Wednesday, 5 February 2014

९ सय मुसा खाएर बिरालो

मिस ः ल भन बच्चाहरू, ९ सय मुसा खाएर बिरालो ....... हिड्यो। खाली ठाउँमा के हुन्छ?

पाङ्ग्रे जुरुक्क उठ्यो र भन्यो ः ९ सय मुसा खाएर बिरालो बिस्तारै-बिस्तारै हिँड्यो। 

मिस ः ठट्टा नगर पाङ्ग्रे, तिमीलाई पढ्ने मन छैन?

पाङ्ग्रे ः त्यो पनि तपाईंको मन राख्नलाई मात्र भनेको, नत्र ९ सय मुसा खाएर बिरालो त के बाघ पनि हिँड्न सक्दैन। 

०००

मोबाइल अनि महिला दुवै उस्तै-उस्तै 

- कुरा गरेर/ बोलेर कहिल्यै नथाक्ने

- नभै पनि नहुने

- समयसमयमा चार्ज र रिचार्ज गरिरहनुपर्ने

- अर्कोले 'डायल' गर्दिन्छ कि भन्ने चिन्ता भैरहने

- थरी-थरीका मोडल अनि महत्त्वपूर्ण कुरा

- आवश्यक परेका बेला 'सिग्नल' नहुने।

०००



एउटि युवतीले आफ्नो प्रेमीलाई पत्र लेखिछ- 

प्रियतम, 

मलाई थाहा छ, तिमी मलाई बिर्सन सक्दैनौ तर अब मेरो बिहे अन्तै हुने पक्का भैसक्यो, त्यसैले मलाई बिर्सिदेऊ, बरु मेरा तस्बिरहरूले तिमीलाई मेरो सम्झना दिलाइरहने हुनाले सबै तस्बिर फिर्ता गरिदेऊ। 

पत्र पढिसकेर प्रेमीले त्यसको जवाफमा प्रेमिकालाई १०-१५ वटी युवतीका तस्बिर पठाउँदै लेखेछ ः नानु, मलाई थाहा भएन, तिमी यी तस्बिरहरूमध्ये कुन चाहिँ पर्‍यौ, कृपया आफ्नो तस्बिर राखेर बाँकी मलाई फिर्ता गरिदेऊ। 

०००

एउटा केटाको आफूसँगै पढ्ने एउटी केटीसँग प्रेम भएछ। केटाले केटीसमक्ष प्रेम प्रस्ताव राखेछ, तर केटीले उसको प्रस्ताव इन्कार गर्दै शिक्षकलाई कम्प्लेन गरी। शिक्षकले त्यो केटालाई नराम्रोसँग पिटेर स्कुलबाट एक हप्ताका लागि निकालिदिए, जब १ हप्तापछि केटा स्कुल आयो, केटी केटालाई प्रेम गर्न थाली। केटीले केटाको पुस्तकको एक छेउमा आई एम सो सरी, आई लभ यू टु लेखेर राखिदिई। केटाले कुनै जवाफ दिएन, एवं रीतले ४ वर्ष बित्यो तर केटाको केही प्रतिक्रिया नै आएन। वेबकुफ केटीले यति पनि विचार गरिन कि केटाहरू किताब नै पल्टाउँदैनन्।

०००

टुट्नु थियो टु्टयो मोबाइल अब किन्दिनँ 

तिमीलाई सम्झी एकपल पनि फेसबुक खोल्दिनँ 

बाँच्नेछु म अब यहाँ एक्लै अब फ्लर्टिङ गर्दिनँ 

टुट्नु थियो टुट्यो मोबाइल अब किन्दिनँ।

सहनुको सीमा छ, लास्टै मलाई थर्काउने

उसलाई चाहिँ केही भन्यो कि यत्रो मुख फुलाउने

ताइ न तुइको मायाप्रीति अब म लाउँदिनँ

तिमीलाई सम्झी एकपल पनि फेसबुक खोल्दिनँ। 

०००

म मौन छु- यसको मतलव यो होइन कि मलाई केही भन्नु नै छैन।

म खुसी देखिन्छु - यसको मतलब यो होइन कि मलाई कुनै पीडा नै छैन।

म धेरै हाँस्छु- यसको मतलब यो होइन कि म कुनै पनि कुरालाई गम्भिरतापूर्वक लिन्नँ।

म सधैं तिम्रो छेउमा बस्दिनँ- यसको मतलब यो होइन कि म तिमीलाई माया नै गर्दिनँ।

म छिट्टै विश्वास गर्छु- यसको मतलब यो होइन कि तिमीले म सँग जति पनि झूट बोल्न सक्छौ। 

