कम्प्युटर प्रयोगको समय बढेसँगै यसमा अनावश्यक फाइल जम्मा हुँदै जान्छन् । यसले कम्प्युटरको गति सुस्त बनाउँछ । तर, एप्लिकेशनको प्रयोगबाटै यो समस्या समाधान गर्न सकिने भएको छ । यसको प्रयोगले कम्प्युटरको गतिमा उल्लेख्य सुधार ल्याउन सकिन्छ ।
डुप्लिकेट फाइल व्यवस्थापन
एकै प्रकृतिका फाइल कम्प्युटरका फरक स्थानमा कपी तथा सञ्चय गर्दा यसको गतिमा ह्रास आउन सक्छ । यसका लागि इजी डुप्लिकेट फाइण्डर प्रोग्रामको प्रयोग गर्न सकिन्छ । म्याक तथा विण्डोज प्रयोगकर्ता दुवैका लागि उपयोगी यो एप्लिकेशनले एकै प्रकृतिका फाइल खोजेर त्यसको उचित व्यवस्थापन गर्न सहयोग पुर्याउँछ । यो एप्स इजी डुप्लिकेट फाइण्ड डटकममा लगइन गरी डाउनलोड गर्न सकिन्छ । यो सफ्टवेयर निःशुल्क उपलब्ध छ ।
टेम्पोररी फाइल व्यवस्थापन
टेम्पोररी फाइल भनेको ब्राउजरसँग सम्बन्धित फाइल हुन् । नयाँ एप्लिकेशन इन्ष्टल गर्दा यी फाइल स्वाभाविक रूपमा निर्माण हुने गर्छन् । साधारणतया यी फाइल सम्बन्धित प्रोग्राम आफैले हटाउने गर्छन् । तर, सधैं यस्तो नहुन सक्छ । यसरी टेम्पोररी फाइल क्रमशः जम्मा हुँदै जाँदा तिनले कम्प्युटरको हार्डडिस्कको स्थान ओगट्छन् । यसले कम्प्युटरको स्पीड कम गराउँछ । यसको उचित व्यवस्थापनका लागि सिक्लिनर (पिरिफम डटकम/सिक्लिनर)को प्रयोग गर्न सकिन्छ । यो म्याक तथा विण्डोज दुवैका लागि उपयोगी छ ।
सर्टकट व्यवस्थापन
सधैं प्रयोगमा आइरहने प्रोग्राम तथा सफ्टवेयरको सर्टकट आफ्नो डेस्कटपमा राख्ने प्रचलन छ । यसले तपाईंको समय बचत गर्ने तथा कार्यक्षमता बढाउनसमेत सहयोग गर्छ । तर, धेरै सर्टकटको प्रयोगले समस्या पनि ल्याउन सक्छ । केही प्रोग्रामले इन्ष्टल गर्दा नै डेस्कटपमा सर्टकटको निर्माण गर्छन् । विण्डोज एक्सपीमा डेस्कटप क्लिनिङ विजार्डको समेत व्यवस्था गरिएको हुन्छ । यसले कम्प्युटर स्क्यान गरी प्रयोगविहीन अवस्थामा रहेका आइकन पत्ता लगाई त्यसलाई हटाउँछ । विण्डोज भिष्टा, सेभेन र एटका प्रयोगकर्ताले सर्टकट किलरको प्रयोग गर्न सक्छन् ।
डिफ्राग
अप डिफ्राग्मेण्टेशनले हार्ड ड्राइभमा रहेका कण्टेण्टको उचित व्यवस्थापन गर्दै सञ्चित भएका फाइलमा सहज पहुँच राख्न सहयोगी भूमिका खेल्छ । रोबट डिफ्राग्लर (पिरिफम डटकम/डी फ्राग्लर) नामक सफ्टवेयरले समग्र हार्डड्राइभ वा आफूले चाहेको फोल्डरको मात्र स्क्यान गरी डिफ्राग गर्छ । यसले ड्राइभमा रहेको स्थान (स्पेस)को कसरी सदुपयोग गर्न सकिन्छ भन्ने जानकारी उपलब्ध गराउँछ । म्याकका प्रयोगकर्तालाई साधारणतया ड्राइभ डिफ्राग गर्नुपर्ने अवस्था उत्पन्न हुँदैन । किनकि, यसले २० एमबीभन्दा कम साइजका ड्राइभ आफै डिफ्राग गर्छ ।
