

एजेन्सी, :संसारमा सबैभन्दा बढी सुन भन्डारण गर्ने मुलुकमा अमेरिका पहिलो स्थानमा रहेको छ । त्यस्तै नेपालका छिमेकी मुलुक चीन भारत क्रमस छैठौँ र दशौँ स्थानमा परेका छन् । सुन भण्डारण गर्ने मुलकमा तीनवटा एशियाली मुुलुक परेका छन् । त्यसमध्ये जापान आठौँ स्थानमा परेको छ । वल्ड गोल्ड काउन्सील (डब्ल्युजीसी) ले सार्वजनिक गरेको सूचि अनुसार अमेरिका आठ अजार एक सय ३३ दशमलव पाँच टन सुन सहित पहिलो स्थानमा रहेको छ । विदेशी पुँजी भन्डारमा यसको योगदान ७२ दशमलव एक प्रतिशत रहेको छ ।त्यस्तै जर्मनी तीन हजार तीन सय ८४ दशमलव २ टन सहित सुन भण्डारको सूचिमा दोस्रो स्थानमा परेको छ । जर्मनिको विदेशी पुँजी भण्डारमा ६७ दशमलव आठ प्रतिशत योगदान रहेको छ । तेस्रो स्थानमा रहेको इटालीसँग दुई हजार चार सय ५१ द्यशमलव आठ टन सुन रहेको छ । इटलीको विदेशी पूँजी भण्डारमा ६६ दशमलव सात प्रतिशत योगदान रहेको छ । उक्त सूचिमा फ्रान्स चौथो स्थानमा रहेको छ । फ्रान्ससँग दुई हजार चार सय ३५ दशमलव चार टन सुन रहेको छ । यस अनुसार फ्रान्सको विदेशी पूँजी भण्डारमा ६५ दशमलव दुई प्रतिशत योगदान रहेको छ । रुस एक हजार एक सय १२ दशमलव पाँच टन सुन सहित पाचौँ स्थानमा परेको छ । विदेशी पूँजी बजारमा रुसको योगदान नौ दशमलव नौ प्रतिशत रहेको छ ।एशियाली मुलुक चीनसँग एक हजार ५४ दशमलव एक टन सुन भण्डारण रहेको छ । छैठौँ स्थानमा परको चीनले विदेशी पूँजी भण्डारमा एक दशमलव एक प्रतिशत योगदान पुर्याएको छ । सातौँ स्थानमा रहेको स्वीजरल्याण्ड सँग एक हजार ४० टन सुन भण्डारण रहेको छ । स्वीजरल्याण्डको विदेशी पूँजी भण्डारमा सात दशमलव आठ प्रतिशत योगदान रहेको छ । एशियाली मुलुक जापानसँग सात सय ६५ दशमलव दुई टन सुन भण्डारण रहेको छ । आठौँ स्थानमा परेको जापानले विदेशी पूँजी भंडारमा दुई दशमलव पाँच प्रतिशत योगदान पुर्याएको छ । नवौँ स्थानमा रहेको नेदरल्याण्डसँग ६ सय १२ दशमलव पाँच टन सुन रहेको छ । नेदरल्याण्डको विदेशी पूँजी भण्डारमा ५४ दशमलव पाँच प्रतिशत योगदान रहेको छ । त्यस्तै छिमेकी मुलुक भारतसँग पाँच सय ५७ दशमलव सात टन सुन भण्डारण रहेको छ । भारतले विदेशी पूँजी भंडारमा सात दशमलव एक प्रतिशत योगदान पुर्याएको छ ।Monday, 16 March 2015
पहिलो डेरा-ग्याँस र नाइटो ><><>
गाँउबाट शहर छिरेको तेस्रो दिन वा,पूर्वको बिकट एउटा गाँउबाट शहर छिरेको, मध्यपुर ठिमी नगरपालिका, भक्तपुरको पहिलो डेरा बसाई 17-18 वर्षको थिँए । नमज्जा सँग मट्टितेलको स्टोभ बिग्रीयो । बेलुका सम्म त झ्यार्रर्रर्र्र गरेर बल्थ्यो । बिहान बालेर हेर्दा राँको मात्रै बल्न थाल्यो । बर्नरको सानो प्वालमा जति पिनले घोचे पनि काम लागेन । खाली कालो पिरो धुँवा मात्र आइरह्यो । घरमा त त्यै चिसो दाउरा परेको बेलामा मात्रै पिरो धुँवा हुन्थ्यो । मट्टितेलको भाउ पनि