Wednesday, 24 July 2013

स्विट्जरल्यान्ड सपना

लामो समयदेखि नेपाललाई स्विट्जरल्यान्ड बनाउने भाषण गर्दै सुन्दै आइएको नेपालजस्तै भूपरिवेष्ठित यो पहाडी मुलुकको नेपालसँग अरु के-के समानता छन् किन अहिलेसम्म नेपाल यस्तै विकसित हुन सकेन ?
पञ्चायतकालीन नेताहरूले जनतालाई स्विट्जरल्यान्डको सपना देखाउँथे 'हामी मुलुकलाई स्विट्जरल्यान्ड बनाउँछौं' भन्ने नेताहरूको थेगोजस्तै थियो प्रजातन्त्रकालमा पनि नेताहरूले यो थेगो छोडेनन्, सपना बाँड्न छोडेनन् नेपालजस्तै पहाडी भूपरिवेष्ठित भएर पनि समृद्ध मुलुक भएकाले स्विट्जरल्यान्डको सपना देखाइएको होला बाँडिएका ती सपनाहरूले गर्दा मेरो मानसपटलमा स्विट्जरल्यान्डकै जस्तो सुन्दरता समृद्धि हाम्रो मुलुकमा पनि हुनेछ भन्ने विश्वास स्थापित भएको थियो



यसैले मलाई स्विट्जरल्यान्डलाई 'लाइभ' हेर्ने कौतूहल थियो मस्को युनिभर्सिटीमा पढ्दै गर्दा सन् १९९० मा त्यो कौतूहलले विश्राम पायो ग्रीष्मकालीन छुट्टी मनाउने क्रममा सपनाको त्यो देशमा पहिलोपटक पाइला टेक्न पाएको थिएँ
अग्लो पहाडमा उभिएर सपनाको देशलाई एकपटक फनक्क घुमेर हेरें स्विट्जरल्यान्डको अनुहारको एउटा पाटोचाहिँ देखेझैं लाग्यो नेपालका जस्तै पहाडहरू तर अलि सानासाना नेपालका पहाडहरूलाई मानिसहरूले बेवास्ता प्रकृतिले वास्ता गरेजस्तो लाग्छ तर स्विट्जरल्यान्डका पहाडहरूलाई प्रकृतिले भन्दा मानिसले वास्ता गरेका रहेछन् सजाएका रहेछन् ती पहाडहरू प्रायः एकै किसिमका जुम्ल्याहा सन्तानजस्तै अरूलाई ठूला लागे पनि ती पहाड हामी नेपालीहरूलाई भने साना लाग्छन् रूखहरू पनि नेपालका भन्दा सानासाना पहाडमा जंगल होइन वन बगैंचाले ढाकेजस्तो देखिएको थियो
 गर्मी महिनामा पनि पहाडहरूमा हिउँ, चिनी छरेजस्तै देखिएको थियो हिउँदमा यी पहाडहरू हिउँले ढाकिएर बरखी बारेको मानिसजस्तै देखिन्छन् होलाजस्तो लाग्यो अझ त्यहाँ घाम पर्दा आफूले पहाडलाई होइन पहाडले आफूलाई हेरेजस्तो लाग्दोरहेछ पहाडहरूमाथि गएर सहरहरू हेर्दा नेपालकै उपत्यका हेरेजस्तो आभास भयो  
त्यो समुन्नतिले मोहित नबनाउने कुरै थिएन आखिर हाम्रैजस्तो पहाडी देशलाई पनि यसरी विकास गर्न सकिँदोरहेछ चौडा चिल्ला बाटाघाटा सुन्दर भवन निर्माण गर्न पहाड बाधक नहुने रहेछन् भन्ने लाग्यो त्यसै नेताहरूले हामीलाई स्विट्जरल्यान्डको सपना देखाएका होइन रहेछन्
छुट्टी मनाउनुभन्दा पनि ' पनि स्विट्जरल्यान्ड घुमेको छु है' भनेर विद्यार्थी साथीहरूलाई गफ दिन दुई दिनको तुफानी यात्रामा गएको थिएँ पछि काम विशेषले स्विट्जरल्यान्ड जाने अवसर बारम्बार मिलिरह्यो अनि समान भूगोलको नेपाल किन समृद्ध हुन सकेन भन्ने कुराले पिरोलिरह्यो गैरआवासीय नेपालीको युरोप क्षेत्रीयस्तरको बैठकका लागि हालै जुरिक भ्रमण गरेपछि चाहिँ लेख्न मन लाग्यो, सपना देखाइएको देश हाम्रो बारेमा      
स्विट्जरल्यान्ड धेरै हिसाबले नेपालजस्तै पहाडै पहाड समुद्रसँग जोडिएको छैन फरक स्विट्जल्यान्ड विकासको चुचुरोमा , हामी फेदीमा छौं बैठकमा आमन्त्रित उद्यमी राजेन्द्र खेतान पहाडमै केही भिन्नता रहेछ हामीले विकास गर्न नसकेका हौं कि भनेर स्विट्जरल्यान्डको पहाड चहार्दै थिए केही पहाड घुमेपछि उनको निष्कर्ष थियो, पहाड उस्तै रहेछन् 'यो युरोपको नेपाल हो,' उनी भन्दै थिए, 'नेपाल एसियाको स्विट्जरल्यान्ड हो ' खालि पूर्वाधार बनाउन नसकिएको मात्र रहेछ

