Saturday, 20 April 2013

                                 अधुरो सपना

टिभीको रिमोट थिच्दाथिच्दै एम. टि. भि. मा पुगेर टक्क अडिएँ। राम्रो गीत आयो भनेर आवाज पनि ठूलो पारें। शायद आवाज ठूलो भयो भनेर कराउन मेरी श्रीमती भान्छाबाट कोठा तिरआउँदै थिइन्, टिभी कराउन छोड्यो। “लौ ठिक्क भयो !”, मेरी श्रीमतिले लोडसेडिङबारे जानकारी गराइन्, “अब त राती ११ बजे मात्र आउँछ।” यसो घडी हेरेको भरखर बेलुकाको ४ मात्र बजेको रहेछ। बत्तीको स्वीच अन गरेर हेरें, पक्का लोडसेडिङ नै हो रहेछ। बाहिर हेरें हल्का पानी परिरहेको थियो। यो हिउँदको अन्तिम वर्षाले वातावरण चिसो बनाएर मलाइ सिरकबाट बाहिर ननिस्कन उत्प्रेरित गरिरहेको थियो। बत्ती पनि गयो, अब के गर्ने? निराशाको बिच झुल्कने झिनो आशामा रमाउने यो मनले तुरुन्तै लोडसेडिङ नामको महामारीमा पनि एउटा आशाको त्यान्द्रो देखिहाल्यो।
ल बुढी, आज बेलुका हामीले स्पेसल भोजन गर्ने है !” मैले झ्वाट्ट भनिहाले। “के के न स्पेसल भोजन पो हुन्छ र हाम्रोमा ? बढी भए त्यो वर्ड फ्लु त होला नि?”, ब्रोइलर कुखुरा तिर इशारा गर्दै मेरी श्रीमतीले जवाफ फर्काइहाली। एउटा “इच्छा अनेक तर रुपैयाँ एक” मात्र भएको मध्यम वर्गीय परिवारको वाध्यता मेरी श्रीमतीले स्पष्ट पारी। “त्यसो भए आज चार–खुट्टे ल्याउँ त?”, मैले विकल्प दिँदै भने। “भैगो, धेरै खर्च गर्न पर्दैन”, उनले तुरुन्तै जवाफ दिइन्। “ल त्यसो भए, आज धेरै अघि देखिको तिम्रो एउटा इच्छा पुरा हुने भयो”, मैले भनिहालें।
विदेशबाट फर्के पछि मेरी श्रीमतिले मलाइ त्यहाँको खानपिनको बारेमा धेरै सोध्ने गर्थिन्। उनको सबैभन्दा कौतुहलको विषय चाहिँ सधै रक्सी हुने गर्दथ्यो। उनका अधिकांश जिज्ञासाहरु यस्ता हुन्थेः विदेशमा त परिवार सँगै बसेर रक्सी खान्छन् रे, हो? तपाँइले चाहिँ के–के खानुभयो त? ह्वीस्की, वियर, वाइन भनेको एउटै हो? कस्तो हुन्छ त? आदि आदि। हुनत अचेल नेपालमै पनि परिवारमा बसेर वियर, वाइन खाने प्रचलन फैलिसकेको छ तर पनि आफूले यो प्रचलन अपनाउन सकिरहेको थिएन। तर आज श्रीमतीको वाइन चाख्ने सपना पुरा गर्ने विचार मैले गरिसकेको थिँए। “ल आज हामीले पनि भ्यालेन्टाइन डे मनाउने है!” मैले उत्सुकताका साथ भनें।
“आज के को भ्यालेन्टाइन नि?”
“अब हामी बुढा–बुढीले भ्यालेन्टाइन मनाउन पनि किन १४ फेब्रुरी कुर्नु प¥यो र? म कुखुरा किनेर ल्याउँछु, तिमी अरु चीज तयार पार, आज वाइन चाखेर भ्यालेन्टाइन डे मनाउने हामी पनि।”

