मालिक भन्नासाथ अधिकांशको दिमाग आउने चित्र हो– निर्दयी र पैसाको लोभी । तर, कुनै मालिकले आफ्ना कामदारको उपचारका लागि आफ्नो जीविकोपार्जनको मुख्य साधन नै बेचेको तपाईले शायदै सुन्नु भएको होला ।
अमेरिकाको एक रेष्टुँरा मालिकले मानवताको नमुना प्रस्तुत गरेका छन् । माइकल डेको टेक्सासस्थित रेष्टुराँमा काम गर्ने वेट्रेस ब्रिटनी म्याथिसलाई ट्युमर भएको छ ।
उनको उपचारका लागि खर्च नभएपछि माइकलले रेष्टुराँ नै बेच्न लागेका हुन् । उनी भन्छन्–‘यहाँ काम गर्ने सबै एकै परिवारका सदस्य जस्तै छौं । उनीहरु सबैले परिश्रम गरेका छन् ।’
१९ वर्षकी म्याथिससँग स्वास्थ्य बिमान पनि छैन् । उपचार खर्च नभएपछि उनले आफ्नो रोगबारे मालिकलाई बताइन् । उनको कुरा सुनेपछि माइकलले रेष्टुराँ नै बेच्ने निर्णय गरे । म्याथिस भन्छिन –‘मैले कहिल्यै सोचेकी थिइन कि कसैले मेरो लागि यस्तो पनि गर्न सक्छ ।’
त्यतिबेला उनका आँखा रसाइरहेका थिए ।


No comments:
Post a Comment