(एजेन्सी)–वैज्ञानिकहरुका अनुसार पूर्णिमाको रातमा आरामदायी निन्द्रामा समस्या आउने गर्दछ । प्रयोगशालामा भएको एक प्रयोगको दौरान पूर्णिमाको रातमा सुत्नको लागि पाँच मिनेट बढि लाग्यो र मानिसहरु २० मिनेट कम सुते ।
प्रयोगशालाको कठिन परिस्थितिहरुमा ३३ स्वयंसेवकहरुमा गरिएको यो प्रयोगको दौरान चन्द्रमाको प्रभावसम्बन्धि प्रमाणहरु जुटाइएको छ ।
‘करेन्ट बायोलोजी’ मा प्रकाशित रिपोर्ट अनुसार, चन्द्रमा पूरा भएको दिन स्वयंसेवकहरुको निन्द्रा लाग्ने र राम्रो खालको निन्द्रा लाग्नमा समय लागेको पाइयो जबकि बन्द गरिएको अँध्यारो कोठामा उनीहरुलाई राम्रो निन्द्रा लाग्यो ।
प्राकृतिक घडी
यो दौरान उनको शरिरको जैविक घडीमा जोडिएको मेलटोनिन नामको हर्मोन स्तरमा पनि कमी देखिएको पाइयो । अँध्यारोमा शरिरमा अधिक मेलटोनिक बन्यो जबकि उज्यालोमा यसको निर्माणमा कमी आयो ।
रातिको चम्किलो प्रकाश अथवा दिनको कम प्रकाशले शरिरको सामान्य मेलटोनिक चक्रमा असर पु¥याउन सक्छ ।
स्विटजरल्याण्डको बेसल विश्वविद्यालयको प्रोफेसर क्रिश्चियन कैजोहेन र उनको साथीहरुको यो अध्ययनमा यो सुझाव दिएका छन् कि चन्द्रमाको प्रभाव यसको चमकसँग सम्बन्धित हुन सक्दैन ।
यसमा संलग्न स्वयंसेवक यो कुरासँग अन्जान थिए कि यो अध्ययनको उद्देश्य के थियो । प्रयोगशालामा उनीहरुलाई जुन खाटमा सुताइएको थियो त्यहाँबाट चन्द्रमा देख्न सकिँदैनथ्यो ।
उनीहरुमध्ये प्रत्येक स्वयंमसेवकले प्रयोगशालामा दुई रात बिताए । अध्ययनको नतिजा बताउँछ कि पूर्णिमाको रात गहिरो निन्द्रासँग जोडिएको दिमागी गतिविधिहरु घटेर आधा भएको पाइयो । मेलटोनिकको स्तर पनि घट्यो ।

No comments:
Post a Comment