Thursday, 29 August 2013

घरमा मोबाइल छोडिए पनि अफिसबाट नै पढ्नुस् मोबाइलमा आएको म्यासेज



कहिले काही अफिस जाँदा ढिलो भएको बेला पक्कै पनि कति पटक त मोबाइल फोन घरमा नै छुटेको छ होला । भर्खरै घरबाट निस्केको हो भने त ठिकै छ, यदि बिच बाटोमा आएर सम्झियो भने घर फर्कनु पनि सम्भव हुँदैन । तर अब यस्तो परिस्थितिमा आत्तिनु पर्दैन । किनभने हावामा कुरा गर्ने टेक्नोलोजीले यस समस्यालाई निकै सहज बनाइ दिएको छ ।यदी तपाईले आफ्नो मोबाइल फोन कही कतै भुल्नु भएको छ भने पनि तपाईको मोवाइलमा आएको इन्कमिंग कल र म्यासेज हेर्न सक्नु हुन्छ । यदी तपाईसंग एन्ड्रोयड फोन छ भने यसको चिन्ता लिनु पर्दैन । एन्ड्रोयड युजर्सको लागि गुगल प्लेमा यस्तो धेरैजसो एप्लीकेसन छ, जसले गाह्रो भन्दा गाह्रो कामलाई सहज बनाइ दिन्छ । जसमध्ये एउटा यस्तो एप्लीकेशन जसले तपाईको घरमा राखेको मोबाइलको इन्कमिंग म्यासेज पढ्न सक्नु हुन्छ ।

Monday, 26 August 2013

स्वीचअफ भए पनि एसएमएस पठाउन सकिने

तपाईं व्यस्त हुनुहुन्छ ।

‘एमबीएण्ट ब्यासक्याटर’ नामको नयाँ टेक्नोलोजीको प्रयोग गरेर हामीले टेलिभिजन र मोबाइलको ट्रान्सिमिसनसँग कनेक्ट गरेर सन्देश पठाउन सकिने उनीहरूले बताएका छन् । उनीहरूका अनुसार त्यस्ता दुईओटा डिभाइसले कुनै एकमा समस्या परेको अवस्थामा तरङ्ग साटासाट गर्छन् । ती अनुसन्धानकर्ताले एण्टेना भएको ब्याट्रीरहित यस्तो डिभाइस बनाएका छन्, जसले अन्य तरङ्गमार्फत सन्देश आदानप्रदान गर्न सहयोग पुर्‍याउँछ । यसले डिभाइसबीच ब्याट्रीविना सञ्चार र आवश्यकताअनुसार मान्छेलाई सतर्कसमेत बनाउँछ । यो प्रविधिको प्रयोगले म्यासेज, ई–मेल ब्याट्री खपतविना गर्न सकिने भएको छ ।

त्यही समयमा कसैलाई केही सन्देश पठाउनु छ । तर, मोबाइल स्वीचअफ छ । अब यस्तो अवस्थामा के गर्ने ? यो धेरै मानिसको समस्या हुन सक्छ, जसले गर्दा कतिपय काम समयमै गर्न नसकिएको पनि हुन सक्छ । यस्तो अवस्थामा आफूसँग भएको टेक्नोलोजी पनि प्रयोग गर्न सकिएको हुँदैन । यस्तो समस्याको समाधान गर्न भारतीय मूलका अनुसन्धानकर्ताको एक समूहले नयाँ प्रविधि पत्ता लगाएका छन्, जसले कुनै तार तथा ब्याट्रीको प्रयोगविना नै सन्देश आदानप्रदान गर्न सकिन्छ ।

खुशी नाप्ने यन्त्र !


हामीहरुले ज्वरो नाप्न वा कुनै वस्तुको तौल थाहा पाउन यन्त्रको प्रयोग गर्दै आएका छौं । तर, तपाईंले कहिल्यै देशको खुशीको स्तर नाप्ने यन्त्रका बारेमा कल्पना गर्नुभएको छ? यूरोपेली राष्ट्र लिथुनियाका नागरिकले भने आफ्नो खुशी नाप्न सक्ने भएका छन् । लिथुनियाको राजधानी तथा त्यहाँको सबैभन्दा ठूलो शहर भिल्नियसका मेयर आर्टुरस जुयोकासले आमजनताको खुशी नाप्ने यन्त्र जडान गर्ने योजना कार्यान्वयनमा ल्याएका छन् । यस अन्तर्गत त्यहाँको टाउन हलमा खुशी मापन गर्न विशाल स्क्रीन जडान गरिएको छ । यसले मानिसहरुको खुसीको स्तरमा भएको मिनेट मिनेटको परिवर्तन नापेर ‘ह्यापिनेश ब्यारोमिटर’ प्रसारित गर्नेछ ।

यस डिस्प्लेले त्यहाँका ५ लाख २० हजार नगरबासीको खुशीलाई १ देखि १० सम्मको स्तरमा मापन गर्ने बताइएको छ । यसको मापन स्थानीयबासीहरुले आफ्नो मोबाइल फोन र कम्प्युटरको माध्यमबाट पठाएको भोटका आधारमा गरिनेछ । खुशी नाप्ने यन्त्रको प्रणाली जडान गरिसकेको र यो हप्ता ब्यारोमिटर ६ देखि ७ अङ्कको बीचमा घुमिरहेको बताइएको छ । ‘यो ब्यारोमिटर राजनीतिज्ञका लागि विचित्रको साधन हो, यदि हामीले कुनै पनि निर्णय गर्‍यौं र आमजनताको मूडमा तीव्र कमी आएको देख्यौं भने हामीले साह्रै गलत निर्णय गरेका रहेछौं भन्ने थाहा पाउँछौं, ’जुयोकासले भने ।

सन् २०११ मा मत सङ्कलकहरुको सञ्जाल ‘विन एशोसिएशन’ले विश्वव्यापी खुशीबारे ५८ देशमा एक सर्वेक्षण गरेको थियो । जसमा सन् २००८/०९ को विश्व आर्थिक सङ्कटबाट लिथुनिया सबैभन्दा बढी प्रभावित भएको पाइएको थियो ।

कम्प्युटरको गतिमा सुधार ल्याउने एप्स

कम्प्युटर प्रयोगको समय बढेसँगै यसमा अनावश्यक फाइल जम्मा हुँदै जान्छन् । यसले कम्प्युटरको गति सुस्त बनाउँछ । तर, एप्लिकेशनको प्रयोगबाटै यो समस्या समाधान गर्न सकिने भएको छ । यसको प्रयोगले कम्प्युटरको गतिमा उल्लेख्य सुधार ल्याउन सकिन्छ ।

डुप्लिकेट फाइल व्यवस्थापन

एकै प्रकृतिका फाइल कम्प्युटरका फरक स्थानमा कपी तथा सञ्चय गर्दा यसको गतिमा ह्रास आउन सक्छ । यसका लागि इजी डुप्लिकेट फाइण्डर प्रोग्रामको प्रयोग गर्न सकिन्छ । म्याक तथा विण्डोज प्रयोगकर्ता दुवैका लागि उपयोगी यो एप्लिकेशनले एकै प्रकृतिका फाइल खोजेर त्यसको उचित व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ । यो एप्स इजी डुप्लिकेट फाइण्ड डटकममा लगइन गरी डाउनलोड गर्न सकिन्छ । यो सफ्टवेयर निःशुल्क उपलब्ध छ ।

टेम्पोररी फाइल व्यवस्थापन
टेम्पोररी फाइल भनेको ब्राउजरसँग सम्बन्धित फाइल हुन् । नयाँ एप्लिकेशन इन्ष्टल गर्दा यी फाइल स्वाभाविक रूपमा निर्माण हुने गर्छन् । साधारणतया यी फाइल सम्बन्धित प्रोग्राम आफैले हटाउने गर्छन् । तर, सधैं यस्तो नहुन सक्छ । यसरी टेम्पोररी फाइल क्रमशः जम्मा हुँदै जाँदा तिनले कम्प्युटरको हार्डडिस्कको स्थान ओगट्छन् । यसले कम्प्युटरको स्पीड कम गराउँछ । यसको उचित व्यवस्थापनका लागि सिक्लिनर (पिरिफम डटकम/सिक्लिनर)को प्रयोग गर्न सकिन्छ । यो म्याक तथा विण्डोज दुवैका लागि उपयोगी छ ।

गितार सिक्ने सजिलो तरीका

चलचित्रमा नायक अथवा म्युजिक भिडियोमा गिटारिष्टले गितारका माध्यमबाट मनमोहक धुन निकालेको देख्नुभएकै होला । त्यसरी नै गितारमा आफ्ना औंला चलाउँदै अरूलाई मनमोहक धुन सुनाउनु वा आफै मज्जा लिने इच्छा धेरैको हुन सक्छ । जसरी उनीहरूले गितारमा आफ्ना औंला खेलाउँदै मनमोहक धुन निकाल्छन्, त्यो त्यति सजिलो काम भने होइन । तर, गितार बजाउने काम अब त्यति अप्ठ्यारो हुनेछैन । गितारजस्तै सुनिने ‘जितार’ले अब त्यस्तो रहर पूरा गर्नेछ । जितार डिजिटल प्रणालीमा आधारित गितार हो । यसले लेड र आईफोनको माध्ययमबाट सजिलो र छिटो गतिमा गितार सिकाउन सहयोग गर्छ ।
कसरी चल्छ जितार ?
जितार चलाउन गितारको अनुभव हुनुपर्ने आवश्यकता छैन । जितार नामको एप्लिकेशन आईफोनमा इन्ष्टल गरेपछि त्यसलाई गितारमा जोड्नुपर्छ । जडान भइसकेपछि यसको फ्रेटबोर्डमा रहेका लेडहरू आफै क्रियाशील हुन्छन् । यिनै लेडका आधारमा सजिलै गितार बजाउन सकिन्छ । गितारमा यसको आवाज ठूलो बनाउन पिकअपको प्रयोग गरिएको हुन्छ । तर, यसमा भने त्यस्तो व्यवस्था गरिएको छैन । तपाईंले लगाएका हरेक नोट आईफोनमा गई बस्छ र यसैको सहायताले आवाज सम्पे्रषणको काम सजिलो बन्छ ।

