Wednesday, 6 November 2013

बिद्यार्थीको स्वागतमा युनिभर्सिटीमै फोम फाइट र किसिङ (फोटो फिचरसहित)

स्कटल्याण्डको पूरानो विश्वविद्यालय ‘यूनिभर्सिटी अफ सेन्ट एन्ड्रयूज’ नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने आफ्नै शैली छ । त्यहाँ परम्परागत विशाल फोम (फिंज) फाइट गरिन्छ । हालै भएको स्वागत कार्यक्रममा सयौं विद्यार्थीले फोम फाइटमा भाग लिएका छन् ।
massive-foam-fight-4
फाइटमा फोम प्रयोग गरिएको थियो, जसका कारण विद्यार्थीहरु सेतै ढाकिए । फोम यतिसम्म बाक्लो थियो की त्यसको मद्दतबाट उनीहरुले आफ्नो हेयर स्टाइल नै बदलिदिए । सेताम्मे भएर फोम फाइटमा सहभागी नौजवानहरु क्षणभरमै रोमान्टिक मुडमा बदलिए ।
अनुहार नै फोमले ढाकिएको अवस्थामा केही जोडीहरु एक अर्कालाई किस गर्दै मस्ती मारिरहेका देखिन्थे । यूनिभर्सिटीमा रहेको पूराना विद्यार्थीले नवआगन्तुकलाई आफनो परिवारमा सामेल गरेको खुसियालीमा फोम फाइट गर्ने गरिन्छ ।
सन् १४१३ मा स्थापित यो बिश्वबिद्यालय स्कटल्याण्डको सवैभन्दा पुरानो बिश्वबिद्यालय मानिन्छ । पछिल्लो दिनमा युवायुवतीहरु फोम फाइटका बेला छाडा हुन थालेपछि यो पटक छाडा नहुन चेतावनी दिइएको थियो ।
massive-foam-fight
massive-foam-fight-1
massive-foam-fight-2
massive-foam-fight-3
massive-foam-fight-5
massive-foam-fight-6]
massive-foam-fight-7
massive-foam-fight-8
massive-foam-fight-9
 एजेन्सीको सहयोगमा

No comments:

Post a Comment