मानिसहरु बिबाहलाई जीवनमा एकपटक हुने अबिस्मरणीय घटना मान्छन् । हाम्रोजस्तो पूर्वीय दर्शनमा त एक बिबाहले एउटामात्र जुनी हैन, सातै जुनीसम्म श्रीमान–श्रीमतीको बन्धन बाँधिदिन्छ भन्ने मान्यता पनि छ ।
तर, आजकल बिबाह एकपटक हैन, दर्जनौंपटक हुन थालेको छ, त्यो पनि भबितब्य वा दुर्घटनाबस हैन, रहरैरहरमा ।
बेलायतको एक जोडीले विश्वका ५० भन्दा बढी देशमा पुगेर त्यहाँको परम्परा अनुसार विवाह गरेका छन् । उनीहरु जहाँजहाँ पुग्छन, त्यहीँको स्थानीय भेषभुषा र परम्पराअनुसार आफ्नो बिबाह गर्छन् ।
यो अनौठो शौखका लागि म्यानचेष्टरका एलेक्स पेल्लिङ र लिसाले २०११ मा आफ्नो दैनिक जीवन एकातिर छाडेर बेलायतबाट यात्रा सुरु गरेका थिए । २ वर्षको अन्तरालमा उनीहरुले ५० देशको यात्रा पुरा गरिसकेका छन् ।
उनीहरु जहाँ जहाँ पुगे, स्थानीय परम्पराअनुसार बिहे गर्न भ्याए । ८ वर्षदेखि साथी रहेका उनीहरु २००८ मा प्रेममा परेका थिए । ४ वर्ष लिभिङ टुगेदरमा रहेका उनीहरुले २०११ मा विवाह गरे । एलेक्सले आफ्नो मोटर रिपेयर सेन्टर बेचेर बिबाह–यात्रा सुरु गरेका हुन् ।
दुई आत्मालाई मिलन गराउने बिश्वमा कस्ता कस्ता प्रचलन रहेछन भन्ने जान्न मन लागेपछि यो यात्रा सुरु गरेको उनीहरु बताउँछन् । अहिले उनीहरुले बिबाह गरेका भिडियो र तस्वीरहरु आफ्नो ब्लग र सोसल मिडियामा राखिरहेका छन जहाँ लाखौंले उनीहरुको बिबाह हेरेका छन् ।
पनामामा बिबाह गर्दा उनीहरु त्यहाँको स्थानीय परम्पराअनुसार शरिरको माथिल्लो भागमा कुनै पनि लुगा नलगाई बिबाह गरे । जसका लागि स्थानीय कलाकारहरुले ट्याटु बनाएर नग्नता छोप्ने कोसिस गरेका थिए ।
उनीहरुको यो शौख पुरा गर्न बिभिन्न देशका स्थानीय बिबाहका बिज्ञहरुले सहयोग गरिरहेका छन् अरु फोटाहरु हेर्नुहोला

























No comments:
Post a Comment