Thursday, 29 August 2013

घरमा मोबाइल छोडिए पनि अफिसबाट नै पढ्नुस् मोबाइलमा आएको म्यासेज



कहिले काही अफिस जाँदा ढिलो भएको बेला पक्कै पनि कति पटक त मोबाइल फोन घरमा नै छुटेको छ होला । भर्खरै घरबाट निस्केको हो भने त ठिकै छ, यदि बिच बाटोमा आएर सम्झियो भने घर फर्कनु पनि सम्भव हुँदैन । तर अब यस्तो परिस्थितिमा आत्तिनु पर्दैन । किनभने हावामा कुरा गर्ने टेक्नोलोजीले यस समस्यालाई निकै सहज बनाइ दिएको छ ।यदी तपाईले आफ्नो मोबाइल फोन कही कतै भुल्नु भएको छ भने पनि तपाईको मोवाइलमा आएको इन्कमिंग कल र म्यासेज हेर्न सक्नु हुन्छ । यदी तपाईसंग एन्ड्रोयड फोन छ भने यसको चिन्ता लिनु पर्दैन । एन्ड्रोयड युजर्सको लागि गुगल प्लेमा यस्तो धेरैजसो एप्लीकेसन छ, जसले गाह्रो भन्दा गाह्रो कामलाई सहज बनाइ दिन्छ । जसमध्ये एउटा यस्तो एप्लीकेशन जसले तपाईको घरमा राखेको मोबाइलको इन्कमिंग म्यासेज पढ्न सक्नु हुन्छ ।


गुगल प्लेमा माइटीटेक्सको नामको यो एप्लीकेशन तपाईले पाउन सक्नु हुन्छ । साथै म्यासेज पढ्न मात्र नभई जवाफ पनि दिन सक्नु हुन्छ । यसको लागि मात्र माइटीटेक्स्ट एप्लीकेशनलाई मोबाइल फोनमा इन्स्टल गनुहोस् । केही मिनेटमा सबै म्यासेज सिंक हुन्छ र पुनः https: / / mightytext. net / app / लिंकमा कम्प्यूटरबाट लगीन हुन्छ । लगीन भएपछि गुगल आईडी र पासवर्ड हाल्नु पर्ने हुन्छ ।
यसपछि तपाईको मोबाइलमा आएको सबै म्यासेजहरु कम्प्यूटर स्क्रीनमा देख्न सक्नु हुनेछ । साथै तपाईले कम्प्युटरबाट नै अन्य मित्रलाई म्यासेज पठाएमा पनि तपाईको मोबाइल नम्बर बाट नै म्यासेज जाने गर्छ । यस एप्लीकेशनलाई प्रयोग गर्नका लागि पहिले https: / / mightytext. net / tos यस वेबसाइटमा दिएको निर्देशन पढ्न सक्नु हुन्छ ।

No comments:

Post a Comment