नेपालसँग आर्थिक सहयोग सम्झौतामा हस्ताक्षर गर्ने सुरुका देशहरूमा स्विट्जरल्यान्ड पर्छ त्यसपछिका पचास वर्षमा साझेदारी रणनीतिहरूमा परिवर्तन भएका हुन सक्छन्, तर विकास निर्माण सामाजिक सुधारका लागि स्विस सहयोग यथावत् नेपाल-स्विस साझेदारीका सुरुवाती आधार तयार पार्ने कामको नेतृत्व प्रख्यात स्विस भूगर्भविद् टोनी हागनलगायतले गरेका थिए नेपालमा स्विस सरकारको प्रारम्भिक विकास सक्रियता चीज गलैंचा उत्पादनमा केन्दि्रत रह्यो संयुक्त राष्ट्रसंघका लागि नेपालको भौगर्भिक सर्वे गर्ने पहिलो व्यक्ति हागन नै थिए १४ सय किलोमिटर पैदलयात्रा गरेर उनी नेपालका सबै जिल्ला पुगेका थिए नेपालमा स्विस प्राविधिक सहयोगको स्थापना गर्ने हागनले झन्डै पचास वर्ष नेपालको आर्थिक विकास तथा प्राविधिक सहयोगमा नै बिताए सन् २००३ मा पचासी वर्षको उमेरमा उनको मृत्यु भयो
नेपालको वन संरक्षणमा स्विट्जरल्यान्डको महत्त्वपूर्ण भूमिका सामुदायिक वन संरक्षण अभियानले वनजंगल तिनमा आश्रति मानवको जीवनमा धेरै परिवर्तन ल्याएको सडक निर्माण, स्वास्थ्य शिक्षाजस्ता आधारभूत आवश्यकतामा पहुँच पुर्याएको पहाडी मुलुकमा आवतजावतको कठिनाइलाई मनन गर्दै स्विट्जरल्यान्डले नेपालमा सुरुदेखि नै पुल निर्माणमा समेत सहयोग गर्दै आएको तर विदेशीको सहयोगले मात्र मुलुक विकास नहुने रहेछ समान खालको भौगोलिक अवस्थितिको मुलुकको अनुभव मात्र पर्याप्त नहुने रहेछ विकास हामी आफैंले गर्नुपर्ने रहेछ  
यस बीचमा हाम्रा नेता, उच्चपदस्थ कर्मचारी धेरैले स्विट्जरल्यान्डको अनुभव बटुल्ने अवसर पाएका छन् जतिसुकै भ्रमण गरे पनि विकासको सट्टा विनाश जातजातिबीच एकआपसमा विद्यमान सामाजिक सद्भाव बिगि्रँदै गएको देख्दा हामीले उल्टो पो सिक्यौं कि भनेर शंका गर्नुपर्ने भएको
जम्मा ४१ हजार वर्गकिमि क्षेत्रफल ७५ लाख जनसंख्या भएको युरोपको केन्द्रमा रहेको यो सुन्दर देशको अनुहार धेरै हिसाबले नेपालसँग मिल्छ तैपनि हामी जहाँको त्यही छौं, उनीहरू कहाँ पुगिसके स्विट्जरल्यान्ड संघीय गणराज्य हो राज्यपरिषद्ले प्रत्येक वर्ष पालैपालो राष्ट्रपति चुन्ने गर्छ नेपाललाई संघीय गणराज्य घोषणा गरेको पनि वर्ष नाघिसक्यो आफूलाई सुम्पेको जिम्मेवारी नै पूरा नगरी संविधानसभा भङ्ग भयो अर्को संविधानसभा निर्वाचनको संघारमा हामी आइपुगेका छौं
पर्यटन कृषि क्षेत्रमा स्विट्जरल्याण्ड समृद्ध त्यहाँको जेनेभा, जुरिक, बर्नलगायतका सहर पहाड हेर्न पर्यटकको ओइरो लाग्छ कृषिमा पशुपालन -खासगरी गाई) मा स्विट्जरल्यान्ड प्रसिद्ध त्यहाँको चीज चक्लेट संसारभरि कहलिएका छन् स्विस घडीलाई अरूले चुनौती दिन सकेका छैनन्
   
