पानीको अभाव खडि्कँदै छ । अझ शुद्ध पानी झनै भेटिन
छाडिसकेको छ । पानी शुद्ध पार्न भन्दै विभिन्न खाले फिल्टर तथा झोल समेत बजारमा छन्
। तर यी सबैमा भर पर्न भने कोहीपनि सकिरहेको छैन । पानी शुद्ध पार्ने जति उपाय र
उपकरण छन् ती या त सुस्त या त झण्झटिलो छन् । तर एउटा यस्तो उपकरण बनेको छ जसले
तत्कालै फोहोर भन्दा फोहोर पानीलाई पनि पिउन योग्य बनाइदिन्छ ।
कतै हिँडेको बेलामा खुबै तिर्खा लाग्नु, तर साथमा
पानी नहुनु । पोखरी वा खोलाको पानी पनि झ्वाट्टै खाने आँट नहुनुले गर्दा मान्छेलाई
कहिलेकाहीँ अप्ठेरोमा पार्छ । तर यो पछिल्लो उपकरण भने यसको उत्तर बनेर आएको छ
।
नली आकारको २२ सेन्टिमिटर लामो त्यो उपकरण गोजीमा
राखेर वा घाँटीमा भिरेर हिड्न मिल्छ । यसले यतिधेरै विश्वसनीय तवरले पानी शुद्ध
पार्छ की यसले छानेपछि ट्वाइलेटको पानी समेत खानयोग्य हुन्छ ।
डेनमार्कमा बनाइएको यो उपकरणको नाम लाइफ स्ट्र
राखिएको छ । यो सन् २००५ मै बनेको भएपनि केही समय पहिलेबाट मात्र फाएर बक्समार्फत
अनलाइन बिक्रिमा राखिएको छ ।
यो निकै शक्तिशाली शुद्धिकरण पाइपको रुपमा रहेको छ
। यसले पानी शुद्धिकरण गरी ९९.९९९ प्रतिशत जिवाणु तथा अन्य परजिवीलाई नष्ट गर्छ ।
पानी पिउने बेला यो नलीको एकापट्टकिो टुप्पो मुखमा राखेर चुस्ने र अर्को पट्टकिो
टुप्पो पानीमा राखेर डुबाउने गर्नुपर्छ । यसबाट ढुक्कसँग पोखरी, तलाउ, खोला तथा
अन्य अशुद्ध पानी समेत मज्जाले पिउन मिल्ने बताइएको छ ।
यो उपकरणको मूल्य २९.९९ पाउण्ड अर्थात् झण्डै ४
हजार ६ सय रुपैयाँ तोकिएको छ ।
स्मरण रहोस् विश्वमा अहिलेपनि ८८ करोड मानिसले
शुद्ध पानी पिउन पाइरहेका छैनन् । सोही कारण वर्षेनी १८ लाख जनाको पानीजन्य रोगका
कारण ज्यान जाने गरेको छ ।



No comments:
Post a Comment