अनौठो संसार


 
मरेपछि मानव शरिर के होला । मुटुको धड्कन रोकिनेछ, रगत चिसो हुँदै जानेछ, र अन्य अङ्गले काम गर्न छोड्नेछ । तर शरिर मरेपनि नङ र कपाल भने बढ्दै जान्छ । यो हामीले भनेका होईनौ, एरिक  मारिया रेमरक्युको उपन्यास ''अल क्वाईट अफ द वेस्टर्न फ्रन्ट'' का युवा कथा बाचक कल्पना गर्छन, ग्यागंरिन रोगका कारण मृत्यु बरण गरेका उनका साथीको नङ र कपाल निरन्तर बढिरहेको छ ।
 
 
यसबारे पर्याप्त अध्ययन नभएपनि यो आश्चर्यजनक भने नभएको बिश्लेषकहरु बताउँछन । यसबारेको जानकारीका लागी हामीलाई ऐतिहासिक कथा र सवमा अध्ययन गर्न जरुरी छ । अङ्ग प्रत्यारोपण गर्ने सर्जनहरुले मरेपछि पनि शरिरका कयौँ कोशिकाहरुले काम गरिरहने बताउँछन ।
 
मानव शरिरका बिभिन्न कोशिका भिन्न भिन्न गतिमा मर्ने गर्दछन, मुटुको धड्कन बन्द भए लगत्तै हाम्रो दिमागमा अक्सिजनको आपुर्ति बन्द हुन्छ ।
 
दिमागमा ग्लुकोज संचित नरहने भएकाले स्नायु कोशिकाहरु ३ देखि ७ मिनेटमा मरिसकेका हुन्छन ।
 
तर नङ बढ्नका लागी भने नयाँ कोशिकाहरुको जन्म हुन जरुरी रहेको डाक्टरहरुको भनाई छ । जसलाई जिवाणु जाल भनिन्छ । यसले धेरै मात्रामा कोशिकाहरु उत्पादन गर्दछ । जसले नङ बढ्दै जाने बताईएको छ ।
 
तर यस्तो अनुमान सहि नभएको पनि बताईन्छ । यसलाई गलत अनुमान भनिएपनि यसको पछाडी जैवीक आधार भने रहेको बिबिसीले उल्लेख गरेको छ । 
 

No comments:

Post a Comment