Thursday, 15 August 2013

गत वर्ष विदेसिनेको संख्या साढे चार लाख

गत आर्थिक वर्ष २०६९/७० मा साढे चार लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागले उक्त अवधिमा ४ लाख ५३ हजार ५ सय ४३ जनालाई वैदेशिक रोजगारीको लागि अन्तिम स्वीकृति प्रदान गरेको जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा विदेश जानेको संख्या १७.९ प्रतिशतले बढको जानकारी विभागले दिएको छ । अघिल्लो वर्ष विभागले कुल ३ लाख ८४ हजार ६ सय ६५ जनालाई यस्तो स्वीकृति प्रदान गरेको थियो ।

विगतमा जस्तै गत आर्थिक वर्षमा पनि नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकमा मलेसिया र खाडी मुलुकहरु देखिएका छन् । गत वर्ष विदेसिएका कामदारमध्ये ३४.६ प्रतिशत मलेशिया, २०.० प्रतिशत कतार, १९.० प्रतिशत साउदी अरब र ११.५ प्रतिशत यू.ए.ई गएका हुन् ।

गत वर्ष मलेशिया जानेको संख्या १ लाख ४६ हजार छ, जुन अघिल्लो वर्षको तुलनामा ५९.४ प्रतिशतले बढी हो । त्यस्तै, दोस्रो गन्तव्य कतार जानेको संख्या ९० हजार ९३ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.० प्रतिशतले कम हो ।

baidesik rojgar

No comments:

Post a Comment