न्युयोर्क । अलेक्जेन्डर गूर्बुनोभ ३८ वर्षका भए । हलिउड निवासी उनले विवाह गर्न खोजेको उक वर्षभन्दा बढी भइसक्यो । बिहेका लागि कन्याको खोजीमा उनले नयाँ तरिका अपनाएका छन् । आफ्नै बिएमडब्लु कारमा उनले पहेंलो पोस्टर टाँसेका छन् । पोस्टरमा लेखिएको छ–'पत्नीको खोजीमा छु ।' त्यसमा उनको मोबाइल नम्बर पनि लेखिएको छ ।पेसाले मिस्त्री उनी यही कार लिएर बाहिर घुम्न निस्कन्छन् । एकवर्षको अवधिमा उनले पाँच सय बढी एसएमएस पाएसकेको बताए । एबीसी न्युजलाई उनले भनेका छन्, 'मैले मोबाइलमा पाँच सयभन्दा बढी म्यसेज पाए, एकै दिनमा २ सय ५० भन्दा बढी कल पाएको छु । जमैका, ब्राजिल, स्विजरल्यान्ड, फिन्ल्यान्डसम्मका महिलाले मलाई फोन गरेका छन् ।'
चार वर्षअघि रुसको मस्कोबाट अमेरिका आएका उनी नयाँ तरिका प्रयोग गरी केटी खोज्ने प्रयासस्वरुप यस्तो गरेको बताउँछन् । यस अवधिमा उनले अनौठाखाले फोनहरुको सामना पनि गर्नुपरेको छ । उनी भन्छन्, 'मलाई पुरुषहरुले पनि फोन गर्छन् र भन्छन्–मेरो पूर्वपत्नी तिमीलाई दिन्छु, हुन्छ ?' धेरै महिलाले भने उनको कार र पैसाबारे जिज्ञासा राखेको सुनाए । उनी मनले खाएजस्तो युवती पाएपछि बिहे गर्ने योजनामा छन् ।
No comments:
Post a Comment