Wednesday, 5 February 2014

युट्युवले 'भिडियो भ्युज' अडिटिङ गर्ने


युट्युवले 'भिडियो भ्युज' अडिटिङ गर्ने

एजेन्सी- भिडियो सेयरिङ वेबसाइट युट्युबले 'भिडियो भ्युज'को अडिटि सुरु गरेको छ। युट्युबमा सेयर गरिएका भिडियोको दर्शक संख्याको गणना आधिकारिक, यथार्थ र थप सुधार गर्न अडिट सुरु गरेको युट्युवले जनाएको छ।युट्युबको यो कदमले कुनै भिडियोको दर्शक संख्या अप्राकृतिक रुपमा बढाएर चर्चा कमाउने चलन हट्ने युट्युबको दाबी छ। अहिले इन्टरनेटमार्फत दर्शक संख्या बढाउन 'रिडाइरेक्ट' तथा दर्शक किन्नेसम्मका विकृति देखिन थालेपछि कम्पनीले यस्तो कदम चालेको हो। 'अब यसले समय-समयमा दर्शक संख्या आधिकारिकता जाँच गर्ने छ,' युट्युबको सन्चालक गुगलले आफ्नो ब्लगमा भनेको छ, 'यदी गलत तथा अप्राकृतिक दर्शक छ भने त्यसलाई हटाइने छ।'
'केही खराब कलाकारले गलत खेल खेलेर दर्शक संख्या बढाएको पाइएको छ। उनीहरूले दर्शक तथा समर्थकलाई गलत बाटोतर्फ लगेका मात्र होइनन्, यसले युट्युबको महत्त्वपूर्ण र फरक विशेषतालाई नै अपहेलना गरेको छ,' कम्पनीको आरोप छ।
पहिले यस्तो समस्या आउँदा त्यसलाई युट्युबले स्पाममा परिणत गर्दै आएको थियो। उक्त पद्धति प्रभावकारी नदेखिएपछि समय-समयमा आधिकारिकताका लागि अडिट गर्न थालेको हो।
- See more at: http://www.nagariknews.com/technology/story/13278#sthash.XsBPfFZl.dpuf

No comments:

Post a Comment