मैले स्कुल पढ्दैदेखी साथीहरुको प्रेम पत्र लेखिदिन थालेँ । मेरा साथीका साथीहरुपनि मलाई प्रेमपत्र लेखिदिनुपर्यो भन्दै आउँथे । अनि म पनि फुरुक्क फुर्किएर कत्ति नै जान्ने झैँ ‘हुन्छ’ भनिहाल्थेँ । ती दिनहरुमा प्रेम प्रस्तावका पत्रहरु धेरै लेखिदिएँ मैले । टाढिन खोजेको केटाको मन पगाल्नुपर्ने केटीको पत्र पनि लेखिदिएँ । मेरो प्रेमिका छ भन्दा पनि मरिहत्ते गर्ने केटीलाई सम्झाउनुपर्ने केटाको पत्र पनि लेखिदिएँ । कत्तिको त पत्रमित्रताको पत्र समेत लेखिदिएँ मैले । क—कसको लागि मैले पत्र लेखिदिएँ हुँला भनेर सम्झिन खोजे पनि सकिन्न ऐले त । तर पत्र लेखनकै क्रमको एउटा कुरा भने कहिलेकाहीँ सम्झिएर रमाइलै लाग्छ मलाई । ८ कक्षामा पढ्दा एउटा केटा साथीको तर्फबाट जुन केटीलाई प्रेम प्रस्ताव सहितको पत्र लेखेको थिएँ, १० कक्षामा गएर त्यही केटीलाई अर्कै साथीको तर्फबाट पत्र लेखिदिनुपर्यो । अस्ति दशैँमा घर जाँदा दुबैजना नानीबाबु लिएर टीका थाप्न हिँडेको देखेँ, अनि दोश्रो पत्र चाहीँ स्वीकार्य भएछ भन्ने लाग्यो । मेरो यस्तै ढङ्गले गर्दा साथीहरुमाझ विशेष बन्दै गएँ म । पछि त कत्तिलाई प्रेम सम्बन्धी राय सल्लाह पनि दिन थालेँ । अहिले सम्झिन्छु, त्यतिबेलाका सल्लाहहरु सबै आदर्शकेन्द्रित हुन्थे, उ बेलाको हिन्दी फिल्मी शैलीको प्रेम जस्तो । मैले कहाँ पढेँ या सुनेँ त्यो त याद भएन तर त्यसताका मैले सबैलाई त्याग पनि त प्रेम हो भनेर सुनाउन थालेँ । एक हिसाबले मैले आत्मसाथ गरेको सिद्धान्त जस्तै थियो त्यो । अहिले सोँच्छु, त्यस्तो सल्लाह कसरी पचाउन सके होलान् ती केटाहरुले । अर्कैसँग प्रेम गरिरहेको थाहा पाउँदा पाउँदै पनि पछि लाग्ने केटाहरुलाई म चाहीँ प्रेम त पाउनुमा भन्दा बढी गुमाउनुमा पो प्रकट हुन्छ त भनेर प्रवचन सुनाउँथँे ।
कसरी सहे होलान मेरा कुरा तिनीहरुले भन्ने लाग्छ आज । एक हिसाबले आफ्नो उमेर समूहका साथीहरुका लागि, कसैको मन कसरी जित्ने ?,उसलाई पनि याद आओस् भन्नका लागि के कस्ता हर्कत गर्ने ?,एकतर्फी मायालाई दुईतर्फी बनाउन कसरी अघि बढ्ने ? भन्ने जस्ता विषयहरुको परामर्शदाता नै थिएँ क्यारे म ती दिनहरुमा । कत्ति त मलाई फुक्र्याउनका लागि पनि ‘प्रेम गुरु’ भनेर सम्बोधन गरिदिन्थे । मलाई पनि यो सम्बोधन निक्कै प्रिय लाग्थ्यो । तर कसैको सम्झनामा कसरी अटाउने भनेर सिकाउने मलाई एकदिन एकजना साथीले, [कसैलाई कसरी बिर्सिने] ? भनेर सोधिदियो । म अक्क न बक्क भएँ । मेरो अपेक्षा विपरीतको प्रश्न थियो त्यो । त्यतिबेला त मैले आफ्नो इज्जत बचाउन केही बकम्फुसे जवाफ दिएँ हुँला उसलाई । तर म स्वयमलाई