जितार एप सित्तैमा उपलब्ध छ । यो एपका साथमा केही गीत पनि उपलब्ध हुन्छन् । डाउनलोड गर्नासाथ तपाईंले सिक्न सक्नुहुन्छ । हरेक हप्ता यो एपको अपडेटसमेत गरिन्छ । नयाँ अपडेटहरूमा राख्नुपर्ने गीतको सुझाव प्रयोगकर्ताले दिन सक्छन् ।

डलर, प्याज र नेपाली रुपैयाँ

गज्जब भयो । इतिहासमा पहिलोपटक रु. १ सय नेपालीबराबर १ डलर भयो । अब बल्ल हिसाब गर्न सजिलो भयो । यसले नेपाल र नेपाली रूपैयाँलाई एउटा ठूलो मौका प्रदान गरेको छ । अब सबै साना नोट हटाएर रु. १ सयलाई नै १ मान्दिए हुने भएको छ । वास्तवमा नेपाल राष्ट्र बैङ्कका लागि पनि १ सयबराबर १ बनाउने यो अत्यन्त सुनौलो अवसर हो । त्यति गरिदिने हो भने नेपाली रूपैयाँलाई डलरबराबर बनाएको भनेर राष्ट्र बैङ्कको यो एक क्रान्तिकारी कदम मानिनेछ । इतिहासमा गभर्नरको नाम सुनौलो अक्षरले लेखिनेछ ।
नेपाली रूपैयाँ कमजोर भयो भन्नु अल्पज्ञान हो । वास्तवमा यो सधैं शक्तिशाली थियो र रहनेछ । यो यति शक्तिशाली रहेछ भन्ने कुरा शायद कसैले सोचेको थिएन । यदि यो शक्तिशाली नहुँदो हो त यसलाई हामीले हाम्रो पकडमा राख्न सक्थ्यौं । हामीले जसरी जत्रो साइजमा राख्न चाहन्थ्यौं सक्थ्यौं । तर, नेपाली रूपैयाँ अर्थात् स्वयं लक्ष्मीलाई आफ्नो नियन्त्रणमा लिन कसरी सकिन्छ र ? कसैले लक्ष्मीलाई नियन्त्रणमा राख्ने सोच गर्छ भने त्यसले सधैं हार खानेछ । त्यसो गर्न खोज्नेहरु अर्बपति, करोडपतिबाट रोडपति र खरानीपति भएको त हामी सबैले देखेकै छौं । त्यसैले लक्ष्मी अर्थात् धनकी देवी अर्थात् नेपाली रूपैयाँलाई कसैले कमजोर ठान्ने भूल नगर्नु नै वेश होला ।

Saturday, 24 August 2013

भारत छाडेर चीन पस्ने नोकियाको धम्की

फिनल्याण्डको मोबाइल निर्माता कम्पनी नोकियाले भारत छाड्ने चेतावनी दिएको छ । भारतमा मोबाइल उत्पादन गरि भारतबाटै निर्यात गर्ने गरेको नोकियाले भारत असहज बजारको रुपमा परिणत भएको भन्दै अब चीनबाट आफ्ना उत्पादनहरु निर्यात गर्ने सोँच बनाएको प्रष्ट पारेको हो ।
भारत सरकारले नोकिया कम्पनीसँग २० अर्ब भारु कर छली गरेको भन्दै कर तिर्न ताकेता गरेसँगै नोकियाले यस्तो चेतावनी भारत सरकारलाई दिएको छ । समाचार अनुसार नोकियाले तत्काल व्यवहार सच्चाउन समेत भारत सरकारलाई आग्रह गरेको छ ।
Nokia
भारतमा व्यवसाय संचालन गर्नुको राजनीतिक जोखिम बढ्दै गएको र यसले नोकियाको भविष्यमा भारतमा व्यवसाय संचालन गर्ने नगर्ने भन्ने कुरामा निश्चित रुपमा प्रभाव पार्ने नोकियाले भारत सरकारलाई पठाएको पत्रमा उल्लेख गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

Friday, 23 August 2013

कथा : पहुँच

बिराट राजाको पालाको कुरा हो, चारकोशे झाडीको एकछेउ जब मानिसको बस्ती शुरु हुन्थ्यो त्यहाँ एक जना जमिन्दारको बिशाल महल परिसरको एउटा लामो पर्खाल देखापर्थ्यो। सिर्फ एउटा आराम गर्न बनाइएको अग्लो मचान बाहेक त्यस पर्खाल भित्रको संरचना वा गतिबिधि बाहिरबाट खासै केही देखिदैनथ्यो। पर्खाल बाहिर जंगलमा एउटा बाख्रा गोठालो युवक बाँसुरी बजाउँदै बाख्रा चराउने गर्थ्यो। उसको बासुरीको धून गुन्जिंदा पशुपन्छी समेत लट्ठ भएका देखिन्थे र अरु गोठालाहरु उसको वरिपरि झुम्मिएर “वाह वाह” गर्थे।
 एक दिन गोठालोले अचानक पर्खाल भित्रको मचानमाथि एउटी युवती देख्यो। युवती एकै छिनमा त्यहाँबाट गइहालिन्। तर गोठालोले त्यो दृश्य भुल्न सकेन। दुई चार दिनपछि पनि युवती फेरि त्यही मचानमा देखापरिन्। गोठालोको मन तरंगित र रोमाञ्चित भयो तर फेरि उनी एकै छिनमा अलप भइहालिन्। फेरि दुई चार दिनपछि तेश्रो पटक युवती त्यसै गरी देखा परिन् र त्यसपटक जानु अघि पुलुक्क गोठालोतिर हेरिन्। गोठालो र युवतीको आँखा जुध्यो।
उनको हेराइको असर स्वरुप गोठालोले आफू प्रेममा परेको थाहा पायो र ती युवतीलाई कुनै पनि हालतमा हासिल गर्ने उपाय सोच्न थाल्यो। महल भित्र बस्ने जमिन्दारकी छोरी र जंगलमा बाँसुरी बजाउँदै बाख्रा चराउने आफू बीचको पर्खाल उसलाई आफ्नो जीवनकै सबैभन्दा ठूलो बाधा जस्तो लाग्यो र त्यस महल परिसर भित्र कुनै पनि उपायले छिर्ने, ती युवतीको मन जित्ने र उनलाई भगाएर कुनै दूर देशमा गई बस्ने उपाय सोच्तै ऊ जंगलबाट बाहिर निस्कियो।

Thursday, 22 August 2013

Tuesday, 20 August 2013

गोविन्द बहादुर मल्ला गोठाले

    पल्लो घरको झ्याल-गोविन्द बहादुर मल्ला गोठाले

    Author: Gaurab Shrestha Genre: »
    Rating

    PART-1

    PARE-2

    PART-3

    PART-4

    PART-5


    लेखक: गोविन्द बहादुर मल्ला "गोठाले"

कृष्ण धराबासी को उपन्यास "पाण्डुलिपी" - Download

स्रुति संबेग  श्रीङ्खला (SHRUTISAMBEG)
..................................................

लेखक :कृष्ण धराबासी
 उपन्यास :"पाण्डुलिपी "  
कार्यक्रम :स्रुति संबेग 
रेडियो : उज्याले ९० मेगाहर्ज
 
Novel : Pandulipi by Krishna Dharabasi


LISTEN AND DOWNLOAD PANDULIPI BY KRISHNA DHARABASI
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
 
आज मिति २०६९ बैशाख १२ गते तदनुसार २०१२ जनवरी २४ मंगलबार, आजदेखि   हामी कृष्ण धराबासी को उपन्यास पाण्डुलिपी हरेक मंगलबार बाचन हुनेछ । आउनुस् तपाई हामी सबै अनलाईन वा डाउनलोड गरेर सुनौ यो उपन्यास ।

Listen & Download All Episodes
Episode 1 - ( 2012-04-24/2069-01-12)
Episode 2 -( 2012-05-01/2069-01-19)

झमक घिमिरेको प्रसिद्ध कृति जीवन काँडाकि फूल (SHRUTISAMBEG)- Download

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : जीवन काँडा कि फूल (Jiwan Kadaki Phool)
लेखिका : झमक घिमिरे
विधा : आत्मपरक निवन्ध
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । झमक घिमिरेको आत्म जीवनी परक निबन्ध जीवन काँडा कि फूल अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।

Monday, 19 August 2013

परदेशी को कथा बेथा

 घर शुन्य भयो, गाउँ शाखा शुन्य भयो ।
विदाईमा रोएको त्यो आँखा शुन्य भयो । ।
तिमीले हवाईजहाज चढेर गएदेखी
यता गाउँमा हलो चल्ने पाखा शुन्य भयो । । ।


(((((((((((((तिम्रो खरको छानो चुहेर पिँढी मै आहाल छ, स्वरः जीवन शर्मा )))))))))))))))))))))))))))))))))

ए...विदेशिएको मान्छे कस्तो छ तिमीलाई ???? अचेल त खबर पनि आउँदैन तिम्रो । अस्ति चिउरी बोटे काकाको छोरा आ थे क्यारे, खत पठायौ की भन्ने आशाले तिम्री आमैले सोध्न पठाकी थिन् मलाई । खत त पठाएनछौ तर त्यति सञ्चो छैन रे तिम्लाई..दुब्लाका छौ रे भनेर सुनाउँदै थे । त्यो खबर तिम्री आमैलाई चाहीँ सुनाइनँ मैले, झन पिरलोमा पर्लिन की भन्ने डर लाग्यो ।

