Thursday, 5 December 2013

पशु अधिकारको समर्थनमा पुरुषको छातीको रौँ बाट कोट



एजेन्सी/पशुपक्षीको रौँबाट बनेको स्विटर, ज्याकेटलगायत अन्य लुगा नलगाऔँ भन्ने अभियानलाई बल पुग्ने गरी इंग्ल्यान्डको एउटा कम्पनीले पुरुषको छात्तीमा पलाएको रौँबाट नयाँ कोट तयार पारेको छ ।
कम्पनीले एउटा कोट तयार गर्न लाखौँ पुरुषको छात्तीको रौँ खौरिन लगाएको दाबी गरेको छ । तयार गर्न २ सय घन्टा लागेको सो कोटको मूल्य कम्पनीले ३ हजार ९ सय अमेरिकी डलर (नेरु. ४ लाख) तोकेको छ । उक्त कोटको व्यापार प्रवर्द्धन गर्ने जिम्मा बिग कम्पनीले लिएको छ ।
यो कम्पनीले ३० र ४० वर्ष उमेर समूहका पुरुषका लागि दूधबाट निर्मित चक्लेट बनाउँछ । चक्लेट कम्पनी र पुरुषको छातीको रौँबाट निर्मित कोटबीच के सम्बन्ध छ, यो नै कोट निर्माणको रोचक विषय हो । उता, एउटा चिनियाँ कम्पनीले रौँले भरिएको मोजा तयार पारेको छ । यो तिघ्रासम्म पुग्ने महिलाहरूले लाउने लामो मोजा हो ।
पुरुषहरु रौँरहित सलक्क परेको खुट्टा भएका महिलाप्रति आकषिर्त हुने भएकाले र मोजा लगाएपछि झ्यापुल्ले देखिने भएकाले बलात्कारको घटनामा कमी आउने दाबी कम्पनीको छ ।(जनआस्था बाट)

No comments:

Post a Comment