गृहकार्य गर्न नमानेको भन्दै रिसको झोँकमा एकजना शिक्षकको आदेशका कारण १० वर्षीय एक बालकले घरको तीसौँ तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।
पाँच कक्षामा पढ्ने ती विद्यार्थीलाई शिक्षकले विद्यालय भवनको तीसौँ तलाबाट हामफाल्न पटक-पटक जोड गरेको बताइएको छ । आफ्नो शिक्षकको आज्ञाको पालन गर्दा ती विद्यार्थीको ज्यान गएको बताइएको छ । ती बालकले आफ्ना शिक्षकले निकै जोड गरेपछि आफू बाध्य भएर हाम फाल्नुपरेको आफ्नो नोटमा लेखेका छन् ।
कक्षामा शिक्षकले पढाइरहेका बेलामा हल्ला गरेको भन्दै शिक्षकले १० वर्षीय विद्यार्थीलाई एक हजार शब्दमा आत्मआलोचना पत्र लेख्न भनेका थिए । तर उनले सो पत्र लेख्न नमानेपछि उनीमाथि शिक्षकले कारबाही स्वरूप सो घरबाट हाम फाल्न भनेका बताइएको छ ।
चिनियाँ नेसनल रेडियो सिएनआरले आफ्नो वेबसाइटमा राखेको समाचारमा ती बालकले बिहीबार तीसौँ तल्लामाथिबाट हाम फालेका थिए । बालकले आफू घरको तीसौँ तल्लाबाट हाम फाल्न डराएको, पटक पटकको प्रयासपछि पनि आफू डराएर धेरैपटक फर्किएको तर बाध्य भएर पछि भने आँखा चिम्म गरेर हाम फालेको भनेर आफ्नो नोटबुकमा लेखेका छन् ।
उक्त गृहकार्य गर्न नसकेको भन्दै बारम्बार ती शिक्षकले हामफाल्न दबाब दिइरहेको उनका छिमेकी र आफन्तजनले बताएका छन् । बालकले आफूलाई घरमा केही नभनेको तर शिक्षकको डरका कारण सो घरबाट हाम फाल्नुअघि आफ्नो नोटबुकमा सो जानकारी लेखेको परिवारका सदस्यले जनाएका छन् । सर, मैले तपाईले भने बमोजिम सो घरबाट हामफाल्न सकिन, म धेरै पटकसम्म त्यहाँबाट हामफाल्न खोजेँ तर सकिन- उनले सो नोटमा लेखेका छन् ।
दक्षिणपश्चिमी चिनियाँ सहर चेङ्दुको एक प्राथमिक विद्यालयमा यो घटना भएको थियो । उक्त विद्यालयको बाहिर आफ्ना बालकमाथि यस्तो हरकत गरिएको भन्दै अभिभावकले उक्त घटनाको विरोध गरेका छन् ।
चीनको जिङजियाङ् जिल्लामा पर्ने सो क्षेत्रका प्रहरी अधिकारीले उक्त घटनाको अनुसन्धान सुरु भएको र केही समयपछि मात्र वास्तविकता सार्वजनिक गर्ने जानकारी दिएका छन् । बालकको मृत्यु घरको छतबाटै हाम फालेर भएको हो र यसको अनुसन्धान जारी रहेको छ- ती अधिकारीले चिनियाँ रेडियोलाई बताएका छन् ।
उनका अुनसार प्रहरीले परिवारका आफन्त र विद्यायका शिक्षक एवम् व्यवस्थापनसँग अनुसन्धान जारी राखिएको छ । बालकका आफन्तहरूले उक्त विद्यालयको व्यवस्थापन समिति र शिक्षकमाथि कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेका छन् ।
कडा अनुशासन र कडा शिक्षण पद्दति चिनियाँ शिक्षणका हालका मुख्य विशेषता हुन् । तर, पनि अनुशासन कायम गर्ने नाममा गरिने विद्यार्थीमाथिका कारबाहीले भने निकै ठूलो समस्या ल्याउने गरेको छ ।

No comments:
Post a Comment