माया मार्यौ क्यारे मुग्लानी....अचेल त सपनामा पनि आउँदैनौ तिमी । हाम्रो घरको रेडियोले तिम्रो खबर सुनाउँदैन, चुनाव हुन्छ र हुँदैन भन्दै ठुल्ठुला मान्छेहरु बाझेको कुरा मात्रै सुनाउँछ । अनि अचेल त झन को को ठुल्ठुला मान्छेहरु खै क—कस्को पार्टीमा गए रे भन्ने के के जाती कुरा मात्रै सुनाउँछ । कुनैदिन त तिम्रो खबर पनि सुनाउला की भन्दै रेडियोमा कान थापिरहेका हुन्छौँ हामी । बडे बडेमाको लडाइँ पर्छ रे विदेशमा त, कहिलेकाहीँ सुनामी हो की, के थरी आएर सब्बै सखाप पार्छ रे ।
हाम्रो तिर त भुईँचालो आउँदा पनि एकैछिन मात्रै भुईँ हल्लाउँछ, केही अनिष्ट नभएर हो की किन हो, रमाइलै लाग्छ । तर विदेशमा त कति हो कति मान्छेको, परानै लाने गरि आउँछ रे भुइँचालो पनि । अनि कहिले काहीँ त आगोको ज्वाला नै निस्किन्छ र जमिनबाट । यी सब्बै कुराहरु सम्झिँदा त, हाम्रै गाउँ निको लाग्छ मलाई त । अझ अस्ति मलेसियामा त्यहीँ घर भएका केटाहरुसँग यहाँबाट गएका नेपाली दाजुभाईहरुको निक्कै ठुलो झगडा परेको कुरा सुनेदेखी त तिम्री आमैले राम्ररी भात खान पनि छोडेकी छिन् । “मेरो बाबु झोडी छ, कसैले हेपेको सहँदैन, न त्यसको पनि यस्तै झगडा पो पर्छ की, मान्छे फुच्चे छ, न पो कसैले पाक्क पुक्क पारेर झाडीमा फ्याल्दिन्छन् की” भनेर खुब्बै रुँदै थिइन म सँग । आमाको मन न हो साथी, परदेशको ठाउँ, नचिनेका मान्छे । के भो होला, कसो भो होला, चिन्ता त लाग्छ नै ।

Sunday, 18 August 2013

कस्तो सपना देखेमा कस्तो फल मिल्छ ?

सपना
फल
आकाशमा मास्तिर उड्नुटाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नुलाभ हुन्छ ।
आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नुप्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नुसरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नुबिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
पानी एकै ठाउँ परिरहनुपरमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नुबिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नुदौलत मिल्छ ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नुसंसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
आकाशका धूलो वा आँधी देख्नुत्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
बिजुली देख्नुमालदार हुइन्छ ।
जमीनमा मिल्नुवरवाद होइन्छ, फरेबमा फसिन्छ ।
जङ्गलमा हिँड्नुधार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
जङ्गलमा खानु पिउनुधेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
माटो खानुधेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
माटोमा हिँड्नुधनी होइन्छ ।
ईनार खन्नुआम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
इनारबाट सिँचाइ गर्नुआफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नुदीन वा दुःखीहरुको सेवा गर्छ ।

कम्प्युटरका केहि सफ्टवेयरहरु फ्री मा डाउनलोड गर्नु होस्

साना साना कुराले पनि कम्प्युटरमा निकै दुख पाइरहिएको हुन्छ । केहि विशेष सफ्टवेयरको बारेमा थाहा हुँदो हो त त्यस्ता अफ्ठ्याराहरु निकै कम हुन्छन् । यहाँ कम्प्युटरका महंगा र चलाउँन सिक्नै पर्ने सफ्टवेयरका बारेमा कुरा गर्न खोजिएको हैन । यहाँ म यस्ता सफ्टवेयरहरुका बारेमा कुरा गर्दैछु जसका बारेमा कमैलाई थाहा छ तर अति नै उपयोगी छन् । र, जसको प्रयोगले तपाईको कम्प्युटर सजिलो र छिटो पनि हुन्छ । रमाइलो कुरा त यो छ कि अति नै उपयोगी भएपनि यी सफ्टवेयरहरुले कम्प्युटरमा बढि स्पेस लिदैनन् । यसलाई तपाईले माइक्रोसफ्टको पुरानो भर्सनहरु लिएर नयाँ विन्डोज ८ मा पनि मज्जाले प्रयोग गर्न सक्नुहुनेछ ।
cartoon-smiling-desktop-computerMM
१. अनलकर (Unlocker) : तपाईले कुनै कुनै फाइल तथा फोल्डरहरु डिलिट गर्न खोज्दा “file is in use” भनेर डिलिट नभएर दिक्क पारेको होला । यस्तोमा यो सफ्ट्वेयर उपयोगी हुन्छ । यसले यसरी लक (Lock) भएका फाइल तथा फोल्डरहरुलाई बन्द गरिदिन्छ । डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्
२. डबल किलर (Double killer) : डाउनलोड र कपी गरेर राख्दा राख्दै एउटा डकुमेन्ट वा गीत र फोटोहरु धेरैवटा फोल्डरमा हुन सक्छन् । यो सफ्ट्वेयरले एउटै कम्प्युटरमा रहेका एकभन्दा बढी उही डकुमेन्टहरु हटाउँछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

लामखुट्टेले रगत किन पिउछ थाहा छ ? जानिराखौ

khabarsansani.com - Copy (2)
विश्वमा २ हजार ७ सय प्रकारका लामखुट्टेहरु पाइन्छन् । लामखुट्टेहरुले स्तनपायी जन्तुको रगत पिउँछन् । तर जुनसुकै प्रकारको लामखुट्ट भए पनि भाले लामखुट्टेले रगत पिउँदैन । पोथी लामखुट्टेले मात्र रगत पिउँछ । यस्तो किन – एक पोथी लामखुट्टेले आफ्नो छोटो जीवनकालमा करिब २ हजारभन्दा बढी बच्चा
जन्माउन अण्डा पार्छ । दुर्इ हजारभन्दा बढी अण्डालाई परिपक्व बनाउन पोथी लामखुट्टेलाई प्रचुर प्रोटिनको आवश्यकता पर्छ, जुन त्यसको शरीरमा हुँदैन । त्यसैले प्रोटिनका लागि पोथी लामखुट्टेले स्तनपायी जन्तुको रगत पिउँछ । प्रत्येक पटक अण्डा पार्नुपूर्व पोथी लामखुट्टेले भरपुर रगत पिउँछ । रगत पिउनको लागि पोथी लामखुट्टेको टाउकोमा मसिनो पाइप हुन्छ जसलाई त्यसले स्तनपायी जन्तुको शरीरमा रहेको रक्तनलीभित्र घुर्साई रगत तान्दछ । पोथी लामखुट्टेले स्तनपायी जन्तुको शरीरबाट आफ्नो तौलको अढाइ तीन गुणा बढी तौलको रगत तान्दछ ।

तपाइलाई लिन यमराज कहिले आँउछन् ?

yamraj_god_of_deathमृत्य यस्तो शब्दको हो जसले सुन्नेमान्छेकोनमा भय र त्रास उत्पन्न गराइदिन्छ। तर मृत्यु एउटा सत्य हो, जसको जन्म हुन्छ उसको मृत्यु पनि हुन्छ। यति जान्दा जान्दै पनि मानिसमा मृत्युको डर हुन्छ, मृत्यु सम्झेर त्राहीमाम हुन्छ मानिस ।
धेरै मानिसलाई आफू कहिले मरिएला भन्ने चिन्ता हुन्छ। मानिस धेरै बाच्ने र आफ्नो मृत्युको दिन जान्न अनेका तरिका अपनाउँछ।
यहाँ विभिन्न हिन्दु धर्म ग्रन्थमा आधारित रहेर मानिसको मृत्यु र मृत्युको मितिको बारमा जानकारी संकलन गरिएको छ।
हिन्दु धर्मग्रन्थहरुका अनुसार मर्नु भन्दा पहिले मानिसले विभिन्न संकेतहरु प्राप्त गर्दछ, ती संकेतलाई चिन्न सके मृत्यु आउन लागेको थाहा पाउन सकिन्छ।
यहाँ केही मृत्यु अघिका संकेतहर प्रस्तुत गरिएको छ..
-कोही मानिसको शरिर अचानक पहिलो वा सेतो देखिन थाल्यो र त्यसमाथि रातो रंग देखियो भने सम्झनु पर्छ उक्त मानिसको मृत्यु ६ महिना भित्र हुन्छ
-कोही मानिसले पानी, तेल र ऐनामा आफ्नो आकृती देख्न छोड्यो भने पनि उक्त मानिस ६ महिना भन्दा बढि बाँच्न सक्दैन्
-एकै महिना भित्र मर्ने मानिसले आफ्नै छायाँ पनि छुट्टै देख्दछ भने कसैले आफ्नो छायाँमा टाउको देख्दैनन्
-यदि कुनै व्यक्तिले अचानक सवै तिर कालो देख्न थालेपनि सम्झनु पर्दछ,उक्त व्यक्तिको मृत्यु नजिक छ
-जब अचानक मानिसको बाँया हात लगातार एक हप्तासम्म फरफर्राउँछ, उक्त व्यक्तिको महिना दिन भित्रै मृत्यु हुन्छ
-यदि कुनै मानिसको मुख, जिब्रो, कान, आँखा, नाक पत्थर जस्तो देखिन थालेभने उक्त मानिस ६ महिना भित्र मर्ने संभावना हुन्छ
-यदि कोही मानिसले चन्द्र ,सुर्य र आगोबाट उत्पन्न प्रकाश देख्न सकेनन् भने पनि ६ महिना भन्दा बढि बाँच्न सक्दैनन्
-कोही मानिसको जिब्रो अचानक फूलेमा पनि उक्त व्यक्ति ६ महिना भन्दा बाच्न सक्दैन
-यदि कोही मानिसले ध्रुब तारा देख्न छोडेमा पनि सो ब्यक्तिको ६ महिना भित्र मृत्यु हुन्छ
-कोही मानिसले निलो आकाश रातो देख्न थाल्यो र उसलाई वरिपरि काग र गिद्धले घेर्न थालेभने सो व्यक्तिको ६ महिन भित्र मृत्यु हुन्छ

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार !

