विज्ञान / प्रविधि

 

सूर्यको सतहमा सूनामीजस्तो हलचल

 

(एजेन्सी)– अतंरिक्षमा उपस्थित दुइवटा अपग्रहहरुले सूर्यको सतहमा सूनामीजीस्तो हलचल भएको पत्ता लगाएका छन् ।
सूर्यको सतहमा भइरहेको विस्फोटबाट पैदा हुन लागेको सौर्य आँधीको प्रसार अंतरिक्षमा भइरहेको देखिएको छ । यसलाई ‘कोरोनल मास इन्जेक्सन’ अथवा ‘सीएमई’ पनि भनिएको छ ।
यो सौर्य आँधीको प्रभाव सूर्यको चुम्बकीय क्षेत्रमा निकै बढिरहेको छ । यसले नै गर्मी एवं विद्युतीय रुपबाट आयोनाइज्ड ग्याँसको प्रसार ४०० किलोमिटर प्रति सेकेन्डको रफ्तारमा भइरहेको छ ।
हिनोड उपग्रह
यसको श्रेय हिनोड नामको उपग्रहलाई दिइएको छ । हिनोड ती दुई उपग्रहमध्ये एक हो जसले सौर्य आँधिसँग सम्बन्धित यो आँकडालाई निकालेको थियो ।
सूर्यको चारेतर्फ हुने कोरोनाले यो ग्रहको सतह अधिक तात्ने गर्दछ । वैज्ञानिकहरुका लागि यो तथ्य ७० सालदेखि एउटा रहस्य बनेको थियो । यो प्रगति पछि अनुसन्धानकर्ताहरुको भनाई छ कि यो रहस्यको पत्ता लगाउन अब सम्भव हुने छ ।
जापानी उपग्रह हिनोड सन् २००६ देखि नै सूर्यको अध्ययन गरिरहेको छ । यो सन् २०१० मा ‘सोलार डाइनामिक्स अब्जवेट्री’थ्वीको कक्षामा स्थापित गरिएको थियो । दुईवटै उपग्रहहरु सूर्यबाट निस्कने पराबैगनी किरणहरुको अध्ययन गरिरहेको छ ।

No comments:

Post a Comment