भर्खरै बढेको थियो । डर लाग्यो । त्यही अनुपातमा स्टोभ बनाएको ज्याला पनि बढ्ने होला । तै पनि दम दिएर हेरिरहेँ । झ्यार्रर्र्र बल्दे कस्तो मज्जा हुन्थ्यो । राँको बल्दा भाँडा पुरै कालो कालो हुन्छ । अझै यो भन्दा पनि अर्को डर । भाँडा भन्दा पनि धुवाले घरबेटीको कोठा बढी कालो हुन्छ । यस्तै लागे डरहरु कोठा खाली होला हजुर भनेर सोध्दै गएको पहिलो दिन घरबुढीले सोधेकी थिइन– “ग्याँस छ कि छैन भाई ? नत्र त कोठा दिने गरेको छैन हामीले ।” त्यतिबेला ग्याँसको प्रचलन अलि कम थियो कि । मैले उनको प्रश्नको उत्तर मुख खोलेर दिन सकिन । मनमनै मात्र भनेँ–“ग्याँस छैन कसरी भनुँ , ग्याष्टिकको रोगी हुँ, पेट हुँडुँलिएर बेला–बेला नजिक बस्नेको नाकमा भूकम्प ल्याँउने ग्याँस निस्कन्छ नयाँ ठाँउ, स्टोभ कहाँ बनाइन्छ, केही थाहा थिएन । हातमा थोत्रो स्टोभ लिएर बजार बजार डुलियो । बल्ल तल्ल गड्ढाघरको साइकल मर्मत गर्ने एउटा पसलमा स्टोभको जिर्णोदार भयो प्रसङ्ग भुकम्पकै घरबेटीकी छोरीको नाइटो । आठ रेक्टरस्केलको भुकम्प ल्याउने किसिमको थियो । त्यसै भन्थे पल्लो कोठामा बस्ने साथीहरु । घरबेटीकी छोरी स्वर्गकै परी हो । घरबेटी चाँही राक्षसनी हो । दैत्यकी स्वास्नी हो । चौथो कोठामा बस्नेले भन्यो–स्वस्थानी कथामा आउने मय दानवकी छोरी हो हाम्री घरबेटी आमै । दोश्रो कोठामा बस्नेले विवाद निकाल्यो–हैन हैन रावणकी कान्छी बहिनी हो हाम्री घरबेटी आमै । जुन दानवकी छोरी भएपनि घरबेटी बुढी राक्षसनी हो भन्ने कुरामा सबैको एकमत हुन्थ्यो । तर कसरी जन्मी त्यो स्वर्गकी परी ? सबै अच्चम प्रकट गर्थे । सायद उनको ………………….विशेष प्रकारको थियो हाँसोले त्यो घरको अन्तिम फ्ल्याट टन्नै भरिन्थ्यो । उनको एउटा विशेष शैली नै रहेछ–जे कपडा लगाएपनि नाइटो देखाएर हिड्ने । सायद उनको परिवारमा पनि उनको त्यो शैली पचिसकेको थियो । तर मलाई भने बढो अप्ठ्यारो लाग्थ्यो ।
Thursday, 12 March 2015
गितकार दिनेश सुवेदी प्रहरी खोरमा, खुल्यो अर्को पनि पोल
आफ्नै स्कुले ९ बर्षकी छात्रालाई वलत्कार गरि प्रहरी खोरमा पुगेका गितकार दिनेश सुवेदीको अर्को पोल खुलेको छ । चैत्र २७ देखि रिलिज हुने तयारीमा रहेको फिल्म हवल्दार सुन्तलीको चर्चित गीत घण्टी बज्योका गीतकार भनेर प्रचार गरे पनि अन्तत उनको रचना उक्त गित नभएको उक्त गितका संगितकार टंक बुढाथोकिले बताएका छन् । दुई दिन अघि दिनेश ले दामन पालुङ स्थित सेती गणेश माध्यमिक विद्यालयमा पढ्ने आफ्नै विद्यार्थीलाई बलात्कार गरेको पोल खुलेपछि उनलाई गाउँलेले कालो मोसो दल्दै ज्यान मार्ने प्रयास समेत गरेका थिए ।दिनेशलाई बचाउँन खोज्दा प्रहरी माथी गाउँलेहरुनै जाई लाग्दा प्रहरीका पोषाक समेत च्यातिन पुगेका थिए ।कक्षा चार मा पढ्ने बलात्कृत बालिका जम्मा ९ बर्षकी छिन् । अधवैशे दिनेश चाँहि ती बालिकालाई पढाउँने स्कूलका टिचर समेत हुन । प्राप्त जानकारी अनुसार बलात्कार पश्चात दिनेशले ती बालिकालाई दुई दिन देखि कसैलाई केही नभन्नू भन्दै फकाई रहेका थिए तर बालिकाको परिवारले घटना थाहाँ पाएपछि सवै कुरा बाहिर आएको हो । टंकले उक्त गितमा उनको शब्द नभएको भन्दै यस्तो प्रतिक्रिया दिएका छन् ।
