Sunday, 1 September 2013

सभापोखरी तीर्थयात्रा

समुद्र सतह देखि करिव २,८९० मिटर उचाइमा रहेको गुफा बजार । यहांबाट करिब ३ दिनको हिंडाइ पछि सभापोखरी पुगिन्छ।

समुद्र सतह देखि करिव २,८९० मिटर उचाइमा रहेको गुफा बजार । यहांबाट करिब ३ दिनको हिंडाइ पछि सभापोखरी पुगिन्छ। (तस्वीरहरु: सिता मादेम्बा, बीबीसी नेपाली सेवा)
हर्कटेको उकालो चढ्दै तीर्थयात्रीहरु। विकट स्थानमा रहेको तीर्थस्थल हुनाले श्रद्धालुहरु बोक्न सकेसम्म आवश्यक सामग्रीहरु बोकेर उकाली ओराली गर्छन्।
सभापोखरी। संखुवासभा जिल्लामा पर्ने यो तालको लम्बाई २ सय मिटर र चौडाइ करिव १ सय मिटर जति छ। यो समुद्र सतह देखि करीब ४१ सय मिटर उचाइमा छ। देउताहरुले सभा गर्ने स्थल भएकाले यस्को नाम सभापोखरी रहन गएको किंवदन्ती छ। यहां सन्तान नहुनेहरुले पुजा गरेमा सन्तान हुने विश्वासका साथ श्रद्धालुहरु पुजा गर्न जान्छन्।
सभापोखरी धार्मिक हिसाबले महत्वपूर्ण तीर्थस्थलमा पर्दछ, जहां मेला भर्न बर्षेनी श्रद्धालुहरु लामो र कठीन पैदलयात्रा गरेर पुग्ने गर्दछन्।
तीर्थयात्रा सफलतापूर्वक सम्पन्न गरी सेलेलेको ओह्रालो झर्दै श्रद्धालुहरु तर फर्कने यात्रा पनि सहज भने हुंदैन।
हर्कटे देखि गिद्धेसम्म ताप्लेजुङ जिल्लामा पर्ने क्षेत्रमा गुंरास र लोंठसल्लाको वन आगलागीका कारण सखाप भएको छ ।
हर्कटेको चौंरी गोठकी निमा। गोठमा बास बसेकाहरुलाई गोठधनीहरुले आफूसंग भएको सामग्री प्रयोग गरी चिया र खानेकुरा तयार पारेर बेच्ने गर्छन्।
खोपिङमा खाना पकाउदै सभापोखरी हिडेका तीर्थयात्रीहरु। बाटोमा सजीलो ठाउं र पानीको अभाव हुने हुंदा तीर्थयात्रीहरु पानी पाइने ठाउं रोजेर खानेकुरा पकाउने गर्दछन्।

सभापोखरीको यात्रामा वाटोमा प्रसस्त चौरी देख्न पाइन्छ। यो क्षेत्रमा असार देखि असोजसम्म चौंरी गोठ राखिन्छ।

दोबाटेको चौंरी गोठ। सभापोखरीको यात्राका क्रममा बास बस्ने उपयुक्त बन्दोबस्त छैन। त्यसैले तीर्थयात्रीहरु बाटोमा पर्ने यस्तै गोठहरुमा बास बस्ने गर्छन्।

सभापोखरी यात्राका क्रममा भेंडी गोठहरु भेटिन्छन्। तर पछिल्लो समयमा भेंडाहरुलाई गोठ बनाएर चराउन लैजाने चलन कम हुंदै गएको गोठालाहरु बताउंछन्।

No comments:

Post a Comment