Tuesday, 15 October 2013

भारतमा समुद्री आँधीको महाविनास (फोटो फिचर)

_70440342_70440341काठमाडौं, असोज २७ – भारतमा सन् १९९९ पछिकै सबैभन्दा ठूलो समुद्री आँधीले महाविनास गरेको छ । शनिबार राती स्थानिय समय अनुसार करिब ९ बजेर १५ मिनेट जाँदा ओरिसा राज्यको गोपालपुरको समुद्र तटमा सबैभन्दा पहिले आएको सो आँधीले ५ लाखभन्दा बढी मानिसलाई अहिले घरबारबिहीन बनाएको छ । करिब २०० किलोमिटर प्रति घण्टाको रफ्तारमा आएको फाइलिन आँधीको अहिले गति केही कम भएको छ तर त्यसले आफ्नो पछाडि ठूलो विनास गरेको छ । यो समाचार तयार पार्दासम्म ७ जनाको मृत्यु भएको खबर आएको छ । भारतमा आएको आँधीको असर नेपालमा पनि देखिएको छ । शनिबारपछि एक्कासी मौसम धुम्मिएको छ भने देशको पूर्वी भागहरुमा पानी पनि परिरहेको बताइएको छ । हेर्नुहोस् तस्विरमा भारतमा आँधीको महाविनासः
CYCLONE-slide-F713-articleLarge20131013_CYCLONE-slide-7TDE-articleLarge20131013_CYCLONE-slide-MBER-articleLarge_70443818_7044381720131013_CYCLONE-slide-MHK1-articleLarge_70443820_70443819_70443692_70443691_70440346_70440345
 

No comments:

Post a Comment