स्विट्जरल्यान्डको द्रुत विकासको एउटा कारण त्यहाँका बैंकहरूमा संसारभरिका धनी मानिसहरूले विश्वास गरेर जम्मा गरेको धन हो स्विस बैंकहरू ग्राहकको गोपनीयता राख्ने कुरामा कहलिएका छन् स्विस बैंक रहेको जमिनमुनि अरबतिरका धनाढ्यको सुन टनका टन भएको त्यहाँका बासिन्दा बताउने गर्छन् नेपालका समेत केही धनी मानिसहरूको धन स्विस बैंकमा जम्मा भएको कुरा पञ्चायतकालमै सुनिन्थ्यो सन् २००२ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएपछि अहिले सम्पत्ति शुद्धीकरणको विश्वव्यापी अभियानका कारण स्विट्जरल्यान्डमाथि दबाब बढ्दो  
स्विट्जरल्यान्डमा जस्तो प्रकृति , त्यो नेपालसँग त्यो पहाडी देश पनि पेट्रोलियम, सुन, हीरा खानीमा धनी होइन स्विट्जरल्यान्डमा जताततै पहाडलाई छेडेर सुरुङ मार्ग बनेका छन् हाम्रा लागि त्यो असम्भव छैन पूर्वाधार भए हामीकहाँ पनि पर्यटकको ओइरो लागिहाल्छ काठमाडौं उपत्यकाका साथै पोखरा, जिरी, पाल्पा, इलाम, जोमसोमलगायत दर्जनौं ठाउँ छन्, जसलाई जुरिक, जेनेभा बर्नजत्तिकै आकर्षक बनाउन सकिन्छ  
हाम्रा हिमालभन्दा निकै होचा हिमालहरूमा स्कीलगायत अन्य स्नो एडभेन्चरको मज्जा लिन यहाँ लाखौं पर्यटकहरू बर्सेनि आउने गर्छन् यो हाम्रा लागि असहज हुने कुरा भएन जेनेभा जुरिक लेकले लाखौं पर्यटक आकषिर्त गर्छ हामीसँग फेवा, रारा, फोक्सुन्डोजस्ता तीभन्दा सुन्दर ताल छन् नभएको बाटोघाटो हो पूर्वाधार बनिदिए भारत चीनको विकाससँगै उच्च उच्च मध्यमवर्गीय परिवारका प्रमोसन भएका पर्यटक नै थेगिनसक्नु हुने थिए
कृषिमा अपार सम्भाावना जैविक विविधताको कारण कृषिजन्य उत्पादन निर्यातबाटै हामीले धेरै कुरा पाउन सक्थ्यौं तर हामीलाई देखाइएका सपनालाई साकार पार्ने दूरदृष्टि इमानदारी हाम्रो नेतृत्वमा कहिल्यै भएन
गैरआवासीय नेपालीको बैठकको उद्घाटनमा स्विट्जरल्यान्डकी पूर्व फेडरल चान्सलर डा. अन्नामारी ह्युबर होट्ज उपस्थित थिइन् बैठकको उद्घाटन समारोह सकिएपछि उनीसँग एकैछिन भलाकुसारी गर्ने अवसर मिल्यो नेपाललाई असाध्यै माया गर्ने यी महिलाले दुईजना धर्म पुत्रीसमेत नेपालबाटै