यदि गर्न लागेको काम बाट सन्तोष जनक परिणाम आएन भने तपाईले गरिरहेको काम गर्ने तरिका बदल्नुहोस, तपाई जुन काम गरिराख्नु भएको छ त्यहि काम बाट सधै एकैनासले गरिराख्नु हुन्छ भने तपाईको भविश्य पनि त्यहि गति र त्यहि अनुसार ले परिवर्तन हुदै जाने छ । हाम्रो भविश्य वास्तव मा कस्तो बनाउने हो र भविष्यलाई कता तिर मोडने हो भन्ने कुरा त वर्तमानले नै छुटयाईदिएको हुन्छ । वर्तमान समय भनेको दैनिक गरिरहने काम वा भरखरै को समयलाई बुझाउदछ, यो समय भनेको भावि जिवनको जिवन रेखा कोर्ने कलात्मक सिकाई हो । यो समय लाई सहि र सकरात्मक तरिकाले प्रस्तुत गरियो भने आफनो भविष्यको गन्तव्य सम्म पुग्न को लागि कुनै त्यस्तो वाधा अढ्चन कठिनाइ हरु भोग्न र समस्यको भौमरि मा रुमालीनु पर्ला जस्तो मलाई लाग्दैन् । हामी, हाम्रो भविष्यलाइ कस्तो बनाउन चाहान्छौ त ? के गरेर के बन्न चाहान्छौ ? के दिएर के लिन चाहान्छौ त ? के गुमाएर के प्राप्त गर्न चाहान्छौ ? आउनुस एक छिन गम्भिर भएर सोचउ त ? लेखक बन्न चाहान्छौ कि पाठक बन्न चाहान्छौ, व्यापारि बन्न चाहान्छौ कि कृषक बन्न चाहान्छो, विद्धन वन्न चाहान्छौ कि वैज्ञानिक बन्न चाहान्छौ, यि सबै कुराको बोध चिन्तन मनन गर्न सक्यो भने मात्र वर्तमान समय र जिवनको अनविज्ञ,अज्ञानता मा अल्झिरहेको वास्तविक जिवनलाई सुन्दर भविष्यको जिवन मा परिणत गर्न सकिन्छ । भन्छन “हुने विरुवा को चिल्लो पात” यस्तै भनेझै राम्रो हुन र भविष्य राम्रो बनाउन को लागि सानै देखिने राम्रै खालको प्रतिक्रिया देखाउने ले मात्र राम्रो प्रगति गर्न सक्छ, सानै देखि राम्रै समाज, राम्रै संस्कार पाएर राम्रो शिक्षा पाउन सक्यो भने त्यो ब्याति भविष्यमा पनि राम्रै बन्न सक्छ । राम्रो भविष्य बनाउनको लागि हरेक कुरा बाट साथ पाउनु पर्छ जस्तै परिवार,समाज,वातावरण,स्वास् जस्तै परिवार,समाज,वातावरण,स्वास्थ्य आदि इत्यादि वाट पनि अहम भुमिका रहन्छ । यि कुरा वाट भरिपूर्ण हुन सक्यो भने मात्र एउटा सफल भविष्य निर्माण कर्ता बन्न सक्नेछ । जस्तै
विद्धान,महालेखक,वैज्ञानिक,कृषक,समाजसेवी,बुद्धिजिवी,नेता,आविस्कारक,डक्टर, पाईलट,इन्जिनियर,व्यापारी,हाकीम,शिक्षक,ल्यक्चर,साहित्यकार आदि के बन्न चाहानु हुन्छ बन्न सक्नु हुनेछ ।
