Sunday, 10 November 2013

अमेरिकी खुफिया जहाज २४ हजार मिटरको उचाइमा उड्ने


अमेरिकी खुफिया जहाज २४ हजार मिटरको उचाइमा उड्ने
न्युयोर्क– अमेरिकाको रक्षा प्रविधि निर्माण कम्पनी लकहिड मार्टिनले सुपरसोनिक ब्ल्याकबर्ड एसआर ७१ जासुसी विमानको अघिल्लो संस्करणमाथि काम सुरु गरेको छ। एसआर ७२ मा टर्वाइन र रामजेट दुवै हुनेछ यसको मद्दतले मेक ६ करीब ५८०० किमी प्रतिघण्टाको गति हासिल गर्ने छ।
एसआर ७२ लाई माथिल्लो उचाइबाट निगरानी राख्न सक्ने गरी डिजाइन गरिएको छ। यो यानलाई हतियारले सुसज्जीत बनाउने सम्भावना रहेको स्रोतहरुले बताएका छन्। एसआर ७२ को लकहिड मार्टिनको क्यालिफोर्निया स्थित स्कन्क वक्र्स आर एण्ड डी सेन्टरमा डिजाइन गरिँदैछ। ब्ल्याकबर्ड पनि यहीँ बनाइएको थियो। ब्ल्याकबर्डले १९६४ मा पहिलो उडान भरेको थियो त्यसपछि १९९८ सम्म अमेरिकी वायुसेनाको लागि जासुसी तथा निगरानी गर्ने मुख्य विमानको रुपमा रहेको थियो। यो २४००० मीटरको उचाइमा उड्न सक्छ।

म्याक ६ ले तीब्र गतिको साथ ५,५०० किमी अन्तरको न्यूयोर्क देखि लण्डनसम्मको दुरी एक घण्टा भन्दा कम समयमा तय गर्न सक्नेछ। 'यो विमानको गति यति धेरै हुनेछ कि यसले विरोधीलाई प्रतिक्रिया दिने र लुक्ने मौकानै दिने छैन', लकहीड मार्टिनले भनेको छ।

No comments:

Post a Comment