टंक Budathoki बुदाथोकी को भनाई
टंक Budathoki बुदाथोकी को भनाई
हो घन्टी बज्यो भन्ने गीत को रचनाकार मा मैले दिनेश सुवेदी को नाम दिएको छु ।खास्मा मैले नै यो गीत लेखेको हो ।हिम्मतवाली ताका संगै काम गर्दा मैले "तिमी 19 year कि beauti म hansome 21 को" भन्ने concept मा शब्द पूरा गर्न लाएको थिए जस अनुरुप मलाइ दिनेस सुनेदी ले दिनुभको शब्द उहाकै hand writing मा तल पढ्नुहोला जुन पछि मैले रिशि लामिछाने "हवल्दार सुन्तली Director" दाइ अनि छवि ओझा दाइ लाई सुनाउदा मन पराउनु भएन र पछि मैले नै लेखे तर मेहनती मान्छे होला भनेर मैले रचनाकरको नाम दिनेश कै दिए ।आज यो दिन आउदा मैले यो कुरा खोल्नु पर्यो।record भएको शब्द तिम्ले छोए पछि बढ्यो बढ्यो beat धद्कनको
घन्टी बज्यो मन्कोhttps://www.youtube.com/watch?v=F5fEJCuKuEw
Tuesday, 3 March 2015
मानिसको मस्तिष्कलाई टक्कर दिने मेसिन तयार
वैज्ञानिकहरुले एउटा यस्तो उपकरण निर्माण गरेका छन् जसले कुनैपनि खेल आफै सिक्न सक्छ । यो उपकरणले अहिलेसम्म ४९ प्रकारशा भिडियो गेम सिकिसकेको छ । यसमध्ये आधाजसोमा उक्त मेसिनको प्रदर्शन कुनै पेशेवर खेलाडीको भन्दा पनि राम्रो रहेकेा छ ।
गुगलको डिप माइन्ड परियोजना सँग सम्बद्ध वैज्ञानिकहरुका अनुसार कुनै कम्प्युटर प्रणालीबाट तयार गरिएको उपकरणले यस्तो जटील काम सिकेर त्यसमा पारंगत बनेको यो पहिलोपक हो ।
डिप माइन्डका उपाध्यक्ष डाक्टर ह्यासाभिसका अनुसार अहिलेसम्म आफै सिक्न सक्ने प्रणालीलाई सजिलो खाले समस्यामा प्रयोग गरिँदै आएको थियो । तर पहिलोपटक उनीहरुल्े यसको प्रयोग यस्तो जटिल कामका लागि गरेका छन् जुन काम मानिसकै लागि समेत चुनौतिपूर्ण हुन्छ ।
आफै सिक्न सक्ने इन्टेलिजेन्स भएका उपकरण निर्माण गर्न विश्वका विभिन्न प्रविधि कम्पनीहरुले ठूलो लगानी गरिरहेका छन् । गुगलले डिप माइन्डका लागि झण्डै ४० करोड डलर खर्च गरेको छ ।
यसअघि सन् १९९७ मा आइबीएमले निर्माण गरेको एक कम्प्युटरले विश्व च्याम्पियन चेस खेलाडि ग्यारी कास्पारोभलाई समेत चेस खेलमा हराएको थियो ।
यद्यपि उक्त कम्प्युटरमा पहिले नै दिशा निर्देश गर्ने प्रोग्राम इन्स्टल गरिएको थियो ।
डिप माइन्ड कम्प्युटर प्रोग्राममा भने कुनै भिडियो गेम खेल्नुभन्दा पहिले केवल आधारभुत सूचना मात्र प्रदान गरिन्छ । सिस्टमलाई केवल पिक्सेल सम्बनिध सूचना प्रदान गरिएको र मेसिन आफैले खेलमा आफै सिकेर उच्च स्कोर हासिल गरेको वैज्ञानिकहरु बताउँछन् । डिप माइण्ड कम्प्युटर मेसिनले सिकेका ४९ भिडियो गेमहरुमा स्पेस इनभेडर देखि लिएर पोंग, बक्सिङ, टेनिस तथा थ्री डी रेसिङ लगायतका छन् ।
