Saturday, 3 August 2013

कसले जन्मायो होला पैसा ?

कसले जन्मायो होला पैसा ? कसले न्वारान गरे होला यसको ? शिक्षा दिने गुरु को होलान् ? कहिलेकाहिँ पैसा जन्माउने आमालाई समेत झर्पान मन लाग्छ, न्वारान गर्ने पुरोहितदेखि रिस उठ्छ, शिक्षा दिने गुरुदेखि दुःख लाग्छ
पैसाका गुरु हो तिमी कस्ता गुरु हौ ? तिमीले आफ्नो चेलालाई सामान्य सदाचारसम्म सिकाएनौ ? यतिसम्म कि आफ्ना कारणले कसैलाई चोट नपुगोस्, आफूले गर्दा कसैले दुःख नपाउन्, आफ्ना कारणले कुनै असहज परिस्थितिमा कोही नरुमल्लिउन् भनेरसम्म सिकाएन छौ त्यसैले भन्न कर लाग्दैछतिमी गुरुका नाममा गोरु रहेछौ कस्तो शिक्षा चेलालाई दिने हो तिमीलाई नै थाहा रहेनछ धिक्कार तिमीलाई ! केटाकेटीका लागी पहिलो पाठशाला घर दोस्रो स्कुल, गुरुले जे सिकाए त्यही सिक्ने हुन चेलाले पैसाको गुरु तिमी कति अज्ञानि गुरु रहेछौ, तिम्रो चेलालाई सबैले थुकिरहेकाछन् त्यो भनेको तिम्रो शिक्षालाई थुकिएको हो तिमी कस्ता गुरु ? दोणचार्य ले ˆनो चेलालाई सहि पथमा नै डोर्याएका थिय तिमीलाई कस्ले सिकायो स्वार्थी शिक्षाको उत्पादन गर्न ? तिमी बखासुर रहेछौ जस्ले चेलालाई सधै अपराधिक बाटो लैजाल्थ्यो हिडेम्ब हौ तिमी, बेबकुव राक्षस आफू नि घर नबनाउने अरुको घर नि भत्काउने बाँदर जस्तै स्वभाव रहेछ तिम्रो ज्ञान नै नभई गुरु बन्न खोज्ने, असल गुरुको बदनाम गर्ने

