
जुन घडीले समय दिँदैन त्यसको के काम ? हो, घडीले समय दिन छाड्यो भने त्यो घडी रहँदैन र त्यसलाई फ्याँकिन्छ ।
यो रह्यो पुरानो कुरा ।
आजकलको दुनियाँमा पुरानोलाई चुनौती दिन नयाँ नयाँ तरिका अपनाइन्छ । जस्तो नर्वेको ओस्लोमा भएको छ ।
हालै त्यहाँ एउटा घडीको बिकाश गरिएको छ जसमा न सुई छ न त डिजिटल नम्बर नै । जब यी दुवै चीज छैनन भने यसले समय दिने त कुरै भएन् ।
झण्डै एक सय डलर मूल्यको यो घडी आफैंमा अनौठो यसकारण छ कि, यसले हरेक ५ मिनेटमा तपाइलाई अलर्ट गर्छ एउटा भाइब्रेसनमार्फत् ।
यो घडीले तपाईले आफ्नो दैनिक क्रियाकलापका क्रममा कुनै पनि काममा आवश्यकताभन्दा बढी वा कम समय दिनु भएको छ भन्ने सूचना दिनेछ ।

ओस्लो बेस डिजाइनर थियो टिभेट्रा र लार्स भेडलरले प्रयोगका रुपमा यो बनाएका हुन् । पहिलो दिन प्रयोगका लागि कार्यालयमा लगाएका गएका उनीहरुले भोलिपल्ट विक्रिका लागि बनाउने निर्णय गरे ।
झण्डै ६ सातामा पहिलो लटको ५० ड्यूर ७५ पाउन्डका दरले विक्री भएपछि उनीहरु उत्साहित भएका छन् ।
No comments:
Post a Comment