युवा प्रयोगकर्ताले फेसबुकलाई रुचाउन छाडेका खवर सार्वजनिक भइरहँदा फेसबुकले भने एन्ड्रोइड प्रयोगकर्ताको जासुसी गर्न थालेको छ ।
इन्टरनेट सेक्युरिटीसम्बन्धी काम गर्ने कास्परेस्की ल्यावको दावीअनुसार फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताको एसएमएस लगायत केही गोप्य सूचनाहरुमाथि निगरानी बढाइरहेको छ ।
फेसबुकको पछिल्लो एन्ड्रोइड एप्समार्फत् यसरी जासुसी गरिएको भन्दै कास्परेस्कीले बिज्ञप्ति निकालेरै प्रयोगकर्तालाई सचेत बनाएको छ ।
फेसबुक एप्स मोबाइलमा इन्स्टल गर्ने बेलामा यसले केही महत्वपूर्ण सूचनामा पहुँच माग्ने गरेको पछिल्लो अपडेटले चाहिँ ”Read your text messages (SMS or MMS)” भन्ने गरेको छ ।
प्रयोगकर्ताको भेरिफाईका लागि फोन नम्बर माग्नु सही भए पनि मल्टिमिडिया र एसएमएससम्मको एक्सेस गर्न खोज्नु सही नभएको कास्परेस्कीको भनाई छ ।
यसअघि अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीमा काम गरिसकेका स्नोडेनले फेसबुकले अमेरिकी अधिकारीकाहरुका लागि गुप्तचरी गर्ने गरेको आरोप लगाएका थिए । त्यो आरोपलाई फेसबुकले अस्वीकार गरेको थियो । स्परेस्कीको पछिल्लो आरोपबारे भने फेसबुकले अहिलेसम्म केही बोलेको छैन् ।
No comments:
Post a Comment