भनेँ त्यो प्रश्नले मेरो ‘प्रेम गुरु’को सम्बोधन खोसिएको महसुस भयो । साँचो कुरा त, त्यतिबेला पनि नभेटेको प्रश्नको जवाफ यतिका वर्षसम्म पनि फेला पार्न सकेको छैन मैले । यो बीचमा धेरै प्रेमजोडीहरुको सहयोगी बनेँ हुँला म । अनि सल्लाह पनि थुप्रैलाई दिएँ हुँला । तर आज पनि त्यो हिजोको मेरो साथी बेलाबखत त्यही प्रश्न बोकेर झुल्किन्छ मेरो स्मृतिमा । यतिका वर्षसम्म उसले त्यो मान्छेलाई भुल्न सक्यो की सकेन त थाहा छैन । तर मैले भने आजसम्म उसको प्रश्नको जवाफ भेट्टाउन सकेको छैन । कुनैदिन भेटेँ भने उस्लाई खोज्दै पुग्नेछु म, उस्कै बस्तीमा । मलाई दिग्भ्रमित प्रश्न छाडेर गएपनि त्यतिबेला सायद उ त आफ्नै दुनियाँमा रमाइरहेको हुनेछ होला । अन्तै घरजम गरिसक्यो रे भन्ने त अरुहरुले मलाई सुनाएकै हुन् । जे सुकै होस् उस्लाई भेटेँ भने सुनाउनेछु त्यो जवाफ । अनि फिर्ता माग्नेछु मेरो ‘प्रेम गुरु’को पगरी । तर आजसम्म पनि मैले त्यो पगरी फिर्ता माग्न नसक्नुको एउटै कारण उसको प्रश्नको जवाफ अझै फेला पार्न सकेको छैन मैले । कुनैबेला मन बन्धकी दिएको मान्छेलाई कसरी भुल्ने त ? भन्ने प्रश्न नै मेरो औडाहापनको प्रमुख कारक तत्व हो । कहिलेकाहीँ त म जवाफ नै नभएको प्रश्नमा त अल्झिरहेको छैन ? भन्ने पनि लाग्छ । फेरी जिसस क्राइष्टले भनेको सम्झिन्छु, माग त तिमीले पाउनेछौ, खोज त भेट्टाउने छौ अनि ढक्ढक्याउ ढोका उघारिनेछ । अनि फेरी साहसहरु बटुलेर अघि लम्किन्छु म । यादहरु त खिल झैँ बिझेर बस्दा रहेछन्, घरिघरि बल्झिने गरि । घाउ झैँ खाटो बनेर बस्दा रहेछन्, जतिबेला नि खत देखिने गरि । अनि हस्तचक्र झैँ बेग्लै हुँदा रहेछन्, कसैसँग नमिल्ने गरि । मान्छेको मन चट्टान भन्दा पनि कडा हुँदो रहेछ क्यारे । जहाँ एकपटक इमान्दारीतासँग कसैको नाम खोपियो भने त्यो कहिले पनि नमेटिने । तपाईँ कत्तिले त भन्नुहोला, मैले उस्लाई भुलिसकेँ, अहिले त म आफ्नै सँसारमा रमाइरहेको छु । यस्ता बनावटी कुरा गरेर कतिदिन आफैलाई ढाँट्ने चेष्टा गर्नुहुन्छ तपाईँ । यदि इमान्दार भएर कुनै समय कसैसँग तपाईँले मन साँट्नु भएको थियो भने, म दावाका साथ भन्न सक्छु, आजसम्म पनि तपाईँले त्यो मान्छेलाई शतप्रतिशत भुल्न सक्नुभएकै छैन । न त भोलीका दिनमा सक्नुहुन्छ नै । कतिपय कुराहरु वर्तमान वातावरणले गर्दा सुषुप्त रहनुमा नै उचित ठहरिन्छन् । अझ खाँटी कुरो भन्ने हो भने त, हामी डराउँछौँ आफ्नै भन्नेहरुदेखी । अनि गाँठो पारेर राख्छौँ, पुराना यादहरु । ‘मनको वह, कसैलाई नकह’ भन्दै हरेक नयाँ दिनमा पुरानै तरिकाले बाँच्छौँ हामी । अहिले तपाईँ अरु कसैलाई