351गाडीको भाडा तिरेर केवुलकारको यात्रा
काठमाण्डौको ट्राफिक जाम हटाउने उदेश्य राखेर नेपालको एक कम्पनीले ब्यस्त सडकमाथि यात्रुबाहक केवुलकार चलाउने तयारी गरिरहेको छ । नेपाल उद्योग बाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाको कम्पनी बिएनएस अर्वन केवुलकार प्रालिले राजधानीका व्यस्त सडकमाथि ‘अर्वन केवुलकार’ संचालन गर्न सम्भाब्यता अध्ययन गरेर सरकारसमक्ष इजाजत मागिसकेको छ ।

‘हाम्रो योजनाअनुसार काम हुन सक्यो भने आगामी चार बर्षमा काठमाण्डौंका सडक केवुलकारमा चढेर पार गर्न सकिने छ’ राणाले अनलाइनखबरसँग भन्नुभयो-’स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव गरेका छौं, प्रकृया अगाडी बढनासाथ विस्तृत अध्ययन थाल्छौं ।

जापानमा बन्यो अत्याधुनिक लट्ठी

 

khabarsansani.com - Copy (2)
जापानी कम्पनी फुजित्सुले अत्याधुनिक लठ्ठीको निर्माण गरेको छ । यो लट्ठीले वृद्धवृद्धालाई बाटो देखाउने मात्र होइन उनीहरुको स्वास्थ्यको अवस्थाका बारेमा पनि जानकारी दिनेछ ।नेक्स्ट जेनेरेसन केन नाम दिइएको उक्त आधुनिक लट्ठीमा जिपिएस प्रविधि जडान गरिएको छ । यसले बुढाबुढीलाई बाटो पहिल्याउन सहयोग गर्ने मात्र होइन उनीहरुले सरीरको तापक्रम र मुटुको गतिका बारेमा पनि जानकारी दिनेछ ।
घरको कोही सदस्य यो लट्ठी टेकेर बाहिर गएको छ भने उसको अवस्थाका बारेमा घरमै बसेर अनलाइन मार्फत जानकारी पाउन सकिन्छ । यदि लट्ठी टेक्ने लड्यो भने तुरुन्त इमेल अलर्ट आउँछ र घरमै त्यसको तत्काल जानकारी पाउन सकिन्छ ।
जापानमा बुढाबुढीको संख्या बढिरहेको हुँदा सोही कुरालाई दृष्टिगत गरी आविष्कार गरिएको आधुनिक लट्ठी निकै उपयोगी हुने विश्वास गरिएको छ ।
बार्सिलोनामा आयोजित मोबाइल कंग्रेसमा सार्वजनिक गरिएको यो आधुनिक लट्ठीमा जिपिएसका साथै थ्री जी र वाइफाइ सेवा उपलब्ध छ । हातले समाउने ठाउँमा एलइडी मोनिटर छ । जसमा विभिन्न गतिविधिहरुको जानकारी देखिन्छ । यदि घुमाउरो बाटो आयो वा हिड्नेले दिशा परिवर्तन गर्नुपर्यो भने लट्ठीमा कम्पन हुन्छ र कता जानुपर्ने हो उतै जानुपर्ने एरो मोनिटरमा देखापर्छ ।

मोबाइल फोनमा यस्ता हुन्छन किटाणु हरु ?

 

58430_511054282278420_1350666511_n663952_484920664907333_1889785599_n
हामीले प्रयोग गर्ने मोबाइल फोन शौचालय भन्दा पनि फोहोर हुने र त्यसमा सयौँ प्रकारका किटाणु हुने कुरा विज्ञहरुले बताउने गरेका छन् । मोबाइलमा हातबाट, मुखबाट तथा बाहिरी वातावरणबाट समेत किटाणुहरु जम्मा हुने गर्छन् ।
बेलायतको सुरे विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हाम्रो मोबाइल फोनमा असंख्य ब्याक्टेरिया हुने तथ्यलाई हालै सप्रमाण प्रस्तुत गरेका छन् । मोबाइल फोनमा रहेका ब्याक्टेरियालाई ३ दिनसम्म हुर्कन दिएर उनीहरुले त्यसमा कति प्रकारका कस्ता ब्याक्टेरिया हुन्छन् भन्ने कुरा स्पष्ट तस्वीर मार्फत देखाएका छन् ।

 

Thursday, 15 August 2013

अब ट्वाइलेटकै पानी तनतनी पिउन मिल्ने !

पानीको अभाव खडि्कँदै छ । अझ शुद्ध पानी झनै भेटिन छाडिसकेको छ । पानी शुद्ध पार्न भन्दै विभिन्न खाले फिल्टर तथा झोल समेत बजारमा छन् । तर यी सबैमा भर पर्न भने कोहीपनि सकिरहेको छैन । पानी शुद्ध पार्ने जति उपाय र उपकरण छन् ती या त सुस्त या त झण्झटिलो छन् । तर एउटा यस्तो उपकरण बनेको छ जसले तत्कालै फोहोर भन्दा फोहोर पानीलाई पनि पिउन योग्य बनाइदिन्छ ।

Untitled-1

कतै हिँडेको बेलामा खुबै तिर्खा लाग्नु, तर साथमा पानी नहुनु । पोखरी वा खोलाको पानी पनि झ्वाट्टै खाने आँट नहुनुले गर्दा मान्छेलाई कहिलेकाहीँ अप्ठेरोमा पार्छ । तर यो पछिल्लो उपकरण भने यसको उत्तर बनेर आएको छ ।

नली आकारको २२ सेन्टिमिटर लामो त्यो उपकरण गोजीमा राखेर वा घाँटीमा भिरेर हिड्न मिल्छ । यसले यतिधेरै विश्वसनीय तवरले पानी शुद्ध पार्छ की यसले छानेपछि ट्वाइलेटको पानी समेत खानयोग्य हुन्छ ।

डेनमार्कमा बनाइएको यो उपकरणको नाम लाइफ स्ट्र राखिएको छ । यो सन् २००५ मै बनेको भएपनि केही समय पहिलेबाट मात्र फाएर बक्समार्फत अनलाइन बिक्रिमा राखिएको छ ।

रातिमा देख्ने, उपद्रोसँग दौडिने यी चितुवा-मान्छे (फोटोफिचर सहित)

मान्छेलाई झ्वाट्ट हेर्दा डरै लाग्छ । मान्छे पनि कस्तो चितुवाजस्तो ? हाउभाउ पनि कति डरलाग्दो ? किन भयो होला त्यस्तो ? साँच्चीकै यी चितुवा मान्छे आधा चितुवा, आधा मान्छे जस्तै भैसकेका छन् ।


अमेरिकाको टेक्सासका टाटु कलाकार ल्यारी डा लियोपार्ड यस्तो हालतमा छन् की त्यो देख्दा अरु हैरान हुन्छन् र उनका आफन्तलाई समेत उनको यस्तो हालतप्रति चित्त दुखाइ छ । तर उनी भनि आफ्नो चितुवा छनक प्रति गर्व गर्छन् । साँच्ची उनलाई चितुवा जस्तो टाटेपाटे बन्ने कुलत नै लागेजस्तो छ । उनले आफ्नो जिउभरि चितुवाको सरीरमा हुने टाटेपाटे ट्याटु खोपेका छन् ।

12

४० वर्षे यी पुरुषले जिउमा टाटु मात्र चितुवाको जस्तो बनाएका छैनन् यिनको व्यहोरा पनि चितुवाको जस्तै हुँदैछ । ट्याटु खोपेपछि आफु बढि बलबान तथा चितुवा जस्तै दौडिन सक्ने भएको दाबी उनको छ । त्यतिमात्र होइन आफुले रातमा समेत देख्न सक्ने दाबी उनको छ । उनी ७ वर्षदेखि जुलिया रथसँग रोमान्स गर्दै आएका छन् र उनीहरुबाट एक छोरा पनि जन्मिएको छ । अरु मान्छे कोही ल्यारीलाई देखेर घृणा गर्छन् त कोही डराउँछन् तर जुलिया भने उनलाई खुबै माया गर्छिन् । यद्यपि सधै उपद्रो गर्दा भने जुलियालाई पनि कहिलेकाहीँ हैरानी हुँदोरहेछ ।

अमेरिकामा कट्टुमात्र लगाएका मान्छेको जुलुस (फोटो सहित)

अमेरिकाको न्युर्योकस्थित टाइम्स स्क्वाएरमा हजारौँ अर्धनग्न युवायुवती तथा वयस्कहरु हालै भेला भए । कट्टुमात्र लगाएका लोग्ने मान्छे र कट्टुसँगै माथिल्लो भागपनि अलिकति छोपेका महिलाहरुको हुल हेर्दा कुनै आन्दोलनकारी जस्ता देखिन्थे । वाल स्टि्रट कब्जा आन्दोलनको झल्को पनि मिल्थ्यो ।

1

तर ती मान्छेहरु कुनै आन्दोलनका लागि जम्मा भएका थिएनन् । उनीहरुको कुनै माग थिएन, मात्र प्रयास थियो विश्वकिर्तिमान कायम गर्ने । उनीहरुले कट्टुमात्र लगाएका मान्छेहरुको सबैभन्दा ठूलो भेला गरेर किर्तिमान राख्न चाहेका थिए ।

