Tuesday, 24 December 2013

बेलायतमा जँड्याहाहरुको बितण्डा, इमर्जेन्सी सेवा नै बनाइदिए असफल

क्रिसमसअघिको शुक्रबार जसलाई ‘म्याड फ्राइडे पनि भनिन्छ । यही बहुलाह शुक्रबारका दिन बेलायतमा लाखौं जँड्याहाहरुले बितण्डा मच्चाएका छन् ।
क्रिसमसको बिदा सुरु हुनुअघिको अन्तिम शुक्रबार जसलाई यो सालको काम गर्ने अन्तिम दिनका रुपमा लिइन्छ । कामबाट निस्केका लाखौं बेलायतीहरुले बजोडसँग जाँड खाएर सडकमा रमिता देखाए ।
Mad-Friday
युवायुवतीहरु होस गुमाएर सडकमा पल्टिरहेका, अंगालो मारेर आपत्तिजनक अबस्थामा प्रेमालाप गरिरहेका, वान्ता गरिरहेका र आफ्ना कपडा फुकालिरहेका देखिन्थे । बार र क्लवबाट टिल्ल परेर निस्केका उनीहरु सडकमा खुट्टामाथि र टाउको तलको पोजिसनमा देखिन्थे ।
अश्लील गतिविधि गरिरहेको अवस्थामा युवायुवतीहरु रंगेहात पक्राउ परे । प्रहरीले सम्भावित घटनालाई ध्यान दिँदै अरु शुक्रबारभन्दा २० प्रतिशत बढि सुरक्षाकर्मी खटाएको थियो । तर, सडकमा लडिरहेका, अश्लिल हर्कत गरिरहेका, घाइते भएकाहरुलाई समात्न पुलिसलाई हम्मेहम्मे पर्‍यो ।
उनीहरुले बेलायतको बेलायतको इमर्जेन्सी सर्भिस नै असफल पारिदिएको मिरर न्यूजले जनाएको छ । बेलायतको म्योनचेष्टर, लिभरपुल लगायतका यस्ता उदेकलाग्दा तस्वीरहरु सार्वजनिक भएका छन् ।
Mad-Friday-1 Mad-Friday-2 Mad-Friday-3 Mad-Friday-4 Mad-Friday-6 Mad-Friday-7 Mad-Friday-8
 एजेन्सीको सहयोगमा 

No comments:

Post a Comment