                 कथा : नियति

 
समय चिप्लदै गइरहेछ-ओरालै ओरालो। समय उक्लदै गइरहेछ -उकालै उकालो। कहाँसम्म उक्लने हो ? प्रत्येक रिक्तताहरु भरिएकै छ हिजो,अस्ति,आज। केवल रिक्तताहरुमा रित्तो भरिएकै छ। आस्थाका भाषणहरु अनास्थाको वस्तीमा,बलिदानको इतिहासले मुखमा माड नलाग्दो रहेछ। जीवन भोगाइका खाटाहरुले दुख्ने मुटुलाई त दुख्छ। सपनाका साना पोकाहरु थाम्न नभ्याउँदै -बिपना विशाल पहाड भई उभिएको छ। ऊ फर्किएको छैन। यस बर्ष त फर्कन्छ होला -भन्छिन्। भनिरहन्छिनमन भित्रको भरोसाहरु नमर्दा सम्म! फेरि जिउने सहारा ,बुढेसकाको लौरो केहि दिन भयो घर आएको छैन। छोरा -छोराहरु जङ्गलतिर लाग्यों रे। छोरा -छोराहरु मुग्लान दौड्यो रे। घरबाट पलायन नदी भएर बगी रहेछ सलल….!
विहानीको झिसमिसे उज्यालोबाट ऊ कसैको प्रतिक्षामा रहन्छिन। पर कोही आउँदैछ। आँखाले धोका नदिए सम्म स्नेहका झोकाहरु स्पर्श बनी पीडालाई सुम्सुमियाउन आफ्नो मान्छे आउँदैछ। हरेक दिन हरेक छाँयाहरु नजिक हुँदै ढाकिन्छ। धमिलिन्छ आँखाहरु अँध्यारोमा। सपना मलाई नै गाँज्न आइरहेछ। म भाग्दैछु -आँखाहरु लखेटी रहेछन्!चिसो मुटुमा चिमोटेर छामे -बाँचेकै रहेछु। दृष्टि दुख्छ ,चेतना दुख्छ। छाति भित्र गुम्सिएको मन कति कति दुखेर पुरिन्छ। प्रत्येक रहर,प्रत्येक सपना,प्रत्येक जीवनहरु बीच टुसाएर ओइलाएको छ। दुखै दुख बाँचेर मर्ने लाशहरु,सुखै सुख भोगेर मर्ने लाशहरु,दुख र सुख खेपेका लाशहरु,मात्र स्वाभाविक लाशहरु। लाश लाशमा टेकेर, म त उसैको लाश खोजी रहेको रहेछु-जमीन,आकाश र पानीमा। अकस्मात मेरो नजर एउटा लाशमा अड्कन्छ -दुख र सुख नभोगेको -भोग्नै नभ्याएको बबुरो लाश कस्तरी छताछुल्ल भएछ …..
मध्यरात जाग्छ। सपना टुक्रन्छ बीचैमा सधै,सधै झैँ निन्द्रा नपर्नु बानी भइसक्यो!ओहो। सपनाका त्यत्रा लाशहरु -मान्छे त्यहिँ लाश भएर लाश नहुँदा सम्म कत्रो हुँकार?एउटा मात्र लाशको लागि लाशको बिस्कुन सुकाइनु-समाचारको अघिल्लो पातामा मुख्य समाचार बन्छ। कोही गर्वसाथ बोल्छ। यसैमा कतिको गुजारा चल्छ। श्रेणी बढ्छ -फूलीचढ्छ। समय हो समय -आफै सहज बन्दै जान्छ।
मध्यरातमा घोकेको पाठ मन्त्र जस्तै फलाक्दै थिए नेताहरु!हिजोको भोटको बाटाहरुमा लौरो टेक्दै, बामे सर्दै आएर शिक्षा,विजुली पानी बाँड्दै थिए। एक गाँसको अध्यारो गोजीमा। हरेक भोटहरु विकासको मूल भएर आउँछ। भोट सकिएको दिन मूल पनि सुक्छ। नियति यस्तै नभए विजुली पानीको पैसा कसरी तिर्नु ?त्यो पनि त गाँसै काट्नु हो। कस्ट -कस्ट भोगेर शिक्षित हुनुको दशामा -महादशा ब्यर्थ के थप्नु। धन्य बुद्दिजीविहरु हो सुल्टालाई उल्टा,उल्तालाई सुल्टा भन्न जान्दछौ!मरे पछि बाँचिने देशमा ,बाँच्दा मरेतुल्य हुनु के अनर्थ भयो र।