त्यहाँ कति जना कट्टुधारीहरु थिए भन्ने त एकिन भएन तर आयोजकहरुको लक्ष्य भने त्यो संख्या २ हजार २ सय ७० नघाउनु थियो । यद्यपि उनीहरु यसमा सफल भने हुन सकेनन् । किनकी संख्या त्यो भने कमै देखियो ।

2

तर रमाइलो भने निकै भयो । के युवा, के वयस्क, के अमेरिकी, के पर्यटक सबै माथिल्लो वस्त्र फुकालेर उपस्थित भएका थिए । कतिपयले त बच्चा समेत बोकेर आएका थिए ।

विन्डोज ८.१ अक्टोबर १८ मा

माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टमको नयाँ संस्करण आगामी अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । विद्यमान विन्डोज ८ मा केही सुधार गरी विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको हो । विन्डोज ८ मा हराएको स्टार्ट बटन थप्दै अरु केही फिचर्स समेत थपेर आगामी अक्टोबर १८ मा विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको माइक्रोसफ्टले जनाएको छ ।

8.1

माइक्रोसफ्टका अनुसार विन्डोज ८ चलाइरहेका हरुका लागि विन्डोज ८.१ निशुल्क रुपमा डाउनलोड गर्न पाउने सुविधा दिइनेछ । विन्डोज ८ लाई अपग्रेड गर्ने डाउनलोड भर्सन मात्र नभएर फूल रिटेल भर्सन समेत अक्टोबर १८ मै उपलब्ध गराइनेछ ।

विन्डोज ८.१ मा पर्सनलाइजेसन, इन्टरनेट एक्स्प्लोलर ११, विंग सर्च तथा सुधारिएको विन्डो स्टोरका साथै स्काइ ड्राइभ कनेक्टिभिटी लगायतको सुधार अनुभुति गर्न सकिने माइक्रोसफ्टका ब्रान्डन ले ब्लान्कले आफ्नो ब्लग पोष्टमा जनाएका छन् ।

टचस्त्रिmन सपोर्ट गर्ने पहिलो विन्डोज अपरेटिङ सिस्टम विन्डोज ८ लाई प्रयोगकर्ताले खासै मन नपराएपछि तथा केही आलोचना गरेपछि माइक्रोसफ्टले यसलाई सुधारेर विन्डोज ८.१ ल्याउन लागेको हो । विन्डोज ८ गएको वर्षको अक्टोबरमा सार्वजनिक गरिएको थियो ।

यस्तै रहेछ यहाँको चलन- सर्वसाधारण मरिरहन्छन्, दोषीहरु हिरो बनिरहन्छन्

गरिबको चमेली बोल्दिने कोही छैन!

jana-aandolan10 सँगैको फोटो २०४६ सालको जनआन्दोलनका क्रममा गोली हानेर मारिएका एक सर्वसाधारणको हो। उनलाई गोली हान्दा गृहमन्त्री निरन्जन थापा थिए, प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ थिए र कार्यकारी अधिकारसहितको राजा वीरेन्द्र थिए। राजा गोलीकान्डमा मारिए। मरिचमान ‘हिरो’ बनाइएर हिजो बिते। सर्वसाधारणको त यहाँ कुनै गन्ती नै हुँदैन। नेताहरु आफ्नो स्वार्थका लागि उनै सर्वसाधारणलाई उचाल्छन्, अगाडि उनीहरुलाई राख्छन्। घाइते उनीहरु हुन्छन्, ज्यान उनीहरुले गुमाउँछन्। तर मस्ती उनीहरु लुट्छन्। मार्ने र मार्न लगाउनेहरु हिरो कहलाइन्छन्। मार्ने र मार्न लगाउनेलाई कुनै कारबाही हुँदैन। धेरैअघिदेखि नै नेपालमा यस्तै हुँदै आएको छ। हजारौँको मृत्युको कारण बनेको माओवादी विद्रोहका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट अनेक ज्यादतिपूर्ण घटना भए। अहिले दुवै पक्षका मर्ने र मार्न लगाउनेहरु दोषी ठहरिएका छैनन्। दुवै पक्षकाहरु हिरो भएका छन्। सत्य निरुपण आयोग भन्ने कुरो न बनाउँछन् न दोषीलाई कारबाही गर्न दिन्छन्। सत्ता र शक्तिको कठपुतली बनेका जनतालाई उनीहरुलाई नै हिरो मान्न लगाइन्छ। नेपालको इतिहास नै यस्तै छ। कोतपर्व मच्चाउनेले पनि सजाय पाएनन्, राणा शासनमा दमन गर्नेहरुले पनि सजाय पाएनन्, पञ्चायती कालमा दमन गर्नेले पनि सजाय पाएनन्। २०४६ सालको आन्दोलन, २०६२/६३ को आन्दोलन दबाउनेहरुले पनि सजाय भोग्नु परेन। गृहयुद्धमा मार्ने र मार्न लगाउनेहरुलाई पनि कारबाही भएको छैन, हुनेवाला पनि छैन। अब वैद्य बाको आडमा नेत्रविक्रम चन्द फेरि युद्ध गरेर मान्छे मारेर भविष्यमा हिरो बन्ने बाटो खोज्दैछन्। यस्तै हो, सर्वसाधारण मरिरहन्छन्, दोषीहरुलाई हिरो बनाइँदै गर्छ। प्रसङ्गै प्रसङ्गमा २०४६ सालको आन्दोलनका केही फोटो भेटियो। त्यतिबेला इन्टरनेट थिएन, ब्लग थिएन, सोसल मिडिया थिएन। अहिलेको पुस्तालाई त्यतिबेलाको आन्दोलन हेर्ने यो एउटा अवसर हो। फोटो विदेशी फोटोग्राफर एलिसन राइटले खिचेका हुन्।

गत वर्ष विदेसिनेको संख्या साढे चार लाख

गत आर्थिक वर्ष २०६९/७० मा साढे चार लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले उक्त अवधिमा ४ लाख ५३ हजार ५ सय ४३ जनालाई वैदेशिक रोजगारीको लागि अन्तिम स्वीकृति प्रदान गरेको जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा विदेश जानेको संख्या १७.९ प्रतिशतले बढको जानकारी विभागले दिएको छ । अघिल्लो वर्ष विभागले कुल ३ लाख ८४ हजार ६ सय ६५ जनालाई यस्तो स्वीकृति प्रदान गरेको थियो ।

विगतमा जस्तै गत आर्थिक वर्षमा पनि नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकमा मलेसिया र खाडी मुलुकहरु देखिएका छन् । गत वर्ष विदेसिएका कामदारमध्ये ३४.६ प्रतिशत मलेशिया, २०.० प्रतिशत कतार, १९.० प्रतिशत साउदी अरब र ११.५ प्रतिशत यू.ए.ई गएका हुन् ।

गत वर्ष मलेशिया जानेको संख्या १ लाख ४६ हजार छ, जुन अघिल्लो वर्षको तुलनामा ५९.४ प्रतिशतले बढी हो । त्यस्तै, दोस्रो गन्तव्य कतार जानेको संख्या ९० हजार ९३ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.० प्रतिशतले कम हो ।