पिनबल, बक्सिङ तथा ब्रेकआउट जस्ता खेलमा यो मेसिनले कुनै व्यवसायिक खेलाडीले भने उच्चस्तरको प्रदर्शन गरेको छ ।
यो उपकरणले खेलका दौरान कुन कदम चाल्ने भन्ने कुरा यो मेसिनले आफै सिक्दछ । कुनै नयाँ गेम तथा नयाँ स्क्रिन प्रदान गरेसँगै केही घण्टा गेम खेलेपछि यो सिस्टमले त्यसपछि के गर्ने र कसरी गेम खेल्ने भन्ने कुरा आफै सिक्ने शोधकर्ता ह्यासाबीच बताउँछन् ।
वैज्ञानिकहरुका अनुसार यो सफलता स्मार्ट मेसिन निर्माणमा नयाँ उपलब्धी हो । वैज्ञानिकहरु मानव मस्तिष्क जस्तै कम्प्युटर प्रोग्राम विकशित गर्ने काममा जुटिरहेका छन् जसले तस्वीर तथा ध्वनीको विशाल भण्डारबाट जरुरी सूचनाहरु छान्न सकोस् । चालक रहित कारमा यस्तो प्रविधिको बढि उपयोग हुन्छ ।
‘हिम्मतवाली”बाट चर्चामा आएको टंकको गीत सगीत “हवल्दार सुन्तली”मा आउदा चुलिदै
वा संगीतकार टंक बुढाथोकीको सगीतको चर्चा चुलिदै गएको छ । चलचित्र “जंजीर”को ‘किन गारो गारो हुन्छ “गीत चर्चामा रहे पनि खासै न चिनिएका टंकले पछिलो पल्ट अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘हिम्मतवाली ” को गीत “काली तिम्रो नजरले गोली मार्यो ढिँच्याउ ढिँच्याउ”बाट नै उनको गीत संगीतको चर्चा हुन थालेको हो ।चलचित्र ‘हिम्मतवाली ” चलचित्र मात्रै हिट भएन कि तेसका गायक तथा संगीतकार टंक बुढाथोकी राता राता चलचित्र नगरीमा हिट हुन पुगे ।यस गीतको सफलता पछि टंकका नेपाली चलचित्र नगरिक धेरै निर्माता , निर्देशकले उनले आफ्नो चलचित्रको गीतमा स्वर तथा संगीत दिनको लागि उनका पुग्न थालेका छन् ।यस बिचमा टंकले धेरै चलचित्रमा स्वर तथा संगीत दिए तर ब्यबसाहिक रुपमा ति चलचित्र चल्न नसके पछि केहि ओजेलमा परेका टंकको चर्चा फेरी बिस्तारै चुलिन थालेको छ ।
उनको स्वर तथा संगीत रहेको पछिल्लो चलचित्र ‘हवल्दार सुन्तली’को गीतको कारण टंकको चर्चा फेरी बजारमा चुलिदै छ ।चलचित्रको ‘घन्टी बज्यो’ बोलको गीत सार्वजनिक भए पछि टंकको सो गीतको संगीत र स्वरले दर्शक तथा स्रोतले खुब मन पराएका छन् । चाडै श्रोता तथा दर्शकको मुखमा झुण्डने खालको गीत बनाउन सिपालु टंकको संगीत रहेको चलचित्र ‘हवल्दार सुन्तली’को यस गीतले ९ दिन भित्रै साठी हजार भन्दा बढी दर्शकले युटुब बाट समेत हेरी सकेका छन् ।टंकले स्वर तथा संगीत दिएका धेरै चलचित्र बजारमा आउने तयारी भैरहेको हुनाले अबका दिनमा टंकको गीत संगीतले अझै बढी चर्चा तथा सफलता हात पर्नेमा टंक दुक्का देखिन्छ ।गीत संगीतमा नै आफ्नो जिन्दगि बिताउने योजनाको साथ टंकले अहिले आफ्नै गीत रेकड़िंग स्टुडियो समेत निर्माण गर्दैछन् ।
Monday, 23 February 2015
यस्ता छन् विश्वका उत्कृष्ट फोटो, तपाईँलाई कुन फोटो राम्रो लाग्यो?
