यो अन्तरिक्षयान सफलतापूर्वक पृथ्वीको कक्षबाहिर पुगेको छ र यसले मङ्गलसम्म १० महिनाको यात्रा गर्नेछ । यसबीचमा यस यानले सूर्यको पनि परिक्रमा गर्नेछ । आउँदो सेप्टेम्बरमा यो यान मङ्गलमा पुग्ने अनुमान गरिएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनका अध्यक्ष के. राधाकृष्णनले ट्विटमा सबैकुरा सही रूपमा अगाडि बढेको, आफूहरूले मङ्गलयानको स्वास्थ्य तथा सबै कुरा सामान्य पाएको बताउनुभएको छ । सङ्गठनले एक विज्ञप्ति प्रकाशन गरी अन्तरिक्षयान १० महिनाको यात्रा तथा सूर्यलाई परिक्रमा गरी मङ्गलमा पुग्ने जानकारी दिएको छ ।
यस अभियानले मङ्गलयानले एक अर्ब २० करोड जनताको सपना मङ्गलतर्फ लगेको धारणा व्यक्त गरेको छ । मङ्गलतर्फको आधाभन्दा बढी अभियानहरू असफल भएका छन् र चीनले सन् २०११ तथा जापानले २००३ मा असफलता हासिल गरेका छन् । यसैले मङ्गल पुग्नुपूर्व मङ्गलयानले पनि अझै बाधा भोग्नुपर्ने हुन्छ ।
हालसम्म अमेरिका, युरोपेली अन्तरिक्ष संस्था तथा रसियाले मात्र मङ्गलमा सफल अभियान पठाएका छन् ।

No comments:
Post a Comment