Sunday, 29 December 2013

कम्युटर एशोसिएशन विभाजित


canlogoलामो समयदेखि विवादमा रहेको कप्म्युटर एशोसिएशन अफ नेपाल (क्यान) शनिवार औपचारिक रुपमै विभाजित भएको छ ।



गत वर्ष असोज २० गते गठन भएको क्यानको तर्दथ समितिको कार्यकाल १ वर्ष रहेकोमा गत साउनमा भएको विशेष साधारण सभाले संघको महाधिवेशन आह्वान गर्ने निर्णय सहित तदर्थ समितको कार्यकाल एक वर्ष थप गरिएको थियो । तर मंसिर १५ गते शनिवार एक्कासी क्यान नेपालकै नाममा २० औ साधारण सभा डाकिएको थियो
आफैले साधारण सभा डाकेर अध्यक्ष र महासचिव सहितका पदाधिकारीहरु नै वैठक स्थल छाडेर गएको भन्दै असन्तुष्ट पक्षले साधारणसभा गरि क्यानका पूर्व अध्यक्ष विप्लवमा सिंहको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति गरेको हो । गएको असोज २०  मा वसेको विशेष साधारणसभाले क्यान महासंघमा जाने निर्णय गरे अनुरुप क्यानलाई महासंघमा  लैजाने प्रक्रिया समेत अघि बढिसकेको थियो ।
संस्थाका अध्यक्ष तथा महासचिव सहितका पदाधिकारीहरुको अनुपस्थितीमा शनिवार गरेको असन्तुष्ट पक्षको साधारणसभाले प्रस्तावित क्यान महासंघ नेपाल गठन गरिएको तदर्थ समितिका अध्यक्ष सिंहले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । संस्थाका पूर्व अध्यक्ष विप्पलमान सिंहको अध्यक्षतामा तदर्थ समिति वनाएर जाने साधारणसभाको निर्णय हुनुका साथै अव क्यान महासंघ निर्माणको अभियान अघि वढ्ने समेत सिंहले बताएका छन् ।

No comments:

Post a Comment