यो वर्षका उत्कृष्ट फोटोहरुको घोषणा केही दिन अघि भएको छ। फोटो पत्रकारितामा रुचि भएको हुँदा यसबारे ब्लग लेख्नका लागि आयोजकबाट फोटो मागेको थिएँ। त्यहाँबाट प्राप्त फोटोहरुमध्ये केही फोटो हेरेर, तिनको क्याप्सन पढेर कुन फोटो कस्तो बारे थोरै लेखेको छु। तपाईँलाई कुन फोटो राम्रो लाग्यो, कमेन्टमा लेख्नुस् है त। यी फोटोहरु १३१ देशका ५ हजार ६९२ फोटोग्राफरका झण्डै ९८ हजार फोटोहरुबाट छानिएका हुन्। नेपालबाट पनि अंगद ढकाल, नवीन बराल, उमा विष्ट, विजय गजमेर, विकास कार्की, बीबी फुयाँल, किशोर शर्मा, हेमन्तकुमार श्रेष्ठ, नरेश श्रेष्ठ र दीपक तोलाङ्गेले फोटो पठाएका थिए (सबै सहभागीको नाम हेर्न क्लिक गर्नुस्) तर नेपाली फोटोग्राफरका फोटोले भने कुनै पनि पुरस्कार जित्न सकेन।

स्पट न्युज क्याटेगोरीको स्टोरिजतर्फ दोस्रो पुरस्कार जितेको यो फोटो फ्रान्सका Jérôme Sessini ले Magnum Photos for De Standaard का लागि खिचेका हुन्। फोटो युक्रेनको किभमा आफ्ना साथीलाई गोली लागेपछि चिकित्सा सहयोगकालागि बोलाउँदै गर्दाको हो।
Thursday, 19 February 2015
अरबको कथा
तलब आएको पहिलो शुक्रबार को बिहानी,
करिब ७ बजे मोबाइल बज्यो
आँखा चिम्सो पार्दै हेरें-
उनैको थ्यो !
‘उनी’ अर्थात ‘फूलमाया’
एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी
करिब ७ बजे मोबाइल बज्यो
आँखा चिम्सो पार्दै हेरें-
उनैको थ्यो !
‘उनी’ अर्थात ‘फूलमाया’
एउटा क्लिनिङ्ग कम्पनीमा काम गर्छिन् उनी
स्वर मा मिठास भर्दै ‘हेल्लो’ भनें
”सुतिराख्या हो ?सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे,
८ बजे सम्म मा पुगिन्छ होला
छिट्टो उठेर आउनुस है…”
”सुतिराख्या हो ?सुन्नु न, आज हाम्लाई ‘सफारी मल’ लैजान्छन अरे,
८ बजे सम्म मा पुगिन्छ होला
छिट्टो उठेर आउनुस है…”
हतार हतार उठेर नुहाइधुवाइ गर्न थालें
कुनै टुंगो हुदैन उनीहरुको,
कैले सफारी, कैले लुलु कैले क्यरिफोर, कैले कहाँ,
हप्तामा १ पटक ‘सपिङ्ग’ गर्न लैजान्छन उनीहरुलाई
त्यहीं हो भेट्ने
हप्तामा १ पटक ‘सपिङ्ग’ गर्न लैजान्छन उनीहरुलाई
त्यहीं हो भेट्ने
निर्धारित समय मा ‘सफारी मल’ पुगें,
एउटा पुरानो TATA को बस बाट एक हुल महिला उत्रिए,
हरेक का कोइ न कोइ म जस्तै पर्खेर बसेका थिए,
कोइ हात समातेर ‘मल’ भित्र पसे,
कसैले आफ्नो गाडीमा बसाएर लागे
रित्तो बस फर्कियो भरे ४ घण्टापछि लिन फर्किने शर्तमा
एउटा पुरानो TATA को बस बाट एक हुल महिला उत्रिए,
हरेक का कोइ न कोइ म जस्तै पर्खेर बसेका थिए,
कोइ हात समातेर ‘मल’ भित्र पसे,
कसैले आफ्नो गाडीमा बसाएर लागे
रित्तो बस फर्कियो भरे ४ घण्टापछि लिन फर्किने शर्तमा
म आफुसँग गाडी नहुने मध्यको परें,
उनीसंगै जोडिएर ‘मल’ भित्र छिरियो !