Saturday, 6 April 2013


                                          रगत चाहिएमा

रगत कुनै बेला पनि कसैलाई पनि चाहिन सक्छ। तर भनेको बेला रगत नपाएको खन्डमा मानिसको ज्यान पनी जान सक्छ। त्यही कुरा बुझेर केही स्वयमसेवक संस्था र ब्यक्तीहरुले सामाजिक सन्जाल प्रयोग गर्दै चाहिएको बेला रगत उपलब्ध गराउन प्रयास गर्ने गरेका छन। धेरैलाई ति सन्जालको ज्ञान नहुन सक्छ। त्यसैले मैले यो पोस्टमा मैले भेटेजती जानकारी दिने प्रयास गरेको छु।
अन्लाइनबाट नै रक्तदाताको जानकारी लिन चाहनुहुन्छ भने ब्लड डोनर्स एसोसिएसनले रक्तदाताको अनलाइन जानकारी दिने गरेको छ। त्यस्को लागि
http://www.bloodmembers.com/ भिजिट गर्नुहोला। यो साइटमा रक्तदाताको जानकारी रगत समुह अनुसार राखिएको छ। साथै तपाईं रक्तदानमा इच्छुक हुनुहुन्छ भने त्यहाँ आफ्नी जानकारी छोड्न नि सक्नुहुन्छ। 
त्यस्तै रक्तदानमा सकृय फेसबुक समुह हो युथ फर ब्लड नेपाल। बिशेष गरी बिराटनगर बाट सुरु भएको यो समुह अहिले देशका प्रमुख शहरमा सकृय छ भने यसमा आबद्ध स्वयमसेवी रक्तदाता हरु जुनसुकै बेला रक्तदान गर्न तयार हुने गर्छन्। यो ग्रुपमा समावेस हुन https://www.facebook.com/groups/youthforblood/  मा गएर जोडीन सक्नुहुन्छ भने यसै समुहको पेज  https://www.facebook.com/youthforblood?ref=ts बाट पनि जोडीन सक्नुहुन्छ। साथै यो समूहले आफ्नो twitter एकाउन्ट नी चलाएको छ तपाइँ twitter चलाउनुहुन्छ भने  @youthforblood फलो गरेर यो समूह सँग जोडिन सक्नुहुन्छ | 
आइ ब्लड नेपाल सामाजिक संजालमा सक्रिय समुह हो | फेसबुक तथा ट्वीटरमा प्रभाबकारी तरिकाले आफ्नो संदेश पुर्याइरहेको यो समूहलाइ फेसबुकमा यो लिंक https://www.facebook.com/groups/iblood/ मा भेट्न सक्नुहुन्छ भने ट्वीटरमा @ibloodnepal फलो गरेर रगतको आवस्यकता बारे जानकारी लिन र दिन सक्नुहुन्छ |
संकल्प  नेपाल पोखरामा कार्यरत समूह हो र यसले पोखरा बाट आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै छ | तर निकट भबिश्यमा यो समुह देश भरि जाने लक्ष्य लिएको छ | यो समुह संग जोडिनको लागी
http://blood.sankalpanepal.org/ मा जान सक्नुहुन्छ
त्यस्तै फेसबुकमा सकृय रहेका केही समुह छन। जस्ले आफ्नो प्रभाबकारीता सिद्ध गर्न अझै बाँकी नै छ तर भबिस्यमा राम्रो गर्ने आशा गर्न सकिन्छ। मैले भेटे सम्मका समुह हरु 
लाई यहाँ प्रस्तुत गर्दै छु।  
इमर्जेन्सी ब्लड निडेड नेपाल : https://www.facebook.com/groups/246272658818310/
ब्लड ग्रुप नेपाल : https://www.facebook.com/groups/nepalblooddonation/ 
यदी तपाईं भारतमा हुनुहुन्छ भने यो ग्रुप निकै उपयोगी हुने देखिन्छ 

त्यस्तै  ह्यास ट्याग गरेर पनि रगत चाहिएको जान्कारि गराउन सक्नुहुन्छ | त्यस्तै अर्को एकाउन्ट @BloodHelp1 फलो गरेर तथा मेन्सन गरेर पनि रगत चाहिएको जानकारी दिन तथा लिन सक्नुहुन्छ |
मैले फेसबुकमा अरु   ग्रुप र टुइटरमा अरु  ह्यास ट्याग पनी छन भन्ने सुनेको छु तर मैले अहिले सम्म जानकारी पाएको छैन। तपाईंसँग जानकारी छ भने कृपया कमेन्टमा लेखिदिनु होल। म पोस्टमा समावेस गर्ने छु।