बुट तथा स्टार्टअप मेण्टिनेन्स
धेरै प्रोग्राम इन्ष्टल गर्दै जाँदा कम्प्युटरको गतिमा कमी आएको अनुभव हुन थाल्छ । बुटका दौरान स्वाभाविक रूपमा एप्लिकेशन तथा प्रोग्राम पनि सक्रिय हुँदा यस्तो हुने गर्छ । सोल्युटो (सोल्युटो डटकम)को प्रयोगबाट यो समस्याको समाधान गर्नसमेत सकिन्छ । यसले कम्प्युटरको बुट समयको अवलोकन गरी अनावश्यक स्टार्टअप प्रोग्राम हटाउन सहयोग पुर्याउँछ । म्याकका प्रयोगकर्ताले सिष्टम प्रिफ्रेन्समा गई एकाउण्ट्समा प्रवेश गरी लगइन आइटमको छनोट गरी अनावश्यक स्टार्टअप प्रोग्राम हटाउन सक्छन् ।
रेजिष्ट्री व्यवस्थापन
रेजिष्ट्रीमा खराबी पनि विण्डोज पीसीको गतिमा कमी ल्याउने प्रमुख समस्याका रूपमा रहेको छ । खराब इण्ट्रीका कारण यसमा समस्या आउने गर्छ । गलेरीसफ्ट डटकम/रेजिष्ट्री रिपेयरमा गई सित्तैमा उपलब्ध रेजिष्ट्री रिपेयर सफ्टवेयर डाउनलोड गरी यसको समाधान गर्न सकिन्छ । यसले समग्र प्रणालीको स्क्यान गरी तिनको समाधान उपलब्ध गराउँछ । तपाईंको प्रणालीमा समस्या आउँदा पुरानै अवस्थामा लैजानसमेत यसको प्रयोग गर्न सकिन्छ ।
ट्युनअप युटिलिटी
आफ्ना कम्प्युटरमा आउने समग्र समस्याको समाधानका लागि तपार्इं ट्युनअप युटिलिटी (ट्युनअप डटकम)को समेत प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले केही रकम भने अवश्य तिर्नुपर्ने हुन्छ । रकम तिरेर आफ्नो प्रोफाइल बनाएपछि यसले तपाईंको कम्प्युटरमा रहेका समस्याको समाधानका लागि उपायहरू उपलब्ध गराउँछ । कम्प्युटर स्क्यान गर्न तथा तिनको समाधानका लागि आवश्यक सम्पूर्ण टुल्स पहिले नै यसमा समायोजन गरिएको हुन्छ । यसको सहायताले पर्सनल कम्प्युटर (पीसी) को बुटअप तथा सटडाउन समय घटाउन, सुरक्षित रूपमा फाइल डिलिट गर्न र प्रोग्राम अनइन्ष्टल गर्न सकिन्छ ।
साथी वा प्राविधिकको सहयोग
यदि तपाईं एडभान्ष्ड सेटिङ चलाउन अभ्यस्त हुनुहुन्न भने तपाईं समस्या समाधानका लागि प्राविधिक ज्ञान भएको साथीको सहयोग लिन सक्नुहुन्छ । यसका लागि विभिन्न अनलाइन सर्भिस तथा टुल उपलब्ध छन् । लगमिइन, टिमभिवर र क्रसलुपजस्ता सित्तैमा उपलब्ध टुल हुन् । यिनको सहायता लिई तपाईं आफ्नो कम्प्युटरको नियन्त्रण तिनलाई उपलब्ध गराउन सक्नुहुन्छ । यसमा पहुँच बनाउन स्वाभाविक रूपमा तपाईंको स्वीकृतिको आवश्यकता पर्ने भएकाले खासै खतरा पनि रहन्न । यसरी आफ्नो समस्या समाधानका लागि सफ्टवेयर तथा दुवैतर्फ भरपर्दो ब्रोडब्याण्ड सेवाको उपलब्धता भने आवश्यक हुन्छ ।

No comments:
Post a Comment