एउटा ठुलो ‘ट्रली’ तान्दै-ठेल्दै म उनको पछि पछि लागें,
उनि आफुलाई चाहिएको समान/कपडा हेर्दै छान्दै ट्रली मा राख्थिन,
म उनको पछि पछि ट्रली गुडाउदै हिड्छु !
उनीसंगै जोडिएर ‘मल’ भित्र छिरियो !
एउटा ठुलो ‘ट्रली’ तान्दै-ठेल्दै म उनको पछि पछि लागें,
उनि आफुलाई चाहिएको समान/कपडा हेर्दै छान्दै ट्रली मा राख्थिन,
म उनको पछि पछि ट्रली गुडाउदै हिड्छु !
विन्डोज १० चलाउनुस्, पासवर्डलाई बाई-बाई भन्नुस्

इन्टरनेटमा ब्यक्तिगत सूचनाको सुरक्षा सवैभन्दा चुनौतीपूर्ण बन्दै गएको छ । खासगरी पासवर्ड चोरी र ह्याक हुने समस्याले ठूला सेलिब्रेटीदेखि सर्वसाधारणसम्म हैरान परेका छन् ।
हरेक बर्षजसो लाखौं मानिसका पासवर्ड चोरी भई त्यसलाई सार्वजनिक गर्ने घटना बढ्दै गएका छन् । ठूला सेलिब्रिटीका निजी कम्प्युटर र फोनबाट नाङ्गा तस्वीर तानेर सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ ।
यी सवै समस्यामो मुख्य जड हो-पासवर्ड सिस्टम । त्यसैले माइक्रोसफ्टले सार्वजनिक गर्न लागेको विन्डोज १० मा अपरेटिङ सिस्टमलाई पासवर्डबिहीन बनाउँदै छ ।
अर्थात् अब तपाईले बायोमेट्रिक सिस्टमबाट कम्प्युटरको पासवर्ड राख्नुपर्छ, जसले गर्दा स्वयं तपाईको उपस्थीतिबिना कम्प्युटर र महत्वपूर्ण दस्तावेज खुल्दैनन् ।
पछिल्लो समयमा बिभिन्न एपले बायोमेट्रिक पासवर्डको सेवा दिइरहेको भएपनि अपरेटिङ सिस्टममा यो ब्यबस्था थिएन । आइफोनले फिंगरप्रिन्टमार्फत् लक खोल्ने सिस्टम पनि ल्याइसकेको छ ।
फास्ट आइडेन्टीटी अनलाइन मापदण्डअनुसार विन्डोजलाई पासवर्डविहीन बनाउन लागिएको विन्डोजका सेक्युरिटी तथा आइडेन्टीटी म्यानेजर डस्टिन इंगलले बताए । जसअन्तर्गत अब प्रयोगको अनुहार, आवाज, आँखाको रेटिना, औैंठाछाप आदिलाई पासवर्डका रुपमा प्रयोग गरिने छ ।
यो अभियानमा विन्डोजमात्रै एक्लै लागिरहेको हैन । सामसुङ, भिसाकार्ड, पेपाल, मास्टरकार्ड, गुगल, लेनेभो र बैंक अफ अमेरिकासमेत पासवर्डविहीन कम्प्युटर सिस्टम विकाश गर्ने अभियानमा सँगै काम गरिरहेका छन् ।
माइक्रोसफ्टले केही सातापछि विन्डोज १० सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विन्डोज १० यसअघिका भर्सनभन्दा यस अर्थमा भिन्न छ कि, मोबाइल र डेस्कटपमा एउटै भर्सन सपोर्ट गर्ने छ ।
विन्डोज फोन प्रयोगकर्ताले अहिले पनि विन्डोज १० को प्रिभ्यु भर्सन चलाएर त्यसमा आफ्नो प्रतिक्रिया दिन सक्छन् ।
मंगल ग्रहको यात्राका लागि सय जना छानिए, नेपाली युवा दोश्रो चरणबाटै बाहिर