पैसाकी आमा तिमीले कलविख जस्तो तितो, कोइला जस्तो कालो सन्तान जन्माइछौ साँच्चै बेवकुब सन्तान जन्माइछौ तिमीले साँच्चै भनेको पैसाकी आमा तिमीले कस्तो दुष्ट दिने रुष्ट हुने सन्तान जन्मायौ ? तिमै्र सन्तानका कारण मानिस व्यभिचारी, दुराचारी, अत्याचारी, आडम्बरी भएका छन् कयौँ चेलिबेटीहरु पेट्रोल खन्याएर मारिएका छन् कयौँ केटाकेटीहरु टुक्रा टुक्रा पारेर काटिएर ˆयालिएका छन् ˆनै दाजुभाइ दिदीबहिनीको नाता समुद्रका किनारा झैँ अलग भएका छन्, कहिल्यै मेल नहुने गरी मात्र तिम्रै सन्तानका निम्ति नङ मासुको जस्तो मानवताको नाता आकाश पातलको जस्तै दुर भएको मायाको परिभाषा विपरीत भएको
उफ्
! तिमी कस्ती आमा हौ ? आफ्ना सन्तानको कारणले अरुको आँखाबाट बगेको अँासुमा डुबेर पौडी खेल्ने ? कति निर्दयी तिमी आफ्नै सन्तानको कुर्कमका अट्टहास गर्ने ? आमाले आफ्ना सन्तानलाई असल बाटोमा डोर्याउनु पर्ने होइन ? सन्तानलाई सही पथ देखाउने सामाथ्र्य नै तिमीमा थिएन भने आमा बन्ने दुःचेष्टा तिमीले किन गर्यौ ? साँच्चै घिनलाग्दो फोहोरी सन्तान जन्माइछौ तिमीलेडुङडुङती गनाउने
सबैतिर फाटो सिर्जना गर्ने सन्तान जन्मने बित्तिकै एसिड छर्केर किन मारिनौ तिमीले ? विश्वमा तीन भागको दुई भाग जलस्रोतले भरिएको त्यहाँ लगेर किन जलसमाधि लगाइदिइनौ ? यति धेरै मरुभूमिहरु छन् लगेर किन फ्याकिनौ ? एक असल आमाले सबैको हितका लाग आफ्नो सन्तान त्याग्न पर्ने होइन ? आफ्नै सन्तानका कारण मानव तड्पिइड्पिई रोहिरहेको हेर्ने तिमी कस्ती आमा ?
तिमी आमाको नाममा कलङ्क हौ, सबैको घृणाकी पात्र हौ छि छि दुरदुरमा रमाउने राक्षस हौ तिमी तिमी पूतना हौ, जसले अरुको भलो कहिल्यै चाहिन तिमी कैकैयी जस्तै आमा रहिछौ, आफ्नो मात्र भलो चाहाने सबैलाई पीडा दिने कुख्यात आमा हौ तिमी झुसिलकिराझैँ बिझाउने, लाभ्रेझैं टाँसिने कति अपराधी सन्तान तिम्रै सन्तानका लागि बाबुले छोरी दाजुले बहिनी बेच्दैछन् अपराध नै अपराध अभाबै अभाब भित्रिएको आज
पैसाकी आमा तिमी आमा भएर पनि किन पृथ्वी नै ध्वस्त पार्न उद्यत छौ ? आमा जस्तो पवित्र सम्मानित सम्बोधनको परिचय किन अर्कै बनाउन खोज्दै छ्यौ ? तिम्रो सन्तान हामीलाई सीनोझँै गनाएको , झिंगाहरु भुन्भुनाएका छन् तिमी विश्वप्रेमी भएको भए ˆनो सन्तानलाई उही बेलमा नै मार्ने थियौं तिमी विनासकारी आमा रहिछौ, किनकी तिम्रै सन्तानका लागि काटाकाट मारामार चलिरहेछ, घमासान युद्ध चर्किएको मानवमा वैमनस्य फाटोको वीजारोपण भएको रगतको पोखरी कति कति तिमी त्यसैको होली खेल्दै छौ होला हैन तिमी ?
हे कृष्ण तिमी सबैको मुखमा झुन्डिएका छौ तिम्रै कारणले गर्दा महाभारतको युद्धमा सत्यकै जित भयो तिमीलै गर्दा दोणाचार्य मरे, शिखन्डिलाई रथमा उभिन लगाएर भीष्म पितामह ढले, बहादुर दुर्योधन कर्ण तिमै्र कारणले मरे
हे राम तिमीले बहादुर रावणलाई मार्यौ यदि तिमीहरु -ˆना युगमा देखिएको जस्तै सत्य छौ भने, दीनदुःखीको दया गर्छौ भने मेरो साष्टाङ्ग दण्डवत गरी बिन्ती , कृपया पैसालाई मारिदेऊ तिमीले तथास्तु भन्दा कसैको माग पूरा हुन्थ्यो मेरो आराधना हामी सबैको मागलाईतथास्तुभनिदेऊ, जुन कुरा बहुमतले मात्र नभएर सर्वसम्मतिले पारित हाम्रो यति मागलाईतथास्तुभनिदियौ भने तिर्खाएका आँतहरु रसाउने थिए, भोकाएका पेटहरु भरिने थिए, मायाको वास्तविक परिभाषा जन्मने थियो, आफन्तमा मेलमिलाप हुने थियो, धनी गरिबको विभाजनको अन्त्य हुने थियो साथै, समानताको जन्म हुने थियो, मानवले आफ्नो वास्तविक परिचय थाहा पाउने थियो त्यसैले पैसालाई मारिदेऊ
अनि थाहा तिमीलाई ? तिमीले पैसालाई मारिदियौ भने हामी सबै मिली पैसाको मलामी जान्छौ बाँस, बन्चरो, कात्रोलगायतका आवश्यक सबै चिज लान्छौ यति मात्रै कहाँ हो पैसाको अन्तिम श्रद्धान्जलिका निम्ति सयपत्री, मखमली, गोदावरी सबै प्रजातिका फूलको समेत व्यवस्था गछौर्ँ सबै मान्छेको मागलाई नि पूरा गरेनौ भने तिमीलाई नि धिक्कार ! अनि भन्नछौंतिमी पनि निजी स्वार्थका भोका रहेछौ, बाहिर हेर्दा चामलको पिठो भित्र चैँ हाँडीको मसो जस्तै तिमीले अश्वत्थामालाई जुन श्राप दिएका थियौ, त्यही श्राप हामी तिमीलाई दिन बाध्य हुनेछौँ तिमी पनि हाम्रा घृणको पात्र हुनेछौ, हामी घृणा गर्छौ तिमीलाई पैसालाई जस्तै, पैसाकी आमालाई जस्तै, पैसाको गुरुलाई जस्तै, पैसाको पुरेहितलाई जस्तै तिमीलाई नि घृणा गर्छौँ हो हामी घृणा गर्छौँ तिमी नामका भगवान कामका बकासुर, हिडम्बा भन्दा नि घटिया हुनेछौ, तिमी कंशभन्दा फरक आचरणको हुने छैनौ तिमी बिनाशकारी पात्रको नामले चिनिने छौ

No comments:

Post a Comment