

पोखरा उपत्यकाभित्र पर्ने अर्मला गाविस पोखरा उपमहानगरपालिकासितै जोडिएको छ। महेन्द्र गुफाबाट अलिकति पर पुग्यो भने आजभोलि निकै चर्चामा रहेको यो ठाउँ पुगिन्छ। त्यहाँ ५० भन्दा बढी ठाउँमा जमिन प्वाल परेर सिङ्कहोल देखिएको छ। त्यहाँ म पुग्दा जे जस्तो देखेँ, आफ्नै आँखाले हेरे जसरी हेर्नुस् तलका केही सम्पादन नगरिएका भिडियोहरुमा।
सबभन्दा पहिला महेन्द्र गुफाबाट अगाडि बढिसकेपछि केही अघि पिच गरिएको सडकमा सवारी साधनको आवागमन बन्द गरिएको छ। पोखरा उपमहानगरपालिकाबाट यहाँ हेर्न आउनेहरुले बाइक तलै छाडेर जानुपर्छ। हेर्नुस् त्यसको भिडियो-
त्यहाँबाट अलि माथि हिँडेर गएपछि जताततै गोलो आकारका सिङ्कहोल नै सिङ्कहोल देखिन्छ। दायाँ छेउमा काली खोला बगेको छ। एउटा भिरबाट हेर्दा काली खोला चाहिँ सङ्ग्लो बगेको थियो। भिरमुनिबाट भने कमेरे माटो पगालेको सेतो पानी निस्किरहेको थियो। चासो लागेर भिरबाट तलै गई हेर्दा भिरको एउटा कापबाट कमेरो मिसिएको पानी बगिरहेको रहेछ। साथमा तपाईँले खोल्साको पानीको निकासका लागि डोजरले खनिरहेको पनि देख्न सक्नुहुन्छ। हेर्नुस् भिडियो-
अब आउनुस् फेरि माथि नै जाउँ। भिरबाट उकालो लागेर हेर्दा कस्तो अचम्मको दृश्य। सँगसँगै नै जमिनमा प्वालैप्वाल। कुनै प्वाल कति ठूला। राम्रोसँग हेर्दा देखिन्छ, ठूलो खाडलमा सानो प्वाल त धेरै तलसम्म गएको छ। कुनै खाडलमा पानी समेत जमेको छ। हेर्नुस् सिङ्कहोल देखिने भिडियो
एक जना स्थानीय बासिन्दासित कुराकानी। उनले नाग मारेको कारण यस्तो भएको विश्वासले पूजा गर्न लागेको बताएका थिए। शुक्रबार र शनिबार दुई दिन त्यहाँ पूजा पनि गरिएको छ। सिङ्कहोल बन्दै गर्दा कस्तो देखिने रहेछ, उनले सुनाएका छन्। साथमा हातको १० लाखमा बिक्री हुने त्यहाँको जग्गा बेच्न गरिएको प्लटिङको दृश्य पनि देखिन्छ। हेर्नुस् भिडियो-
[के तपाईँले पोखरा वा नेपालका अन्य कुनै ठाउँमा यसरी सिङ्कहोल बनेको देख्नुभएको वा सुन्नुभएको छ ?
No comments:
Post a Comment