गत ६ नोभेम्बरमा मंगलग्रहका लागि प्रक्षेपण गरिएको भारतीय मिसन मंगल यान संकटमा परेको छ। पृथ्वीको कक्षमै घुमिरहेको मंगल यानको इन्जिनमा समस्या उत्पन्न भएपछि बैज्ञानिकहरु चिन्तामा परेका हुन् । पृथ्वीको कक्षबाट मंगल ग्रहको यात्रा तय गर्न आवश्यक गती यानले नलिएपछि बैज्ञानिकहरु चिन्तित भएका छन्।
हिजोदेखि बिग्रीएको रफ्तार आज बिहानसम्ममा सहि मार्गमा ल्याउन सफल भएको भारतीय अन्तरिक्ष कार्यक्रम इस्रोका प्रमुख राधाकृष्णनले बताएका छन्। उनले पृथ्वीको कक्षबाट यहि नोभेम्बरको ३० तारिखका दिन मंगल ग्रहको कक्षमा प्रस्थान गर्ने मंगल यानको यात्रा डिसेम्बर १ का लागि सरेको समेत बताएका छन्। करिब ३ सय दिनको यात्रा तय गर्दै मंगलग्रहमा पुग्ने उक्त यानले अपेक्षित कार्यक्रमको २५ प्रतिशतमात्र काम गरिरहेको उनले बताएका छन्। देशमा व्याप्त, गरिबी, असुरक्षा आदिका बाबजुत करोडौं रुपयाँ खर्च गरेर मंगल मिसन तय गरेको भारतलाई विश्वसामु साख जोगाउन मंगल यानले चुनौति थपेको छ।

.jpg)
No comments:
Post a Comment