काठमाडौं– एयर जर्मेटका पाइलट जिरोल्ड बिनर र उद्धार विशेÈज्ञ बुनो जेल्क सन् २०१० मा काठमाडौं आउनेबित्तिकै हिमालयमा उद्धार केन्द्र स्थापना गर्ने योजना बनाउँछन्। हिमालयमा सात हजार मिटरको उचाईमा समेत उद्धार गर्न जानुपर्ने हुनसक्छ। यसैका लागि उनले नेपाली सहकर्मीको सहयोगमा उठाउने जोखिमको कथा भएको डकुमेन्ट्रीमा दर्शकहरु रोमान्चित बने।
'हेलिकप्टर रेस्क्युएर इन दि हिमालय' नामक डकुमेन्ट्री बिहीबार 'काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)'मा देखाइयो। फ्रयान्क सेन र हरि थापाको निर्देशनमा बनेको डकुमेन्ट्री स्विजरल्याड र नेपालको लगानीमा तयार भएको हो। हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट सबिन बस्नेत र उद्धारकर्ता पूर्ण अवालेको बहादुरीपूर्ण प्रसंग पनि यसमा समेटिएको छ। डकुमेन्ट्री प्रदर्शनपछि हेलिकप्टरबाट गरिने उद्धार कार्यबारे अन्तरक्रिया पनि भएको थियो, जसमा पाइलट सिद्धार्थ गुरुङ, फ्रान्क सेन, सुरेश आचार्य र रमेश धमला वक्ता थिए।
निर्देशक दिनेश पाल्पालीको 'बालकृष्ण सम' नामक फिल्मले बिहीबार चर्चा बटुल्यो। सुदूरपश्चिममा रहेको जातीय विभेदले गाउँ छाड्न बाध्य स्कुले बालकको कथा यसमा छ। 'कृष्ण' नामक भूमिकामा देखिएका स्कुले बालकले 'नेपाली' थर हुनाको कारण साथीहरुबाट हेपिन्छन्।
लुकामारी खेल्ने क्रममा तथाकथित उच्च जातिको भान्छामा प्रवेश गरेको आरोप खेप्छन्। बुबाले बिनाकारण पिटाइ खाएको देखेर उच्चजातिका व्यक्तिलाई पिटेर ऊ भाग्छ। यो फिल्म महोत्सवको नेपाली पानोरमातर्फ प्रतिस्पर्धा गरिरहेको छ।
'मैले जातीय मुद्दामाथि काम गर्ने एक संस्थाको कामले सुदूरपश्चिम भम्रणको क्रममा देखेका दृश्यलाई फिल्ममा उतारेको हुँ। जातीय विभेदका कारण वर्षेनी बालबालिकाहरु भारत पस्न बाध्य छन्,' निर्देशक पाल्पालीले भने।
स्थानीय बालबालिकालाई अभिनयसम्बन्धी कार्यशाला दिएर सुटिङ सुरु गरिएको उनले बताए। उनले फिल्ममा लगभग चार लाख रुपैयाँ खर्च गरेका छन्।
'महोत्सवमा दर्शकहरुको सहभागिता उत्साहजनक छ। फिल्ममात्र नभएर फोटो प्रदर्शनीबारे पनि राम्रो प्रतिक्रिया पाइरहेका छौं,' आयोजक रम्यता लिम्बुले भनिन्।
हिमाल एसोसियसनको आयोजनामा भइरहेको पाँच दिने महोत्सवमा शुक्रबार उद्घाटनमा देखाइएको 'चेजिङ रेन्बोज' फेरि प्रदर्शन गरिनेछ। त्यस्तै जापानका रेस्टुरेन्टहरुमा काम गर्ने नेपालीको कथा रहेको 'प्लेइङ विथ नान', तान्जानियाका अल्बाइनोहरुप्रति गरिने विभेदबारे 'इन दि स्याडो अफ दि सन', मंगोलियाको लोपोन्मुख मृत्युसंस्कार सम्बन्धी 'स्काइ ब्युरियल'जस्ता फिल्म देखाइनेछ। राष्ट्रिय सभागृहका दुइटा हलमा एकसाथ भइरहेको ११ औं संस्करणको 'किम्फ' आइतबारसम्म चल्नेछ।

No comments:
Post a Comment