बहुप्रतिक्षित तथा बहुचर्चित मंगल ग्रहको एकतर्फी यात्राका लागि १ सय जना फाइनालिष्ट छनोट भएका छन् । मंगल ग्रहमा जानका लागि आवेदन गरेका कुल २ लाख २ हजार ५ सय ८६ जना आवेदकहरुमध्ये बाट तेश्रो चरणको छनोट प्रक्रिया पार गर्न सफल हुने १ सय जना व्यक्तिहरुको सूचि मंगलयात्राको महत्वाकांक्षी योजना बनाइरहेको नेदरल्याण्डको मार्स वन नाम संस्थाले प्रकाशित गरेको छ ।
२०२४ बाट मंगल ग्रहमा मानिस पठाउन सुरु गर्ने योजना बनाएको मार्स वनले तेश्रो चरणका लागि छनोट भएका १ सय जना मध्येबाट अन्तिम २४ जना यात्रीहरुको चयन गर्नेछ । ती २४ जनालाई ६ पटकमा गरी ४-४ जना मंगल ग्रहको एकतर्फी यात्रामा पठाइनेछ र उनीहरु स्थायी रुपमा मंगल ग्रहमा नै बस्नेछन् ।
छनोट भएका १ सय जना मध्ये ५० जना महिला तथा ५० जना पुरुष रहेका छन् । छनोट हुनेहरुमा अमेरिका महादेशका ३९ जना, युरोपका ३१ त्था एसियाका १६ जना रहेका छन् । त्यस्तै अफ्रिकाबाट ७ जना र ओसेनियाबाट ७ जना मानिसहरु मंगल अभियानको अन्तिम १ सय मा छनोट हुन सफल भएका छन् ।
छनोट हुनेहरुमा छिमेकी देश भारतका ३ जना र पाकिस्तानका एक जना रहेका छन् । छनोट हुने भारतीयहरुमा अमेरिकामा विद्यावारिधी गरिरहेका २९ वर्षका तन्त्रजित सिंह भाटिया, दुबइमा बस्दै आएकी २९ वर्षकी रिकिता सिंह र केरलाका १९ वर्षीया शारदा प्रसाद रहेका टाइम्स अफ इण्डियाले जनाएको छ ।
त्यस्तै अन्तिम १ सय जनामा छनोट हुने एकमात्र पाकिस्तानी नागरिकको नाम रेगिनाल्ड रहेको मार्सवानको सूचिमा उल्लेख छ ।
Monday, 2 February 2015
बिरामीको बिछोड प्रेम कथा :
बन पार गर्दै उकालीदा बाटामा पर्ने १३ किलो बजारबाट आफ्नै स्कुल पढ्ने साथीहरु आठै बजे बसमा चढेर स्कुल लाग्थे । कोही छतमा बसेर फ्रूटी चुस्दै त कोही बसको ढोकामा झुन्डेर वाइ-वाइ चपाउदै । तर प्राय म हलो खेतमा गाडेर जुवा चाँही अरुले चोर्लान भनेर आफ्नै काधमा लट्ठिले अड्याउदै उकालीन्थे । यसरी नै चले आफुले जाने देखिको बालकाल र स्कुले जिबन । एक दिन परिवार सँग टन्टलापुर घाममा घैया गोड्दै गर्दा दिउसै कता कता एकदम डर लागेर आयो । किनकी एस एल सिको नतिजा आउने बेला भइसकेको थियो । आफु हिसाब भने पछी कुनी के हो आउने । अगाडि परेकी साथीको [जो कक्षामा दोस्रा थीइन] को चोरेर पास हुने आस । रामाराम, त्यो एस एल सि फेल भएको भए म आजसम्म हिसाबकै परिक्षा दिइरहेको हुन्थे । त्यसै डरको बिचमा आफुमा पनि सपनाको नगरि "नेपाल शहर" जाने रहर जागेर आयो । १५ बर्षको उमेरमा बुवा सँग ५०० रुपैया लिएर काठमाडौं आएपछी हामीहरुले गाउबाट आएपछी गरिने दु:ख त पहिले नै लेखिराखेको हुन्छ नै । छैटौ दिनमा पुर्पुरोमा जस्तो लेखिएको थियो, त्यस्तै दु:ख गरियो, बसियो, चलियो अनी चलाइयो । खैर प्रसँग अर्कै तिर गयो जस्तो छ ।
