०००
डाक्टर- तपाईंको त तीनवटा दाँत भाँच्चिएका छन्...कसरी यस्तो भो?
दीपक- के गर्ने डाक्टर सा'प, दीपाले ढुंगैढुगा भा'को भात पकाएकी थिई।
डाक्टर- त्यसो भए खान्नँ भनेको भए हुन्थ्यो नि।
दीपक- त्यै त भनेको थिएँ नि ..।
०००
आशावादी मानिसले ग्लास आधा भरिएको देख्छ
तर....
व्यावहारिक मानिसले त्यसमा ६० एमएल ह्वीस्की थप्छ र भन्छ- 'चियर्स'
०००
सुहागरातको समय ..
श्रीमान्- अनुमति छ हैन?
श्रीमती -लजाउँदै)- अरूलाई त कहिल्यै नाइँ भनिनँ...हजुर त झन् आफ्नै ...।
०००
डाक्टर- क्षमा चाहन्छु, रिपोर्टहरू मिसमास भए...तपाईकी श्रीमतीलाई एड्स छ कि दम? प्रस्ट हुन पाइएन। श्रीमान्- उसो भए म के गरूँ त डाक्टरसा'ब?
डाक्टर- उनलाई पाँच मिनेट दौडन पठाउनुहोस्...यदि घर फर्किइन् भने सँगै नसुत्नुहोस्।
०००
छोरी- छिमेकीसँग मेरो लभ परेको छ, त्यसैले उसैसँग भागेर जाँदैछु।
बाबु- स्याबास छोरी। मसँग पैसा नभएका बेला पैसा र समय दुवै बच्ने भयो।
छोरी- त्यसो होइन ड्याड..म त मम्मीले छाडेर गएको चिठी पो पढ्दै छु।
०००
धुर्मुस पुलिस थानामा जान्छ र भन्छ- 'मलाई फोनमा ज्यान मार्ने धम्कीआइरहेको छ।'
प्रहरी- 'कसले दियो धम्की?'
धुर्मुस- 'विद्युत् प्राधिकरणका कर्मचारीले ...भन्छन् बिल तिरिनस् भने काटिदिने रे।'
०००
मुन्द्रे ः ल भन त शेरे, जमिनमा हिँड्ने जति सबैले बच्चा जन्माउँछन्। उड्ने जति सबैले अन्डा पार्छन्। कुनचाहिँ चीज हो, आकाशमा उड्छ र बच्चा पनि जन्माउँछ
शेरे ः सजिलो छ नि यार?
मुन्द्रे ः ल भन न त भन्
शेरे ः एयरहोस्टेज नि।
०००
स्वास्नीले झोक्किएर लोग्नेलाई फोन गरिन्- 'कहाँ मुन्टिएको हो यति रातिसम्म?'
लोग्ने- पि्रय ! तिमीलाई सम्झना छ त्यो गहना पसल? जहाँ तिमीले एउटा हीराको हार निकै मन पराएकी थियौ...मसँग पैसा नभएकाले किनेर दिन सकेको थिइनँ तर भनेको थिएँ- एक दिन यो हार अवश्य तिम्रो हुनेछ।'
स्वास्नी- -एकदमै खुसी भएर) हो डार्लिङ हो, मैले सम्भिmएँ...
लोेग्ने- हो... म त्यही गहना पसल अघिल्तिरको भट्टीमा छु।
०००
रामप्रसाद र श्यामप्रसाद एउटा ठूलो मेलामा आ-आफ्ना हराएका श्रीमतीहरू खोज्दै थिए।
रामप्रसाद- तपाईंकी श्रीमती कस्ती छिन्?
श्यामप्रसाद- उनी साढे ५ फिट अग्ली छिन्। ३६-२४-३६ को ज्यान छ ...गोरी, छरिती, नीला आँखा, सिल्की केश भएकी चिटिक्ककी छिन्। अनि तपाईंको नि?
रामप्रसाद- छाडिदिनुहोस् मेरी ...बरु हिँड्नुहोस् तपाईंकी खोजौं।
०००
शेरे हरेक शनिबार होली खेल्दो रहेछ, एक व्यक्ति आएर सोधेछ, शेरबहादुरजी, तपाई हरेक शनिबार किन होली खेल्नुहुन्छ?
शेरे ः मैले पढेको छु नि त, स्यार्टडे इज अ होली डे।
०००
जोनी जोनी- एस पापा
जब आइटी- एस पापा
लट अफ टेन्सन- एस पापा
टु मच टेन्सन- एस पापा
फेमेली लाइफ- नो पापा
बिपी, सुगर- हाइ पापा
इयरली बोनस- जोक पापा
एनुअल पे- लो पापा
पर्सनल लाइफ- लस्ट पापा
पर्मोसन इन्कनोक्टिभ- हा..हा.हा




No comments:
Post a Comment