माया गर्नुहुन्छ होला, या घरजम बसाएर नानीबाबु पनि भइसके होलान् । त्यसैले पनि तपाईँ चोतर्फी घेराबन्दीमा पर्नुभएको छ । तपाईँको विगत कुनैदिन सार्वजनिक भए त्यस्ले अहिलेको सम्बन्ध भत्काउन सक्छ भन्ने त्रासले नै सकेसम्म लुकाउँदै हुनुहुन्छ तपाईँ त्यो विगत । बिरालोले कुन्नी के हो लुकाए जस्तै । पानीलाई निक्कै कम तापक्रममा राखियो भने त्यो बरफ बन्छ । बरफ त्यतिबेलासम्म बरफ हो, जतिबेलासम्म त्यो तातोको नजिक पर्दैन । जब तातोको नजिक पर्छ, अनि त क्षणभरमै पग्लिएर पानी भइहाल्छ । अझ धेरैबेर ताप दिइयो भने त बाफ नै बनेर उडिजान्छ । तपाईँ पनि त्यही बरफ हो, जो आफु यथार्थमा पानी हो भन्ने पनि जबर्जस्ती बिर्सिएर बरफको अस्तित्वमा बाँचिरहनुभएको छ । कुनैदिन त्यो पुरानो मान्छेसँग संयोगले जम्काभेट भइयो भने बरफलाई तातोको छेउमा लगेजस्तै पग्लिन थाल्नुहुनेछ तपाईँ पनि । हराउनुहुनेछ ती नै पुराना दिनहरुमा । यदि तपाईँले आफैलाई ढाँट्नुभएको छैन भने, कहिलेकाहीँ त तपाईँ पनि सम्झिनुहुन्छ होला कुनै समय मन बसेको कोही मान्छेलाई ।
अनि, कास् उ सँग जीन्दगी बिताउन पाएको भए जीन्दगी अझ बढी आनन्दमय हुन्थ्यो होला भन्ने पनि सोँच्नुहुन्छ होला कहिलेकाहीँ । यदि कसैले मेरो अघिल्तिर आएर मैले पुरानो प्रेम चटक्कै भुलेँ भन्छ भने म उसको कुरामा कत्तिपनि विश्वास गर्दिनँ । कि त उसले हिजो मनैदेखी माया गरेको रहेनछ भन्ने बुझ्छु, कि त उ आज म सँग सत्य लुकाइरहेछ भन्ने सम्झन्छु । मैले यस्ता धेरै मान्छेहरु देखेको छु, जो आजपनि अर्कैको श्रीमती भइसकेकी पूर्व आफ्नो मान्छेको नानीबाबु देख्दा आफ्नैलाई जस्तै माया गर्छन्, केही किनेर हातमा राखिदिन्छन् पनि । अनि यस्ता मान्छेहरुपनि प्रशस्तै देखेको छु, जो माईती आउँदा हत्त न पत्त साथीकोमा गएर आफ्नो पूर्व प्रेमीको खबर सोध्न हत्तारिन्छन् । उस्ले किन अहिलेसम्म पनि विहे नगरेको रे, अब म भन्दा नी राम्री र मैले भन्दा पनि धेरै माया गर्ने केटी खोजेर विहे गर्नु रे भनिदिनु भन्ने सन्देश समेत छाड्छन् । त्यसैले अन्तमा म फेरी पनि भन्छु, यादहरु कहिल्यै पनि मेटिँदैनन् । यसअघि पनि भनेको थिएँ मैले, यादहरु भनेका त सिसाकलमले कोरिएका चित्र जस्तै हुन् । इरेजरले चित्र मेटेपनि त्यसका डोपहरु भने सँधै बसिरहन्छन्, लगभग चित्र जस्तै बनेर । अनि यसो पनि भनेको थिएँ मैले, चट्टानमा खोपिएका कुराहरु वर्षौँसम्म धुलोले ढाक्यो भन्दैमा मेटिएको ठान्ने गल्ती गर्नु हुँदैन हामीले । कुनैदिन हावाहुरी आए भने उडाउनेछन् ती धुलोहरु अनि खोपिएका
Copy and WIN : http://ow.ly/KfYkt



No comments:
Post a Comment