Sunday, 1 February 2015
खुसी रहन चाहनु हुन्छ ? यी ६ कुरा कहिल्यै नभुल्नुस्
रेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।

१ हसाउँने कुराहरु हेर्नुस्
हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।
गुगलले ल्यायो नयाँ सुविधा, अब जिमेलबाट पैसा पठाउन सकिने
जिमेल चलाउनु हुन्छ भने तपाईको लागि खुशीको कुरा छ । जिमेल प्रयोगकर्ताले अब एउटा इमेलको आधारमा पैसा पठाउन सक्ने भएका छन । गुगलले यो सुविधा गुगल वालेटको माध्यमबाट ल्याएको हो ।

यो सुविधाबाट फाइदा लिनको लागि भने तपाईको उमेर १८ वर्ष पुगेको हुनु पर्ने र आफ्नै जिमेल एकाउण्ट हुनुपर्ने हुन्छ । जसबाट तपाईले आफ्नो साथी र परिवारलाई इमेलको माध्यमबाट पैसा पठाउन सक्नुहुनेछ ।
कमिलाको अदभुत शक्ति
कमिला, आकार सानो भएतापनि आफुभन्दा सयौं गुणासम्मको बस्तु उचाल्नसक्ने कुरा त तपाइलाइ थाह भएकै कुरा हो।
यो सानो रातो कमिला रुखको हाँगामा हिँडिरहदा भेटिएको हरियो झुसिलकिरोलाइ बाटोबाट पन्छाउन थाल्यो। तर अकस्मात कमिलाले उक्त किरालाइ टोक्यो अनि सजिलैसंग जुरुक्क उचालेर हिड्न लाग्यो। केबल १ सेन्टिमिटर लामो यो कमिला ६ सेन्टिमिटर भन्दा लामो झुसिलकिरालाइ उचाल्दा कुनै कष्ट परेकोझै देखिदैन।
कथा संसारमा “बर्षौं पुरानो साथी” सुन्नुहोस
हिमाली स्वरहरुको सुन्ने कथाहरुको संग्रह “कथा संसारमा सहदेव पौडेलले लेखेको छोटो कथा “बर्षौं पुरानो साथी” सहदेव आफैं वाचन गर्दै छन् । सुन्नुहोस कथा संसारमा बर्षौं पुरानो साथी।
अन्य थुप्रै कथाहरु सुन्न सक्नु हुन्छ www.nepaliradio.org मा
–
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
अन्य थुप्रै कथाहरु सुन्न सक्नु हुन्छ www.nepaliradio.org मा
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
Tuesday, 20 January 2015
Shri Swasthani Brata Katha. mp3
Download All Files: Click here
Please scroll below for remaining parts (8-11 and 14)
Download All Files: Click here
| Song | VBR MP3 | Ogg Vorbis |
| Shri_Swasthani_Chapter_10_ | 8.5 MB | Download | 3.9 MB | Download |
| Shri_Swasthani_Chapter_11_ | 4.3 MB | Download | |
| Shri_Swasthani_Chapter_14 | 9.3 MB | Download | |
| Shri_Swasthani_Chapter_8_ | 5.8 MB | Download | |
| Shri_Swasthani_Chapter_9_ | 9.1 MB | Download |
Read more: http://www.devchuli6.com/2013/02/downloadlisten-katha-in-mp3-shree.html#ixzz3POJ5M6Q7
Subscribe to:
Posts (Atom)