ल्याएकी रहिछन् निकैपटक नेपाल भ्रमण गरेकी उनले मलाई सोधिन्, ' धेरैपटक नेपाल पुगें प्रत्येकपटक नेपाल जाँदा त्यहाँको अवस्था झन्झन् खस्कँदै गएको जस्तो लाग्छ त्यति धेरै सम्पदा भएको त्यति सुन्दर देश, मिहिनेती शालीन नागरिक हुँदाहुँदै पनि के कारणले होला अझै पनि यति धेरै पछाडि ? हाम्रो देशमा जस्तै नेपालको उत्तरोत्तर समृद्धि भएको देख्ने मेरो सपना प्रत्येक भ्रमणमा दुर्घटनाग्रस्त हुन्छ सधैं मलीन भाव बोकेर फर्किन्छु '
स्विट्जरल्यान्डमा बस्ने नेपाली साथीहरूका अनुसार स्विसहरू नेपालप्रति सद्भाव राख्छन् पहाडी मुलुक भएकै कारणले पनि तिनीहरूमा नेपालप्रति सद्भाव थपिएको रे बैठकमा नेपालमा स्वयम्सेवक भएर लामो समय काम गरेका केही स्विस सरकारी तथा गैरसरकारी संस्थासँग आवद्ध व्यक्तिहरूको सहभागितामा एउटा सेसन नै सञ्चालन गरियो नेपालको जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेकी एक स्विस चिकित्सक मेरो गृहनगर  रत्ननगर -चितवन) अस्पतालमा केही समय काम गरेकी रहिछन् 'हाम्रो देशजस्तै नेपाल पनि हिमाल, पहाडको देश हो बहुसंख्यक मानिसहरू बसोवास गर्ने ती दूरदराजमा चिकित्सकहरू जान नखोज्ने प्रवृत्ति निकै निराशाजनक हो,' तिनको गुनासो थियो हुन पनि सहरका गल्लीगल्ली डाक्टरका साइनबोर्डले छेकिने तर दुर्गम गाउँमा वर्षको एकपटक पनि डाक्टरको मुख नदेखिने प्रवृत्ति व्यवस्था सरकार आए पनि ज्यूँका त्यूँ कानुन सुविधा अर्थात् कर्तव्य अधिकारको स्पष्ट कार्यान्वयन भएमा सरकार डाक्टरको लडाइँमा आम जनताहरूले मिचाइँ भोग्नुपर्ने थिएन

ओसाका, मस्को, लन्डन, न्युयोर्क विश्वका महँगा सहरमा दरिएका छन् जुरिक पनि कम्ता महँगो लागेन जुरिक एयरपोर्टबाट सहरसम्म जम्मा बीस मिनेट ड्राइभमा ट्याक्सी भाडा ९० फ्रान्क अर्थात् झन्डै १०० डलर तिर्नुपर्दा त्यहाँको अरू महँगी देखेपछि र्फकने बेलामा एकजना सहभागी मित्रले मजाक गर्दै भने, 'यस्तै महँगी हुने हो भने अहिलेकै नेपाल ठीक ' अहिले लाग्छ, नेपाल एसियाको स्विट्जरल्यान्ड हो भने स्विट्जरल्यान्ड पृथ्वीको स्वर्ग







No comments:

Post a Comment