baidesik rojgar

Wednesday, 14 August 2013

त्यस दिनदेखि आमाको ओछ्यानमा सुत्न छाडिदिएँ

हाम्रो परिवार ठूलो थियो- छोराछोरी मात्र दस जना । अहिले सम्झँदा मलाई कहाली लाग्छ, भीरको बाटो हिँड्दा तल ठूलो नदी देखेजस्तो म आत्तिन्छु । मेरी आमाले यत्तिका छोराछोरी (त्यो पनि करिब-करिब बर्सेनीजस्तै भने पनि हुन्छ) के गरी हुर्काउनुभयो होला ? हुन त त्यस बेला मलाई यी कुराको परवाह नरहने मात्र होइन, ख्याल पनि रहँदैनथ्यो कि छोराछोरी हुर्काउनु वा जन्माउनुको पीडा वा व्यथा कस्तो हुन्छ । खासगरी मैले छोरो जन्माएपछि साँच्ची नै मलाई थाहा भयो यसको ‘पीडा’ वा ‘आनन्द’ दुवै कुराको आनन्द ? तपाईं भन्नुहोला पीडाको कुरा गर्दागर्दै फेरि आनन्दको कुरा कसरी आयो ? यसबारे म पछि कुनै बेला चर्चा गरौँला । तर अहिले पीडाकै कुरा राख्छु ।
आजभोलि पनि मैले कुनै गर्भवती आइमाई बाटोमा हिँडिरहेकी, चौतारीमा सुस्ताइरहेकी, आँगनमा उभिइरहेकी, बसमा झुन्डिरहेकी वा कारमै गुड्दै गरेकी देखेँ भने पनि झट्ट सम्झिन्छु- दुई-तीन वर्ष उसको त्यसै खेर जाने भो या मजाले दुःखसित खेल्नुपर्ने भो भनेर । म भित्रभित्रै अमिलिन्छु ।गर्भवती आइमाई जति सम्पन्न भए पनि थुप्रै यस्ता कुरा हुन्छन् जुन कुरा उसले बाहेक अरूले गर्न प्रायः असम्भव हुन्छ । ठूलो भएपछि कसैले स्याहार सुसार गर्‍यो भने पनि आफ्नो सन्तानलाई हुर्काउनु भनेको आफूसमानको दुई जना व्यक्तिसित बिनाहातहतियार लड्नु-भिड्नुजस्तै कठिन कुरा हो’ मलाई लाग्छ ।अँ त, म आफ्नो परिवारिक पृष्ठभूमिको आँगनमा उभिएकी थिएँ क्यार । त्यसबेला हामी सम्पन्न पनि थिएनौँ । तर विपन्न भन्न पनि त्यति सुहाउँदैनथ्यो होला । सायद हमी निम्नमध्यवर्गभित्र पर्दथ्यौँ । गरिबी जन्मजात छालाजस्तै टाँसिएर त आउँदैनथ्यो । तर क्रमशः एक पछि अर्को सन्तान जन्मिदै जाँदा शरीरमा दाँत उमि्रएजस्तै, नङ-कपाल बढेजस्तै हाम्रा आवश्यकताहरू हलक्क बढ्दै जान्थे । गरिबी झन्-झन् झ्यागिँदै, मौलाउँदै माथि-माथि उक्लिरहेको हुन्थ्यो । हाम्रो परिवारको थाँक्रो भने गरिबीको यस हरियालीभित्र कतै लुकेको थियो ।
त्यस बेला आमासित सुत्नका लागि हामीबीच होडबाजी चल्थ्यो तर दूध खाइरहेको बच्चा छ भने पहिले त्यसले मौका पाउँथ्यो । यदि त्यो छैन भने सबैभन्दा पछिल्लोले मात्र आमासित सुत्ने सौभाग्य पाउँथ्यो । त्यसो त दुई-तीन जनाले एकैपटक आमाको दूध खान प्रयत्न नगर्ने पनि होइन । यस्तो किन हुन्थ्यो, त्यो अब यहाँ भनिरहनु नपर्ला ।म केही ठूली भइसकेकी थिएँ । त्यसबेला सायद तेह्र चौध वर्षकी थिए कि ! तर पनि आमासित सुत्ने तिर्सना भने मेटिएको थिएन । त्यसो त हामी आमासित सुत्न नपाए पनि बेलाबखत आमाको ओछ्यानमा केही समयका लागि पल्टिन्थ्यौँ, खेल्थ्यौं झगडा गथ्यौँ । हामी अलि ठूला केटाकेटीहरू हजुरआमासित माथिल्लो तलामा (त्यसबेला नयाँ घर बनिसकेको थियो) सुत्थ्यौँ । तर आमाको ओछ्यान भान्साकोठाको नजिकै भुइँतलामा थियो, जसले गर्दा हामीलाई त्यहाँ जान र सुत्न सजिलो र आरामदायी त छँदै थियो, त्यसबाहेक पनि आमाको ओछ्यानमा सुत्ने मोह त्यसै पनि थियो ।बर्सेनी छोराछोरी जन्माएर पनि होला, प्रायः गरी आमा ओछ्यान पर्नुहुन्थ्यो अथवा नपरे पनि बिरामीभन्दा कम देखिनुहुन्नथ्यो ।
कुनै एक साँझ 
भान्साघरमा कल्याङमल्याङ सुनिथ्यो । केटाकेटीहरू मलाई यो पुगेन, त्यो पुगेन वा उसलाई किन बढी ? मलाई किन कम ? भनेर निहुँ खोज्दै, झगडा गर्दै थोरै खाँदै थिए, धेरै पोख्दै थिए । त्यस दिन कसो भएर हो मैले पहिले नै खाइसकेकी थिएँ । अनि मौका भेट्टाएँ भनेर झटपट आमाको ओछ्यानमा मुख छोपेर एक्लै आनन्दले गुटमुटिएँ । केहीबेरपछि कसैले बिस्तारै सिरक तान्यो ।
मैले सोचेँ कुनै भाइबहिनी आइपुगेछ र घुसि्रन कोसिस गरिरहेको छ । मैले उसलाई छिर्न नदिने हिसाबले झन् सिरक च्यापेँ । “कान्छी ! ए कान्छी ! किन यति छिट्टै सुतिस् ?” अप्रत्यासित बुबाको आवाजले म तर्सिएँ । उनी अझ कामुक स्वरमा भन्दै थिए, “खै ! मलाई पनि अलिकति ठाउँ दे ।”म आत्तिएँ । के गरौँ, कसो गरौँ भएर भित्रभित्रै छटपटिएँ, डराएँ । “खै यता आ ।” उनी झन्डै टाँस्सिन आइपुगे । मलाई एकातिर डर थियो, अर्कोतिर लाजले झन्झन् खुम्चिन थालेँ । अन्त्यमा उनले बलपूर्वक सिरक ताने । म विवश हेरिरहे, सहिरहेँ ।मलाई देखेपछि उनी तुरुन्तै त्यहाँबाट हिँडे । सायद उनी पनि आफैँदेखि लज्जित भए कि ! मलाई थाहा छैन । त्यस अँध्यारोमा मैले उनको अनुहार नियाल्न सकिनँ । न त मसित त्यो गर्ने साहस र आँट नै थियो । तर एउटा कुरा, त्यस दिनदेखि मैले आमाको ओछ्यानमा सुत्न छाडिदिएँ ।
(पाण्डेको सस्मरण संग्रह यौन र अनुभूतिबाट)

नासाको आज उल्का वर्षा

आज सोमबार राति नेपाली आकाशमा उल्का वर्षा हुँदैछ । सामान्य बोलिचालीमा तारा खसेको समेत भनेर चिनिने यस्तो उल्का वर्षा अवलोकनका लागि कुनै उपकरणको आवश्यकता नपर्ने र नांगो आँखाले समेत आकाशमा हेरेर यसको मनोरञ्जन लिन सकिने खगोलविद्हरुले जनाएका छन् । तर बादल लागेको तथा पानी परेका कारण उल्का वर्षाको दृश्य हेर्नमा भने कठिनाइ हुनेछ ।
1
यस्तो उल्कावर्षा प्रतिघण्टा ६० देखि १२० वटासम्म हुनसक्ने बताइएको छ । पुछ्रेताराले छाडेका चट्टान र धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा घश्रणका कारण बल्न गई चम्किलो हुने गर्छन् । त्यसैलाई उल्का वर्षा भन्ने गरिन्छ ।
अमेरिकी अन्तरीक्ष संस्था नासाले उल्का वर्षाको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । प्रत्यक्ष प्रशारण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वैज्ञानिकहरुका अनुसार हरेक वर्ष जुलाई १७ देखि अगष्ट २४ सम्म उल्कावर्षा सक्रिय हुने गर्छ । स्विफ्ट टटल नामक पुछ्रेताराले सुर्यको परिक्रमाका क्रममा छाडेका धूलोका कणहरु पृथ्वीको कक्षमा प्रवेश गर्ने गर्छन् । तिनैलाई उल्का वर्षा भन्ने गरिन्छ । यस्ता पदार्थहरु निकै उच्च गतिमा पृथ्वीको वायुमण्डमा प्रवेश गर्दछन् र त्यहीँ जलेर नष्ट हुन्छन् ।

दार्जीलिङमा जनताको कर्फ्यु , बंगाली नेताले भने- ‘नेपालीहरु नेपाल जाओ ‘

karfu३० साउन, काठमाडौं । भारतीय पूर्वोत्तर राज्य पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमूल कांग्रेसका नेताले दार्जीलिङका गोर्खालीलाई ‘नेपालीहरु नेपाल जाओ’ भनेपछि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आपत्ति जनाउनुभएको छ । तृणमूल कांग्रेसका नेताहरुको यस्तो भनाइले दार्जीलिङबासीलाई हेर्ने बंगाल सरकारको दृष्टिकोण स्पष्ट भएको गुरुङले बताउनुभएको छ ।
उनीहरुको यही मानसिकताका कारण अलग गोर्खाल्याण्ड राज्य आवश्यक रहेको गुरुङले दाबी गर्नुभएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । तृणमुल कांग्रेसका नेताले मंगलबार नेपाली हरु नेपाल जाओ भन्ने अभिव्यक्ति दिएको बुधबार प्रकाशित भारतीय पत्रिका हिमालयन दर्पणले लेखेको छ ।

Tuesday, 13 August 2013

पूर्णिमाको रातमा किन लाग्दैन निन्द्रा ?

(एजेन्सी)–वैज्ञानिकहरुका अनुसार पूर्णिमाको रातमा आरामदायी निन्द्रामा समस्या आउने गर्दछ । प्रयोगशालामा भएको एक प्रयोगको दौरान पूर्णिमाको रातमा सुत्नको लागि पाँच मिनेट बढि लाग्यो र मानिसहरु २० मिनेट कम सुते ।

प्रयोगशालाको कठिन परिस्थितिहरुमा ३३ स्वयंसेवकहरुमा गरिएको यो प्रयोगको दौरान चन्द्रमाको प्रभावसम्बन्धि प्रमाणहरु जुटाइएको छ ।
‘करेन्ट बायोलोजी’ मा प्रकाशित रिपोर्ट अनुसार, चन्द्रमा पूरा भएको दिन स्वयंसेवकहरुको निन्द्रा लाग्ने र राम्रो खालको निन्द्रा लाग्नमा समय लागेको पाइयो जबकि बन्द गरिएको अँध्यारो कोठामा उनीहरुलाई राम्रो निन्द्रा लाग्यो ।
प्राकृतिक घडी
यो दौरान उनको शरिरको जैविक घडीमा जोडिएको मेलटोनिन नामको हर्मोन स्तरमा पनि कमी देखिएको पाइयो । अँध्यारोमा शरिरमा अधिक मेलटोनिक बन्यो जबकि उज्यालोमा यसको निर्माणमा कमी आयो ।
रातिको चम्किलो प्रकाश अथवा दिनको कम प्रकाशले शरिरको सामान्य मेलटोनिक चक्रमा असर पु¥याउन सक्छ ।
स्विटजरल्याण्डको बेसल विश्वविद्यालयको प्रोफेसर क्रिश्चियन कैजोहेन र उनको साथीहरुको यो अध्ययनमा यो सुझाव दिएका छन् कि चन्द्रमाको प्रभाव यसको चमकसँग सम्बन्धित हुन सक्दैन ।
यसमा संलग्न स्वयंसेवक यो कुरासँग अन्जान थिए कि यो अध्ययनको उद्देश्य के थियो । प्रयोगशालामा उनीहरुलाई जुन खाटमा सुताइएको थियो त्यहाँबाट चन्द्रमा देख्न सकिँदैनथ्यो ।
उनीहरुमध्ये प्रत्येक स्वयंमसेवकले प्रयोगशालामा दुई रात बिताए । अध्ययनको नतिजा बताउँछ कि पूर्णिमाको रात गहिरो निन्द्रासँग जोडिएको दिमागी गतिविधिहरु घटेर आधा भएको पाइयो । मेलटोनिकको स्तर पनि घट्यो ।

