Sunday, 1 December 2013

बाफ रे ! एक सय फिट अग्लो घोडा (फोटोफिचरसहित)

घोडाको यो विशाल मोडल संसारको मुर्तिकलाको क्षेत्रमा एक प्रकारको अनौठो मात्र छैन, सबैभन्दा ठुलो पनि छ । बेलायतमा यसको निर्माण कार्य पूरा भएको छ। स्कटिस क्यानल्सका लागि काम गर्ने एन्जेला फिनलेले यो घोडाको तस्वीर लिएका हुन् ।
 दी केल्पिज परियोजना पूरा गनृ पाँच मिलियन पाउण्ड खर्च भएको बताइएको छ। यो प्रतिमुर्ति फैलकिर्क नजिक स्थापना गरिएको छ। यो परियोजनासँग सम्बन्धित एलेन स्टाइल्सले घोडाको यो मुर्तिमाथिबाट तस्वीर हुन् ।
फैलकिर्क क्षेत्रको स्कटल्याण्डको लगभग बीचमा पर्दछ  । १०० फिट उचाईको यो प्रतिमाको काम हेलिक्स डेभलपमेन्ट प्रोजेक्टको एक अंग हो । दी केल्पिज परियोजनाको काम आधिकारिक रुपमा २७ नोभेम्बरमा पूरा भएको हो । हेलिक्सको टीमसँगै रहेका बेन विलियम्सले यो तस्वीर आफ्नो क्यामेरामा कैद गरेका थिए ।
दी हेलिक्स परियोजनाका लागि दी बिग लटरी फण्ड, फैलकिर्क काउन्सिल र स्कटिस कनैल्सले रकम जुटाएका हुन् । दी केल्पिज परियोजना बेलायतको सबैभन्दा अग्लो लोक कलाको नामूनाका रुपमा चर्चित भइरहेको छ। दी केल्पिजमा हरेक वर्ष लाखौ मानिसले हेर्न सक्नेछन् । यो दृष्य नजिकको नहर र राजमार्गबाट पनि देख्न सकिनेछ । एजेन्सी

                                                       अरु पनी हेर्नुस फोटा हरु। ….






No comments:

Post a Comment