          आफ्नो पासवर्ड कतिको सुरक्षित छ थाहा पाउनुहोस


पासवर्ड ह्याक्को समस्या हामीमध्ये धेरैले भोगेको समस्या हो | आफ्नो ह्याक नभए पनि अरुको एकाउन्ट ह्याक भएको र त्यसबाट निकै समस्या आएको धेरै सुनिने गर्दछ |यसबाट बच्ने एक मात्र उपाय हो आफ्नो पासवर्ड सुरक्षित बनाउने | पासवर्ड कसरि सुरक्षित बनाउने भन्ने बारे त थुप्रै साइटहरु तथा पत्रपत्रिकाले जानकारी दिएका हुन्छन | यो पोस्टमा चाहिं म हामीले प्रयोग गरेको पासवर्ड कतिको सुरक्षित छ भनेर जाच्ने केहि टूलको बारे जानकारी दिनेछु | त्यो भन्दा अघि चाहिं मैले पासवर्ड सुरक्षित बनाउने केहि उपाय बताउदै छु | आफ्नो पासवर्ड सुरक्षित र ह्याक गर्न नसकिने बनाउनको लागी निम्न कुरामा ध्यान दिनु पर्छ |
  • पासवर्डमा सकेसम्म नाम फोन नम्बर जस्ता कुरा प्रयोग नगर्ने 
  • पासवर्डमा कम्तिमा एक अपर केसको अक्षर (ABCD....Z) र कम्तिमा एक लोअर केसको अक्षर (abcd....z) प्रयोग गर्ने 
  • पासवर्डमा कम्तिमा एक वटा अंक र एक वटा सिम्बल प्रयोग गर्ने 
यति  कुरामा ध्यान दिनुभयो भने तपाइको पासवर्ड सितिमिति कसैले पत्ता लगाउन सक्दैन | अब पक्कै तपाइँ आफ्नो पासवर्ड परिवर्तन गर्न चाहनुहुन्छ होला | त्यसो भए अब बन्ने नयाँ पासवर्ड कतिको सुरक्षित छ त ? तलका लिंकमा गएर पत्ता लगाउन सक्नुहुन्छ |
पहिलो साइट हो http://www.passwordmeter.com/ | यो साइटमा सुरक्षित छान्ने भनेर बताउने देखि तपाइँले छानेको पासवर्ड कति प्रतिशत सुरक्षित छ भनेर जानकारी दिने गर्दछ | साथै तपाइँले छानेको पासवर्डमा के कमजोरी छ भनेर समेत जानकारी दिने गर्दछ |

त्यस्तै अर्को उपयोगी र रमाइलो साइट हो http://howsecureismypassword.net/ | यो साइटमा तपाइँले छानेको पासवर्ड ह्याक गर्न कति समय लाग्न सक्छ भनेर अनुमानित समय दिने गर्दछ | त्यसबाट थाहा हुन्छ पासवर्ड कतिको सुरक्षित छ भनेर | साथै यसले पासवर्ड बनाउँदै गर्दा बिभिन्न सुझाब समेत दिने गर्दछ भने पासवर्डको सुरक्षाको स्तर हेरिकन पेजको कलर समेत परिवर्तन हुने गर्दछ | 
यसरि सामान्य टूल प्रयोग गरेर आफ्नो पासवर्ड कतिको सुरक्षित छ भनेर जान्न सकिन्छ |

                           कथा भित्र हराएकी पात्र
उ कुनै बेला मेरो लागी अपरिचित थिई | तर उसका हरेक अभिव्यक्ति मेरोलागी आश्चर्यका बिषय हुने गर्दथे | जब म मेरो साथिहरु सँग उसको बारे सुन्थें मलाई लाग्थ्यो कुनै महान दार्शनिकको कुरा सुन्दै छु | खै किन हो उसँग प्रत्यक्ष सम्पर्क गर्ने आँट चाहिँ मेरो थिएन | त्यसैक्रममा मेरो साथीले एक दिन मेरो साथीसँग कुरा गर्ने हो भनेर प्रस्ताब गर्यो | जसलाई मैले सिधै स्विकार गरेको थिएँ | र उसँग पहिलो पल्ट औपचारिक रुपले जोडिएको थिएँ |बिस्तारै उसँग अन्तरक्रिया हुँदै जान लाग्यो | मैले उसको लागी बनाएका सबै विश्वासका पर्खालहरु एक एक गरि ढल्न लागे | मैले उसलाई आफूभन्दा बढी उमेर भएको र धेरै अनुभब भएको व्यक्तिको रुपमा बुझेको थिएँ | तर बुझ्दै जाँदा थाहा भो उसको उमेर मभन्दा कम छ | अनि मैले उ बाट जसरि दर्शनको प्रबाह होला भन्ने सोचेको थिएँ त्यो समेत हुन सकेन | तर मैले अहिले सम्म बुझेका दार्शनिकभन्दा निकै पृथक रुपमा मैले उसलाई पाएँ | अधिकांस दार्शनिक बोल्छन् तर उनीहरुको बोलीमा जीवन हुँदैन | किताबी ज्ञान र कसैले भनेको तर्क लाइ जबर्जस्ति जीवन सँग जोड्ने प्रयास गर्ने दार्शनिक धेरै भेटिन्छन | तर दर्शनलाई जीवनमा ढाल्न सक्ने दार्शनिक कमै मात्रहुन्छन | उ सँग कुरा गर्दा सुरु सुरुमा यस्तो लाग्यो उ अझै केटाकेटी छ | उसले गर्ने कुरामा केटाकेटीको जिद्दिपना छ | तर पछी थाहा भो उसले आफ्नो केटाकेटी पनामा जीवनको दर्शन मिसाएकी छ |अर्थात उसको दर्शन जीवित छ सजिब छ |