चीनले सामाजिक संजालहरुमा सेन्सरसीपलाई तिब्र पारेपछि पछिल्लो बर्ष झण्डै २ करोड बढिले त्यहाँको लोकप्रिय संजाल ‘वीबो’लाई बाइबाई गरिदिएका छन् ।
प्रयोगकर्ताहरुको सूचना कम्युनिष्ट पार्टीका अधिकारीहरुसम्म पुगेपछि प्रयोगकर्ताले वीबोलाई नै बाइबाई गरिदिएका हुन् ।
त्यसको सट्टा अहिले चिनियाँ प्रयोगकर्ताहरु वीच्याट जस्तो पर्सनल म्यासेजिङ एपतिर आर्कर्षित भइरहेका छन, जसमा सेयर गरेका सूचना केही सेकेण्डमै हराएर जान्छन् ।
चीन सरकारले जारी गरेको तथ्याङ्कअनुसार सन् २०१३ मा झण्डै दुई करोड ८० लाखले वीबो प्रयोग गरेका छन् । यो तथ्याङ्कलाई आधार मान्ने हो भने सन् २०१२ भन्दा करिव २ करोड ८ लाख प्रयोगकर्ता कम भएका छन् ।
वीबोमाथि नियन्त्रण हुन थालेपछि अहिले वीच्याट लोकप्रिय हुँदै छ । पछिल्लो तथ्याङ्कअनुसार चीनमा वीच्याटका करिव ८६ लाख प्रयोगकर्ता सूचीकृत भएका छन् ।
चिनियाँ प्रयोगकर्ताहरु अहिले यस्तो सामाजिक संजालको प्रयोग गर्न चाहान्छन जहाँ उनीहरुको गोपनियता कायम होस् ।
चीनमा ट्वीटर र फेसबुकजस्ता पश्चिमा सामाजिक संजालहरु प्रतिबन्ध लगाइएको छ । वीबोलाई ट्वीटरको चिनियाँ मोडल भनेर पनि चर्चा गरिन्छ ।
No comments:
Post a Comment