डरलाग्दो प्रतियोगिता, मौरीको दाह्री (फोटोफिचर सहित)

दाह्री जुँगा नियमित सफाचट पार्ने मानिसलाई अलिकति दाह्री बढ्यो भने त कस्तो अप्ठेरो हुन्छ । तर अनुहारभरि मौरीले ढाक्दा पनि यी तन्नेरीहरु ङच्िच हाँसिरहेका छन् । अनुहार मात्र होइन जिउ नै मौरीको घार जस्तो भैसक्दा पनि उनीहरु झनै उत्साहित छन्, डराएका छैनन् ।
1
क्यानडाको ओन्टारियोमा भएको क्लोभरमेड मौरी दाह्री प्रतियोगितामा यो पटक तँ भन्दा म के कम ? भन्दै साहसी तन्नेरीहरुले जिउभरी हजारौँ मौरी राखेर सबैलाई तर्साए । उनीहरुले मौरीले ढाकेको अनुहार र जिउ त देखाए नै मौरीघार जस्तो अनुहार सहित क्याटवाक पनि गरे ।
2
आफ्नो जिउमा मौरीलाई बसाउनका लागि प्रतियोगीहरुले घाँटीमा रानी मौरी सहितको एक बाकस भिरेका थिए । रानी मौरीकै कारण अरु कर्मी मौरी तथा भालेे मौरी ओरिएका थिए । मौरीको संख्या बढ्न नदिन र जिउमा मिलाएर बसाल्नका लागि मौरी विज्ञहरु त्यहाँ खटिएका थिए । मौरीले नटोकुन् भन्नका लागि मौरीलाई पहिले नै प्रसस्तै चिनी खुवाइएको थियो । साथै मौरीहरुलाई धुवाँले लट्ठाइएको पनि थियो ।
3
यो पटकको मौरी दाह्री प्रतियोगिताको उपाधि जस्टिन हिम्स्ट्राले जिते । उनले आफ्नो जिउमा सबैभन्दा धेरै मौरी अठ्याएनन् मात्र मौरीबाट कलात्मक दाह्री समेत बनाए ।

जसको जिउमा आफै आगो दन्किन्छ

आत्मदाह गर्दा मान्छेले आफ्नो जिउमा आफै आगो लगाएको त सुनिएकै हो । यसरी जिउमा आगो लगाउँदा आगोको श्रोतबाट आगो बालेर जिउमा झोँस्नुपर्छ । तर भारतमा एकजना यस्ता बच्चा छन् जसको जिउमा आफै आगो बल्छ ।
1
भारतको तमिलनाडुमा रहेका तिन महिनाका राहुल नामका बालकमा यस्तो भयानक, दर्दनाक तथा अनौठो रोग छ । सुन्दै आङ सिरिंग हुने रोग हो त्यो । उनको सरीरबाट आफै आगोको ज्वाला निस्किन्छ र ह्वारह्वार्ती आगो बलेर आफैलाई जलाउन थाल्छ ।
उनी जन्मेको नौ दिनमै यस्तो रोगको लक्षण पहिलोपटक देखा परेको हो । तिन महिनाको भैसक्दा अहिलेसम्म उनको सरीरमा चार पटक आफै आगो लागिसकेको छ । यसरी सरीरमा आफै आगो लाग्दा उनको सरीर नराम्ररी डढेको छ र उनको अहिले गम्भीर अवस्थामा चेन्नइको किल्पक मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ ।
2
अस्पतालमा डाक्टरहरुका अनुसार आफ्नो सरीरमा आफै आगो दन्किने ती बालकको रोगको नाउँ स्पन्टेनियस ह्युमन कम्बसन डिसअर्डर -एसएचसी) हो । उनको सरीरको छालाका छिद्रहरुबाट निकै प्रज्वलनशील ग्यास निस्किन्छ । जसका कारण त्यो ग्यासबाट आगो पैदा हुन्छ । त्यो ग्यास के हो भन्ने कुराको पत्तो भने अझै पाउन सकिएको छैन । केही डाक्टरहरुका अनुसार यस्ता रोगीहरुको रगतमा केही मात्रामा अल्कोहल समेत हुन्छ ।
3
स्मरण रहोस् यस्तो रोग निकै नै दुर्लभ रोग हो । पहिलोपटक यस्तो रोग इटालीको सेसेनामा सन् १७३१ मा देखा परेको थियो । त्यस्तै १९९५ मा बेलायतमा एक जना ७३ वर्षे मानिसको यस्तै रोगबाट ज्यान गएको थियो ।

अन्तरीक्षमा पठाइयो छेपारो र मुसा

''रुसले झण्डै एक सयवटा मुसा तथा छेपारो लगायतका जिवजन्तुलाई अन्तरीक्षमा पठाएको छ । रुसी अन्तरीक्ष संस्था रसकसमसका अनुसार शुक्रबार सय भन्दा बढि जिउँदा ‘मुसा अन्तरीक्षयात्री’ सहितका जिवजन्तु हालेर एक अन्तरीक्ष यान प्रक्षेपण गरिएको छ ।
कजाकस्तानको बैकोनुर स्पेस सेन्टरबाट रुसी समय अनुसार दिउसो २ बजे सोयुज २.१ ए नामक यान प्रक्षेपण गरिएको हो । यानमा यात्रीका रुपमा मुसा, छेपारो, शंखेकिरा सँगै विभिन्न खालका ब्याक्टेरिया, वनस्पती तथा बिउबिजन समेत पठाइएको छ ।रोचक कुरा त के भने अन्तरीक्षयान प्रक्षेपण गर्नु अघि पठाउन लागिएको एउटा मुसा अर्को मुसाको आक्रमणमा परी मृत्यु भएपछि फेरी अर्को मुसा थप्नुपरेको थियो ।
स्मरण रहोस् यसरी अन्तरीक्षमा विभिन्न खाले साना जनावर पठाइएको यो सन् २००७ यताको पहिलो हो । त्यतिबेला यस्तै जिवजन्तु सहितको यानले अन्तरीक्षमा १२ दिन बिताएको थियो । यो रुसी यान आउँदो मे १८ मा पृथ्वीमा फर्किनेछ । अन्तरीक्षमा रहँदा यो यानभित्र लगिएका जनावरमा विभिन्न खाले ७० प्रकारका परीक्षण गरिनेछ ।

Monday, 12 August 2013

तीज, गीत, दर र व्रत


केही दिनअघि महिला सहकर्मीले भनिन्– तीज गीत बजाउन हामी पनि शुरु गर्नुपर्यो। सबै टेलिभिजनहरूले बजाउन थालिसके। मैले त्यसमा असमति जनाएँ। भोलिपल्ट पनि त्यही कुरा दोहोरियो। म केही बोलिनँ। म कार्यरत रेडियो स्टेसनबाट पनि तीज गीतहरू बज्न शुरु गरे। टेलिभिजनहरूमा गीत बजेको हैन, गीतको विज्ञापनहरू बजिरहेका छन्। म्युजिक कम्पनीहरूको प्रायोजनमा ती गीतहरू बजिरहेका थिए। तर हाम्रो रेडियोमा गीत प्रायोजन गर्ने कम्पनीहरू छैनन्, तैपनि तीज शुरु हुनुभन्दा डेढ महिनाअघिदेखि गीत बजिरहेको छ। यो एउटा नबुझीकन गरिरहेको देखासिकी हो। नेपाल यो यहाँ गाउँदेखि शहरसम्म सबै कुरा देखासिकीमा चल्छन्। वास्तविकताको गहिराइ नाप्ने प्रयाससम्म पनि गरिँदैन।

हो नेपाली संस्कार धनी छ, गीत–संगीत, रहनसहन, भाषाभाषी, चाडपर्वको अथाहा खानी छ। यसमा बजाउने गीतसंगीत र चाडपर्वमा खानेकुराहरूको सूची धर्म र संस्कृतिले निर्धारण गरिदिएको छ। ती समयसापेक्ष छन्, मौसमअनुसार के खानुपर्छ भन्ने कुराको वैज्ञानिक आधार पुष्टिहरू सँगसँगै आएका छन्। त्यसको व्याख्या र अपव्याख्या गर्नेको समूह ठूलो छ।
तीज हरितालिका भाद्र शुक्ल पक्ष तृतीयाको दिनमा हिन्दू धर्मावलम्बी महिलाहरूले भगवान् शिवको पूजा–आराधना गरेर मनाउँछन्। यसमा अविवाहिताले असल पतिको कामना र विवाहिताहरूले श्रीमान्को सुस्वास्थ्य, दीर्घायुको कामना गरेर मनाउँछन् भन्ने गरिन्छ। हिमालय पर्वतीकी पुत्री पार्वतीले महादेव पति पाऊँ भनेर व्रत बसेको र त्यो पूरा भएर महादेव पति पाएको धार्मिक विश्वास पनि गरिन्छ। व्रत बस्ने चलन अझ पनि कायमै छ। दिनभर निराहार व्रत बसेर मध्यरातमा शिवको पूजा–आराधना गर्ने चलन अझै पनि छ।