म आफ्नो फिलिङ्स सुनाउँदिनँ- यसको मतलब यो होइन कि मेरो कुनै फिलिङ्स नै छैन्। 

म आई लभ यू भन्दिनँ- यसको मतलब यो होइन कि म तिमीलाई माया नै गर्दिनँ। 

'म यस्तै छु र सधैं यस्तै रहन्छु, बदलिनलाई म कुनै मौसम होइन।'

०००

दार्‍हीबूढाको घरमा एउटा सिङ नभाको भेडा थियो। धुर्मुसेले आफ्ना साथीहरूलाई जन्मदिनको पार्टीस्वरूप त्यही भेडा लगेर दार्‍ही बूढाले थाहा नपाउने गरी ख्वाउने योजना बनायो अनि राति भेडा चोर्‍यो र खुब मोजसँग पार्टी पनि गर्‍यो। बिहान जब धुर्मुस दार्‍ही बूढाको घर पुग्छ त भेडा घरमै थियो। 

अनि दारीबूढासँग धुर्मुस ः यो भेडा कहाँबाट आयो?

दारी बूढा ः भेडाको कुरा छोड, यति भन कि राति चोरजस्तो और मेरो कुकुरलाई कहाँ लगेको थिस्??? खोइ कुकुर???

०००

एक्जाम देऊ रिजल्टको चिन्ता नगर

हरेक केटीलाई प्रपोज गर, 

रेस्पोन्सको चिन्ता नगर

केटी जिस्क्याऊ, स्कान्डलको चिन्ता नगर

किनभने गीतामा लेखिएको छ— कर्म गर फलको आशा नगर।

०००

शेरे बाटोमा हिँड्दा-हिँड्दै गधाको अगाडि लडेछ.....। त्यो देखेर एउटी केटीले जिस्क्याउँदै भनिछे ः 'के हो? दाइको आशीर्वाद लिँदै हो?'

शेरे ः हो भाउजू, तपाईंले सही भन्नुभयो।

०००

शेरे होटलमा खाना खाइसकेपछि दुईवटा चम्चा खल्तीमा हाल्दो रहेछ। एक दिन चम्चा खल्तीमा हाल्दाहाल्दै होटल साहूले देखेछ अनि शेरेको खल्ती चेक गरेछ। शेरेको खल्तीबाट २ वटा चम्चाका साथै डाक्टरको पुर्जी पनि भेटिएछ। जसमा लेखिएको थियो ः 'खानापछि २ चम्चा लिनुस्।'

०००

एकदमै राम्री केटीले सरलाई भनिछे।

केटी ः म पास हुनका लागि जे पनि गर्न तयार छु सर !

सर ः जे पनि?

केटी ः हजुर

सर ः साँच्चै?

केटी ः साँच्चै हो सर !

सर ः त्यसो भए खुरुक्क राम्रोसँग पढ त !

०००

नारी आमा हो - सम्मान गर

नारी श्रीमती हो - प्रेम गर

नारी छोरी हो - माया गर

नारी दिदी-बहिनी हो -सद्भाव देखाऊ

नारी देवी हो - पूजा गर

तर नारी खेलौना होइन, त्यसैले, नारीको अस्मितासँग कहिल्यै खेलबाड नगर।

०००

पुलिसले कार ड्राइभरलाई रोकेर भन्यो- 'यो सुरक्षा सप्ताह हो, तपाईं सिट बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई ५ हजार रुपैयाँ पुरस्कार दिइन्छ। तपाईं यो पैसाले के गर्नुहुन्छ?

कार ड्राइभर ः म यो पैसाले आफ्नो ड्राइभिङ लाइसेन्स बनाउँछु। 

पछिल्लो सिटमा बसेकी उसकी आमाले भनिन् ः 'यसको कुरामा विश्वास नगर्नुस, यो त रक्सी खाएर जे पनि भन्छ।' उसको बाउ निन्द्राबाट बिउँझिँदै ः 'मलाई थाहा थियो, चोरीको गाडीमा हामी धेरै टाढा जान सक्दैनौं।' 

त्यतिबेलै डिक्कीबाट आवाज आयो ः 'गुरु, हामीले बोर्डर पार गरिसक्यौं र?

No comments:

Post a Comment