Thursday, 15 August 2013

अमेरिकामा कट्टुमात्र लगाएका मान्छेको जुलुस (फोटो सहित)

अमेरिकाको न्युर्योकस्थित टाइम्स स्क्वाएरमा हजारौँ अर्धनग्न युवायुवती तथा वयस्कहरु हालै भेला भए । कट्टुमात्र लगाएका लोग्ने मान्छे र कट्टुसँगै माथिल्लो भागपनि अलिकति छोपेका महिलाहरुको हुल हेर्दा कुनै आन्दोलनकारी जस्ता देखिन्थे । वाल स्टि्रट कब्जा आन्दोलनको झल्को पनि मिल्थ्यो ।

1

तर ती मान्छेहरु कुनै आन्दोलनका लागि जम्मा भएका थिएनन् । उनीहरुको कुनै माग थिएन, मात्र प्रयास थियो विश्वकिर्तिमान कायम गर्ने । उनीहरुले कट्टुमात्र लगाएका मान्छेहरुको सबैभन्दा ठूलो भेला गरेर किर्तिमान राख्न चाहेका थिए ।

त्यहाँ कति जना कट्टुधारीहरु थिए भन्ने त एकिन भएन तर आयोजकहरुको लक्ष्य भने त्यो संख्या २ हजार २ सय ७० नघाउनु थियो । यद्यपि उनीहरु यसमा सफल भने हुन सकेनन् । किनकी संख्या त्यो भने कमै देखियो ।

2

तर रमाइलो भने निकै भयो । के युवा, के वयस्क, के अमेरिकी, के पर्यटक सबै माथिल्लो वस्त्र फुकालेर उपस्थित भएका थिए । कतिपयले त बच्चा समेत बोकेर आएका थिए ।

3

4 5 6 7 8 9 10 People Gather in New York's Times Square in Underwear Record attempt People Gather in New York's Times Square in Underwear Record attempt A participant masked as the sex-related-







No comments:

Post a Comment