Friday, 15 November 2013

लाइसेन्स शुल्क बढेपछि टेलिकमको मुनाफा घट्यो

अधिकांश सरकारी स्वामित्व रहेको नेपाल टेलिकमको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न वैदेशिक साझेदार भित्राउने निर्णय कार्यन्वयनमा ढिलाई भइरहँदा कम्पनीको वित्तीय स्वास्थ्य क्रमशः कमजोर बन्दै गएको छ । चालु आवको साउनदेखि असोजसम्म कम्पनीले २ अर्ब ४५ करोड ८१ लाख रुपैयाँमात्र खुद मुनाफा गरेको छ । जुन मुनाफा गत आवको सोही अवधिको तुलनामा ३२ प्रतिशतले कम हो । गत आवको साउनदेखि असोजसम्म कम्पनीले ३ अर्ब ६३ प्रतिशत खुद आम्दानी गरेको थियो ।
nepal-telecomयसरी, नाफा घट्नुमा सरकारले वृद्धि गरेको लाइसेन्स शुल्क मुख्य जिम्मेवार रहेको टेलिकमले जनाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ६८ लाख रुपैयाँ मात्र लाइसेन्स शुल्क बुझाएकोमा यो त्रैमासमा १ अर्ब रुपैयाँ बुझाउनुपरेको टेलिकमले उल्लेख गरेको छ । त्यस्तै, फि्रक्वेन्सी शुल्क पनि १० करोड रुपैयाँबाट २५ करोड रुपैयाँ पुगेको छ । यसबाहेक नाफा घट्नुमा प्रशासनिक खर्च र कर्मचारी खर्चमा भएको उच्च वृद्धि पनि जिम्मेवार रहेको देखिन्छ ।
गत आर्थिक वर्षमै घटेको कम्पनीको प्रतिशेयर आम्दानी यो आर्थिक वर्षको पहिलो त्रैमासिक नतिजाले अझ तिब्र गतिमा घट्ने देखाएको छ । कम्पनीको कुल आम्दानी बढ्दा समेत खुद मुनाफा घट्नुले कम्पनीको व्यस्थापकीय क्षमता कमजोर बन्दै गएको संकेत गर्ने विश्लेषकहरु बताउँछन् । कम्पनीले गत आवको साउनदेखि असोजसम्म ९ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा समिक्षा अवधिमा १९ करोड रुपैयाँ बढी १० अर्ब ३ करोड ९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको पहिलो ३ महिनामा ९६ रुपैयाँ ८३ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी समिक्षा अवधिमा घटेर ६५ रुपैयाँ ५५ पैसा भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९.२६ गुणा, प्रतिशेयर नेटवर्थ ३७३ रुपैयाँ ६४ पैसा रहेको छ ।

No comments:

Post a Comment