वास्तव मा भविष्य परिर्वतन गर्नु भनेको एउटा ठूलो चिन्तन मनन र ठूलो सोचाईको परिवर्तन हो । हिजो को सोचाई र हिजोको गराई तपाईको आजाको यथार्थ हो, तपाइको आजको अनुभव र आजको भोगाई हिजोको परिणाम हो, त्यसैले तपाइको वर्तमान सोचाई र गराईभित्र तपाईको भविष्यको यथार्थ लुकेको हुन्छ् । त्यसैले तपाईको सामान्य सोचाईलाई ठूलो सोचाइमा परिर्वतन गनृहोस र सफल भविष्य निर्माण तिर लाग्नु होस । तपाइलाई चिनाउने भनेकै तपाइकै सफल र उज्वल भविष्यले नै हो सो भएर सफल भविष्य बनाउन सधै जागरुक,उत्प्रेरित हुनुहोस र सफल जिवन जिउने तिर लाग्नुहोस । गहन अध्यायन गर्नुहोस, Research गर्नुहोस समय अनुसार चल्ने बनिको बिकास गर्नुहोस, कसैलाइ डाहा नगर्नुस, नम्र बोल्नुस, सरल भाषाको प्रयोग गर्नुहोस, खान पान मा ध्यान दिनुस, वितिसकेका अथवा तपाइले पहिलेको समयमा गरिसकेका क्रियाकलाप र वर्तमान समयमा गरेका क्रियाकलाप को मुल्याङकन गनुहोस कति परिवर्तन भैसक्नु भएको छ अनि निरन्तर अभ्यस गर्नुहोस तपाईको भविष्य पनि गन्तव्य सहितको सुनिश्चित भविष्य वन्दै गएको हुनेछ र तपाइ सफल बन्दै जानु हुनेछ ।
वास्तवमा भविष्यलाइ परिपक्क, सफल र सबल बनाउनु भनेको सम्पति मात्र आर्जन र धनि बन्नु मा मात्र सिमीत होइन यो एउटा ज्ञान आर्जन प्रसस्थ मात्रमा आफू सक्षम, सबल, परिपक्क, इमानदार, इज्जत, मानप्रतिस्ठा बाट भरिपूर्ण हुनु हो । कुनै पनि ठाँउमा यि कुरा वाट सफल र सक्षम हुन सकिएन भने हामी सफल जिवन जिउन गाहा्रे हुन्छ, या त धन सम्पति वाट होस या ता मान प्रतिस्ठा वाट कुनै पनि क्षेत्र बाट सक्षम हुन सकिदैन । आपनो भविष्यको ठेगान लगाउन र भविष्यको गन्तव्य निर्धारण गर्नु भनेको वर्तमानको समयलाइ नै नियाल्नु हो, तपाइको वर्तमानको समयलाइ बलियो र सवल,मजबुत सक्षम बवाउनु भयो भने भविष्यमा आइ पर्ने साना तिना समस्य र चुनौतिले कुनै पनि असर पु¥याउन सक्दैन् । तपाइको भविष्य निर्धारण गर्नको लागी आफनो जुन धरातल मा छ जे क्षमता छ, त्यहि क्षमतालाई अँगालेर यस ठाँउको लागि बुद्धिमान पूर्वक आफू भन्दा माथिल्लो स्तर का मान्छेहरुलाइ चुनौति दिने तरिकाले आफनो धरातल खुल्ला आकाश मुनि आफनो सानो ठाँउ लाइ संसार मानेर आफनो जिवनलाइ परिवर्तन गर्नुहोस, अवसरले तपाइको सामु ढोका घच्घचाउन आउने छ । यदि त्यस अवसरलाइ वास्ता गर्नु सम्झने ढृडता गर्नु भयो भने अवसर वाट चुक्नु हुने छैन् । अवसरलाइ स्वागत गर्न वा अपेक्षा गर्न तपाइ आफै मा निर्भर गर्दछ । तपाइ यो समयबाट माथि उठ्नु भएन भने र यो समयलाइ आत्मासाथ गर्नु भएन भने तपाइ धेरै तल पर्नु हुनेछ, तपाइ कम्जोरि हुनुनेछ,घाइते,शोसित, दरिद्र अथवा पिडीत हुनुहुनेछ । जिवनको कारक तत्व नै दरिद्र हो त्यसैले जिवनको जिम्वेवार स्वयंम आफै हुनुहुन्छ सो भएर तपाइ कम्जोरि हुनुभयो भने तपाइको कम्जोरि माथि टेकेर थुप्प्रै मदर टेरेसाहरु, माहात्मा गान्धी, गौतम बुद्ध जस्ता माहान व्यातिmहरु जन्मिने