Saturday, 10 August 2013

निलो साइकल

समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त !साईकल को घंटी ढोका अगाडि हिजो अस्ती गुन्जीई सक्थ्यो निरास हुँदै कोठा भित्र पस्छु अनि एकै छिन टेबलमा फिजाइएका किताबहरु एकएक गरी हेर्छु पन्ना पल्टाउँछु प्रत्येक शब्द शब्दमा उनकै प्रतिबिम्ब देख्नु फेरी बन्द गर्छु । अनि हत्तपत्त बाटोमा साइकलको आवाज सुन्छु र बाटो तर्फ दौडन्छु जाँडियाँ पो परेछ रोकेर व्यर्थै निउपो खोज्न थाल्छ म सुरुक्क फेरी फर्कन्छु घडी हेरेको ९ बजेर २७ मिनेट भएको रहेछ ।
२०६० सालमा के को मोवाइल लिन पाइन्थ्यो नत्र फोन हजार चोटी हान्थे होला अब एसएलसी आउन जम्मा ५ दिन बाँकी छ । आज मेरो घरमा नौ दिन पुग्थ्यो प्रतिभा बस्ने गरी आउन थालेको हामी रात अबेरसम्म पढ्थ्यौँ, अनि निन्द्राले अतिनै आँखा हेर्न नदिए म जहाँ पढ्थे त्यही निदाउँथ्ये प्रतिभा मेरी वहिनीसँगै सुत्थीन् म गणितमा जान्ने थिए प्रतिभा अँग्रेजीमा धेरै अगाडि थिइन् । हामी एक अर्कालाई पढाउँथ्यौँ पढ्थ्यौँ ट्यूसन पनि सँगै पढ्थ्यौँ । कक्षा कोठा पनि एउटै थियो । चारवटा सेक्सन भए पनि, स्कूल जाँदा मन्दिरको चोकमा भेट हुन्यौँ र छट्टीन्थ्यौँ पनि । यो क्रम पनि झण्डै दुई वर्ष चल्यो, तर रातीसँगै पढ्न लागेको धेरै समय भएको थियो । आज मेरो घरमा साइकलको घण्टी बजेन किनकि प्रतिभा खाना खाएर सधै आठ बजे मेरो घरको आगनमा सानो निलो साइकल लिएर आइ पुग्थिन् र घण्टी बजाउँथिन। म हत्तपत्त साइकल राखिदन कुद्थे, आमाले प्रतिभा आएको देखर दुई ओटा गिलासमा दुध बोकेर आउनुहुथ्यो । विचारमा आमा आज एउटा गिलासको दुध त्यसै फर्काउनु भयो । कतै विरामी पो परिन् कि त आउनु पर्ने हो भन्दै जानु भयो ।
सम्बन्ध पनि त्यति धेरै प्रगाढ भै सकेछ आज बल्ल थाहा । भयो यति गहीरामइमा यति गहिराइमा पर्दा पनि पत्तै भएनछ । मुटु त लगभग एउटै भै सकेछ खै कहिले यसरी गाँसिएछ थाहै भएन । अव त सास फेर्न नै अप्ठ्यारो भै सक्यो मणि हराएको नागको झै एकै ठाउँमा फन्को कतिमारे कति मेरो सम्पूर्ण परिवारको सदस्यको मन पनि जितिसकेकी थिइन् उनले । सायद लाग्छ । उनलाई पनि सामान्य नै लाग्थ्यो मेरो घर अनि परिवार र मेरो घर परिवारले पनि समान्य नै मान्थ्यो । त्यसैले होला एक दिन त त्यस्तै परेर राती साँडे नौ (९ः३०) बजेतिर शंकरलाई लिन पठाएको थिए ऊ पनि हाम्रो आत्मीयता देखेर छक्क पथ्र्याे । मेरो तड्पाइ देखेर साइकल कुदाई हाल्थ्यो प्रतिभाको घरतिर अनि पछाडी राखेर ल्याई हाल्थ्यो । सायद घर पनि नजिक नै थियो । पढाइमा ठ्याक्कै शून्य नै थियो । कसो कसो १० मा पुग्यो ए.एल.सी. त विचराको फलामकै ढोका थियो केही क्निको करले गर्दा पनि मेरो कुरा काट्दैनथ्यो । राति निरन्तर दिदैन थियो कहिलेकाँही आइ पुग्थ्यो । आज त किन आउँथ्यो र ऊँ पनि मलई मर्का परेको बेलामा फकाउने बेला मात्र आउँथ्यो नि । दुई वर्ष वितेको पत्तै भएन, तर त्यो मेरा लागि एक वर्ष भन्दा पनि लामो बनेको थियो । माया र प्रेममा निकै तड्पिएर पागल बनेका कथा सुनको थिएँ तर वास्तवमा आज आँफैमा अनुभूति हुँदैन । जाउँ भने राति ११ बजेको छ २०६० सालको चैत्र ५ गते मेरो कालो रात होला । बाहिर आर्मीहरुको गस्ती पनि शुरु भए जस्तो छ । बुटको आवाज सुन्छु, हत्तपत्त झ्याल बन्द गर्छु अनि स्वास पनि भित्रभित्र फेर्छु। द्वन्द पनि निकै चर्केको थियो । झ्यालबाट नै गोली छिर्ने होकि भन्ने डर कहिलेकाहीँ त विनासित्ति बस्तीका मान्छेलाई निन्द्रबाटै उठाएर लैजान्थे, विचारा कति फर्किए कति बेपत्ता । अझ त्यो भन्दा पनि मेरो घरमा अर्का आर्मी पक्षका विद्रोहीहरु त उनकै घर झै गरी थर्काई थर्काई खाने, बस्ने सुत्ने गथ्र्ये, त्यतिबेला दिएको दुःखका कारणले अचेल त मुखमा हेर्न पनि मन लाग्दैन । होस् आफ्नो मनमा राँको बलेको थियो ।

विहान पो भएछ कतिबेला निदाएँ पत्तै भएन । हेर निधारमा कलमको विर्काेको डाम उठेपछि पो दुख्न थाल्यो त । केको मुख धुने उठेर नाग मणि खोज्न कुदेझैँ गरी म पनि बुझ्न हानिन्छु प्रतिभाको घरमा । धारामा प्रतिभाकी भाउजु पनि पानी भर्दै थिइन्, बाबु किन आउनु भयो यति विहान तपाईं ? अनि प्रतिभा खोइ त ? म झसंङ्ग हुन्छु पूरा वर्माण्ड नै पर्लय भएजस्तो सारा आकाश खसेजस्तो हुन्छ । थाहा भयो प्रतिभा हिजो राति अपहरणमा परिछन् । घरकाले त पढ्न गएकी छोरी केको अपहरण राति सोच्ने कुरै भएन र हल्ला खल्ला मच्चियो, निकै मान्छेको भीड देखिन थाल्यो विचरा प्रतिभाको आमाको त आधा होस गुमी सक्यो, त्यो भन्दा त मेरो नै होस गुमिसक्यो । पत्तो छैन कुन पक्षले लगेको हो । सधै हतियार बोकेर सिकार गर्ने शिकारीलाई के थाहा घर, परिवार ममता अनि आत्मीयता वास्तवमा उनीहरुको आत्ममा राक्षसले बास गरेको हुन्छ होला र त निर्दाेश अवोधलाई बेपत्ता पारी निर्मम यातना दिन्छन् । सुन्छु कतिले त आफ्नो राक्षसी यौन प्यास मेटेर चरम यातना दिन्छन् नारीलाई । अन्तिममा उसको सारा शक्ति र पूरै

अस्तित्व मेटेर धर्तीबाट विदा दिइन्छ । त्यतिबेला पूरै शक्ति पलाए झै हुन्छ । जसले लगेको हो त्यसैलाई मेटाइ दिन्छु, बरु आँफै मेटिन किन नपरोस् ।
धेरै मान्छेको धेरै आउँछन्, कतिले त आश मेट्न भन्छन् त कतिले फर्किने झिने आसा देखाउँछन् । विभिन्न कुराहरु सुन्दा सुन्दै म आँफै घुमेको हो या यो पृथ्वी नै घुमेको हो पत्तै पाउँदिन । राति खाना खाएर घरबाट हिँडेकि प्रतिभा निलो सानो साइकलसँगै अपहरणमा
परिछन् । मेरो मनमा हजारौँ तर्क वितर्कहरु उठ्न थाल्छन्, के गरेका होलान् र के गर्दै छन् होला ? त्यसै विचमा क्षितिज पारी बाटोमा सानो आकृति देखा पर्दछ । आकृति बाटो हुँदै नजिक नजिक आइ पुग्छ । त्यो आकृति पक्कै लाग्छ मलाइ बास्तमा निलो साइकलमा प्रतिभा नै आएकी रहिछन् । म त एक्कासी उफ्रिएँ खुशीको सीमा रहेन ममा । सबै मान्छेहरु मुखामुख गर्न लागे। कतिले मृत्युको मुखबाट पनि फर्किइ कतिले त कति जनाको इच्छा मेटाएर आइ, जे जस्तो होस् प्रतिभा आउनुमा नै मेरो लागि ठूलो थियो । बेलिविस्तार लगाउन लागिन् थाहा भयो द्वन्द्वकाल भएकाले होला राति एक्लै हिँडेकाले झण्डै सुरक्षाकर्मीले सोधपुछका लागि इज्जतका साथ लगेको रहेछ र विहानै छाडि दिएछ । मेरो मुटुले विस्तारै रक्तसञ्चारमा सुचारु रुप दिन थाल्यो । नसाहरु बल्ल चलबलाउन थाल्छन् एक हिसाबले त मेरो होस नै गुमि सकेको थियो । स्थिति सबै सामान्य बन्दै जान्छ ।