Wednesday, 6 November 2013

भारत मंगलग्रहतर्फ

भारतले मंगलग्रहको पहिलो अभियान मंगलबार प्रक्षेपण गरेको छ । यो सफल भएमा भारत उक्त रातो ग्रहमा पुग्ने पहिलो एसियाली मुलुक हुनेछ । यसले न्यून लागतको अन्तरिक्ष प्रविधि प्रदर्शन गर्नेछ । दक्षिणी श्रीहरिकोटको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट उक्त विमान प्रक्षेपण भएको सरकारी टेलिभिजन दूरदर्शनमा देखाइएको थियो । रातो तथा कालो रंगको उक्त विमान आकाशमा प्रवेश गर्दा टेलिभिजनमा प्रस्तोताले विमान प्रक्षेपण भएको वर्णन गरेका थिए । ३ सय ५० टनको विमानमा मानवविहीन विमान पनि छ । भारतले सन् १९६३ मा अन्तरिक्ष अभियान सुरु गरेपछिको यो सबैभन्दा चुनौतीपूर्ण लक्ष्य हो ।

No comments:

Post a Comment