छन् र तपाइको कम्जोरीको फाइदा उठाउनेछन् । तपाइको अवचेतना र दयानिय भिखारि दिमाक भनेर सबै सल्वलाउन थाल्नेछन अगाडि बड्नेछन् कोहि नेता त कोहि डाक्टर भएर, कोहि पाइलट भएर त कोहि सरकारि जागिरे भएर, कोहि कृषक भएर त कोहि समाज सेवि भएर ठूला ठूला व्यति बन्नेछन् तपाइ भने जहाको त्यहि हुनुहुने छ, त्यसैले आफुले आफैलाइ खोज्नुस, हेर्नुस, बुझनुस, योजनाहरु ब्नाउनुस, गहन अध्यायन गर्नुस, आफुमा आफैले अबचेतना जगाउने कोसीस गर्नुहोस, सहिकाम गर्नुहोस, समयलाइ ख्याल राख्नुहोस, अध्यारै किन नहोस सयौ बर्ष पूरानो किन नहोस केवल अडिक रहनुस, जागिरहनुस अन्धकार लाइ अटाउने कोसिस गर्नुहोस आफनो लक्ष्य प्राप्तिको लागि हरदम हरबखत तयार रहनुहोस, निरन्तरता दिनुहोस,बिचारको पर्दालाइ सदा सर्बदा खुल्ला राख्नुस,त्यसपछि तपाइमा आफसे आफ उज्यालो उत्पन्न भएर आउने छ । त्यसैले तपाइ मा जे क्षमता छ,जे कला छ, त्यहि क्षमतालाइ अंगालेर जे जस्तो गर्न चाहानु हुन्छ त्यहि बाट अगाडि बड्न सक्नु हुनेछ माथि उठन सक्नु हुनेछ । तपाइलाइ यो संसारले नै यो प्रकृतिले नै दिएको हुनेछ कि एउटा न एउटा कला त्यसैलाइ निरन्तरता दिनुस र तपाइ माथि उठ्नुस तपाइको सुन्दर भविष्य पनि माथि उठन मदत हुनेछ ।
तपाइ, तपाइको भविष्यमा असफल के कारणले हुन्छ त, तपाइका चाहाना के छ र के चाहानु हुन्छ यसलाइ तपाइले गाहा नपाउनु या यसलाइ ठिक तरिकाले परिभाषित नगर्नुको कारण पनि एक हुन सक्छ, त्यसैरि आफनो इच्छालाइ पनि व्यवास्ता गर्नु, अल्छी हुनु, धैर्य नगर्नु, निरन्तरता नदिनु आदि कुराले तपाइ असफल हुनुहुने छ । तपाइको निश्चित उद्धेश्य नहुनु उद्धेश्य नै इच्छाको विकासको पहिलो र सायद सवै भन्दा महत्वपूर्ण कदम हो त्यसैले एकढृड उद्धश्यले व्यतिलाइ वाधावाट पार लगाउने गर्दछ । तपाइको योजना को अनिश्चितताको कारणले जस्तै सु व्यवस्थित योजना ले नहुनको कारण,अव्यवस्थित योजना ले गर्दा तपाई पछि पर्नु हुनेछ । योजनालाई सफलतापुर्वक सम्पन्नता गर्नको लागि तपाइ को योग्यता र तपाइको आत्मानिर्भता भर पर्दछ त्यस योजनालाई लगनशिल पूर्वक पूरा गर्न प्रोत्साहान मिल्दछ । तपाइको योजना दमदार छ, अध्यान मा, अवलोकन मा आधारित छ भने यसले लगानिलाइ प्रोशाहित गर्दछ, शाहानुभुति नहुनु, सदभावाना पुर्ण सहयोग नहुनु, आफनो इच्छा शक्ति हुदा हुदै पनि लक्ष्य हासिल गर्ने विचार र वानि को विकास नहुनु लगसिलता मा आघात परिणम हो, हाम्रो मस्तिस्क ले दैनिक अनुभव को एक हिशा ओगटदछ त्यो एक हिशालाइ नै शाहास र समय दिन सकियो भने सफल भविष्य बन्न सहयोग गर्नेछ ।
No comments:
Post a Comment